आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गच्छदारलाई फकाउँदै देउवा, दिए यति ठूलो जिम्मेवारी

प्रकाशित
556
SHARES

काठमाडौ। नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन चलिरहेको छ । केन्द्रमा नेताहरुलाई फकाउने विभिन्न खालका हतकण्डा अपनाउन थालिएको छ। यसका सभापति सेरबहादुर देउवा अली बढिनै सक्रिय देखिएका छन् ।

देउवा अघिल्लो अधिबेशनमा विमलेन्द्र निधिलाई फकाएर उपसभापतिमा ठाउँ खालि गरिदिएका थिए भने अहिले विजयकुमार गच्छदारलाई फकाउन सुरु गरेका छन् । देउवाले गच्छदार निकट नेता कपिलेश्वर यादवलाई नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त गरेका छन् । यादव उनका स्वकिय सचिव हुन् ।

गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमति अनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् ।

‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसै गरि , एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन्। कर्णाली प्रदेशको दैलेखको एक वडा सभापतिमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्।

‘सबै अट्ने देश सबैलाई जोड्ने’ कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले बताए। ‘वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएकी हुन्।

सबैले उनैलाई सहयोग गरे’, भण्डारीले भने। भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।

यसै गरि , नेपाली कांग्रेस नेतृत्वको सरकार भारतसामु लमपसार परेको छ । सरकारले सामान्य विषयमा पनि भारतको विषयमा विज्ञप्ति निकाल्दै भारतविरोधी गतिविधि नगर्न चेतावनी दिएर जनग हसाएको छ ।

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले यस्तै गतिविधि गर्दै गयो भने एक बर्षपछि हुने संसदीय निर्वाचनमा पत्तासाव हुने पक्का भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम चयालेन्ज कर्पोरेशन एमसीसीको विरोध नगर्न चेतावनी दिएको एक दिनमै अर्को वित्रप्ति निकालेर कांग्रेस नेतृत्वले पत्तासप हुने बाटो समातेको छ ।

आज दिउसो गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाउँदै वित्रप्ति निकालेको थियो । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’ दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ।‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ ।

मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । यसअघि शुक्रबार राती पनि विज्ञप्ति निकालेर एमसीसीको विरोध गर्नेलाई कारवाही गर्ने चेतावनी सहितको विज्ञप्ति आएको थियो ।

यसै गरि , उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । मेयर चौधरी, त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन ।

एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा ६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन् । त्रियुगा नगरपालिकाका १२र१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए । एमालेबाट निर्वाचित प्रदेश सांसद सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् ।

प्रतिक्रिया