आज : गते

ताजा शिर्षकहरु

केपी ओली पुगे दलबल सहित रङ्गशाला, बिरामी नाटक मात्रै

प्रकाशित
865
SHARES

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ ।यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १/१ को बराबरीमा सकिएको थियो । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ ।

यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए । आजको खेल निकै रोचक हुनेछ ।आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका हुन् ।

उनले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् ।

पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो । खेलको पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको भएपछि दोश्रो हाफमा भारतले गोल फर्काएको थियो ।अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । आज उनलाई पनि हटाइएको छ ।

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आइतबार दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका हुन् ।

उनले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् ।

पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो । खेलको पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको भएपछि दोश्रो हाफमा भारतले गोल फर्काएको थियो ।अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । आज उनलाई पनि हटाइएको छ ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलिरहेका छन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् । रङ्गशालामा नेपाली दर्शकहरु भरी भराउ छन् । घरेलु मैदान र आफ्ना दर्शको शाथ पाएको नेपाली टिकले जित निकाल्ने पक्का छ ।

यसै गरि , नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन्। अब लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग बीबीएल खेल्न पाउने भएका छन् ।

होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ। होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए।

सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् । बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ । सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् ।

उनले भिसा समस्याका कारण टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए । विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय टिमसाग ओमानमा रहेका सन्दीपले क्यारेबियन प्रिमियर लिग सीपीएल पनि गुमाएका छन् । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम हाल ओमानमा छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ