आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नक्खु कारागारमा झडप, विप्लवका कार्यकर्ता घाइते

प्रकाशित
1.3K
SHARES

काठमाडौ – ललितपुरको नक्खु कारागारमा झडप भएको छ । नाइकेहरूले खाना खाने होटेलमा मूल्य वृद्धि गराइदिएपछि झडप भएको हो ।झडपमा परि नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता घाइते भएका छन् । उनको नाम श्याम बज्राचार्य रहेको बुझिएको छ ।

खाना खाने होटलमा अस्वभाविक रुपमा मुल्य बृद्धि गर्दै जेलभित्रका नाइकेले कमिसन खान लागेको थाहा पाएपछि नेकपाका कार्यकर्ताले प्रतिकार गरेका थिए । जेलभित्र रहेका नाइकेको टोलीले उनलाई एकान्तमा लिएर कुटपीट गर्न थालेपछि झड्प भएको थियो ।

झडपमा उनी सामान्य घाइते भएको श्रोतको भनाई छ । कारागार व्यवस्था विभागले जेलभित्र झडप भएको पुष्टि गरेको छ । ‘सामान्य भनाभन भएको कुरा आएको छ ।’ कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले भने, ‘सत्य तथ्य के हो भुझेर प्रतिवेदन दिन भनेको छु ।’नख्खु कारागारका जेलर चिरञ्जीवी पुरीले पनि सामान्य विवाद भएको बताए ।

काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झ’गडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कु’टा’कु’टमा परिणत भएको प्रहरी स्रोतले बतायो। कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए ।

आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ’ उनले भने, ‘गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’ अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।

४ किलो सुन प्रकरण : १० मिनेटअघिको त्यो सुराक

नेपालगञ्जस्थित राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद समात्यो । काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा शुक्रवार नेपालगञ्ज गएका झापा घर भएका अमिर लगुन विश्वकर्मा र मोरङ घर भएका बुद्धिमान खातीले सो सुन जुत्तामा लुकाएर लगेका थिए ।

त्रिभुवन विमानस्थल स्थित आन्तरिक टर्मिनलबाट सहज पार भएको सुन नेपालगञ्ज विमानस्थल पुग्यो । सो सुन एक्सरे मेशिन र मेटल डिटेक्टरले ‘डिटेक्ट’ गरेर पत्ता लगाएको होइन । सुराकको आधारमा सुन बरामद गरिएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए । विमान अवतरण हुनुभन्दा १० मिनेटअघि अवैध सुन लिएर २ जना युवा नेपालगञ्ज आइरहेको सुराक प्रहरीले पाएको थियो ।

‘१० मिनेटअघि सुन लिएर दुईजना आउँदै गरेको सुराक हामीले पायौं’ बाँकेका एसपी अधिकारीले भने, ‘अनि, हामिले विमानस्थलमा अपरेशन गरेका थियौं ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले अमिर र बुद्धिमानले जुत्ताको तलुवामा लुकाएर ल्याएको अवस्थामा ४ किलो सुनको बिस्कुट र २१ दशमलव ५९ ग्राम तयारी गहना सहित उनिहरुलाई नियन्त्रणमा लियो ।

२६ वर्षका अमिर २८ वर्षीय बुद्धिमानले काठमाडौंको मैतिदेवीमा रहेको बुद्ध ज्वेलर्सबाट सुन लिएर गएका थिए । बुद्ध ज्वेलर्सले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका ३ वटा सुन पसलका नाममा बिल काटेको थियो । बुद्ध ज्वेलर्सले बिल जारी गरेपनि राष्ट्रबैंकभन्दा बाहिरबाट आएको हुनाले थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा सुन बुझाइएको एसपी अधिकारीले जानकारी दिए ।

सुन लैजाने युवा भरिया मात्रै भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नेपालगञ्जका सुन ब्यापारीले सुन किन्नका लागी आवश्यक ३ करोड १३ लाख रुपैयाँ बैंकिङ्ग बाटोबाट वा हुण्डीको माध्यमबाट पैसा पठाए भन्नेबारे पनि राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेको छ । राजस्वले सुन बेच्ने र किन्ने ब्यापारीमाथि पनि अनुसन्धान शुरु गरेको छ ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ