आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आइफोन १३ मा स्याटेलाइट मोड, नेटवर्क नआउने स्थानमा पनि नेटवर्क

प्रकाशित
354
SHARES

एजेन्सी।  सामान्यतः उचाईका क्षेत्रमा, दुर्गम अथवा मानबबस्ती नभएको क्षेत्रमा मोबाइलका टावर राखिएका हुँदैनन् जसका कारण त्यस्ता ठाउँमा हाम्रो फोनमा नेटवर्क आउँदैन र आपत–बिपद्पर्दा हामी फोन गर्न सक्दैनौं। त्यस्तो समस्यालाई हटाउने लक्ष्यका साथ आईफोन १३ ले ‘स्याटेलाईन मोड’ फिचर प्रदान गर्ने म्याक रुमर्सले जनाएको छ।

यदी हाम्रो फोन मोबाइल टावरको पहुँच बाहिर भएता पनि आइफोन १३ को स्याटेलाइट मोडका कारण हामी नेटवर्क प्राप्त गर्नसक्छौं र फोन साथै म्यासेज सजिलै गर्न सक्छौं। टिएफ इन्टटरनेसनल सेक्युरिटीका विश्लेषक मिङ–चि कुओका अनुसार आईफोन १३ मा क्वालकम चिप्स प्रयोग हुनेछ। यो चीप्सले लो अर्थ अर्बिट एलइओ भूउपग्रह र हाम्रो फोनबीच कनेक्सन गराउनेछ जसबाट हामीले जहाँ गएता पनि फोन नेटवर्क गुमाउनेछैनौं।

यसको अर्थ अब आईफोन १३ स्याटेलाइट फोन हुनेछ। क्वालकमले ग्लोबलस्टारसँगको सहकार्यमा चिप बनाउनेछ। एरोस्पेट टेक्नोलोजीका अनुसार ग्लोबलस्टारसँग अन्तरिक्षमा ४८ एलईओ स्याटेलाइट छन्। अन्य विवरण भने बिस्तारै सार्वजनिक हुने म्याक रुमर्सले जनाएको छ।

यसै गरि अन्तरिक्षमा महाशक्ति बन्ने होडमा चीन, आफैंले बनाएको स्पेस स्टेसनमा दोस्रो स्पेस वाक पुरा गरेको छ। अमेरिकाले हाल संचालनमा रहेको एक मात्र स्पेस स्टेसन आईएसएसमा चीनलाई सन् २०११ मा प्रतिबन्ध लगाएको थियो। सुरक्षा खतरा भएको बताउँदै अमेरिकाले त्यसबेला चीनलाई आईएसएसमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको दुईवटा आरोप थियो। पहिलो, चीनले एन्टी–सेटेलाइट हतियार प्रयोग गरेको छ र दोस्रो, चीनले अमेरिकी अन्तरिक्ष संस्था नासाको जेट प्रोपोल्सन ल्याबोरेटोरीमा ह्याकिङ गरेर बौद्धिक सम्पत्ति चोरी गरेको छ। यी आरोपहरुको चीनले खण्डन गर्दै आएको छ। तथापी सोही कारण हालसम्म चीनलाई सो अन्तरिक्ष स्टेसन प्रयोग गर्न दिइएको छैन। सो स्पेस स्टेसन अमेरिका, रुस, युरोप, जापान र क्यानडाले मिलेर बनाएका हुन्।

स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर मानिन्छ। त्यहाँ अन्तरिक्षयात्रीहरु लामो समयसम्म अन्तरिक्षबारे अध्ययन गर्न बस्दछन्। सो स्पेस स्टेसनमा अमेरिकाले चीनलाई प्रतिबन्ध लगाएपछि यतिबेला चीनले आफू एक्लैले स्पेस स्टेसन बनाउन सुरुवात गरेको छ।

आगामी वर्षको डिसेम्बरबाट संचालनमा आउने गरी स्पेस स्टेसन बनाउने काम भइरहेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ। वास्तवमा अमेरिकी प्रतिबन्धपछि चीन अन्तरिक्षको सम्बन्धमा थप शक्तिशाली भएको हो। चीन प्रविधिको क्षेत्रमा पनि निकै अगाडि देखिएको छ।

आईएसएस सन् २०२४ सम्म मात्र संचालनमा आउने भएकाले चीनको यस स्पेस स्टेसनलाई निकै महत्वका साथ हेरिएको छ। सन् २०२४ पछि चीनको मात्र स्पेस स्टेसन अन्तरिक्षमा हुँदा चीनको हालिमुहाली हुनेछ। चीन अन्तरिक्षमा महाशक्ति हुनेछ। यद्यपी अमेरिका लगायत अन्य गठबन्धनले नयाँ अन्तरिक्ष स्टेसन भने बनाउनेछन्।

चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए। चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए।

तर चीन एक्लैले स्पेस स्टेसन बनाउन थाल्नाले चीन प्रविधिको क्षेत्रमा निकै अब्बल भएको विश्लेषण भइरहेको छ। चीनले हाल अन्तरिक्षमा तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र बनाइरहेको हो। त्यहाँ पहिलोपटक ३ अन्तरिक्षयात्री पुगेर काम थालिसकेका छन्।

नी हाइसेङ, लिउ बोमिङ र ताङ होङ्बो नाम गरेका तीन अन्तरिक्षयात्रीले त्यहाँ ३ महिना बस्नेछन्। उनीहरुले अन्तरिक्ष केन्द्रको निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान सुरुवात गरिसकेका छन्। गत जुन महिनामा उनीहरु त्यहाँ पुगेका हुन्। गत जुलाईको सुरुवातमा उनीहरुले पहिलो स्पेस वाक गरेका थिए।

आज शुक्रबार मात्र उनीहरुले दोस्रो स्पेस वाक पुरा गरेको सिन्ह्वाले जनाएको छ। नी हाइसेङ र लिउ बोमिङ स्पेस स्टेसन बाहिर अन्तरिक्षमा हिँडेका थिए। सिन्ह्वाका अनुसार हाल सबैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया