आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालको पार्टीमा लफडा, नेपालले नपत्याएपछि रामकुमारी झाक्रीले चालिन यस्तो कदम

प्रकाशित
649
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रामकुमार झाँक्रीलाई नपत्याउँदा लफडा भएको छ । पार्टीको महासचिव बन्छु भन्दै बुरुकबुरुक अफ्रिएकी झाँकीलाई नेपालले नपत्यापछि लफडा भएको हो।

उनलाई महासचिव त बनाइएको छैन् नै अर्को कुनै जिम्मेवारी पनि नदिएर पेण्डुलम बनाएको छ । विश्वस्त स्रोतका अनुसार एस पार्टीका अध्यक्ष माधव कुमार नेपालको उक्त कदमको झाक्रीले चर्को विरोध गरेकीछन्। पार्टीले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । उक्त पद पाउनेमा झाक्री आशावादी थिइन्।

नेकपा एस गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन्।

पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा (एस)ले जनाएको छ।

स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन्। केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका हुन्।

सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जिवनराम श्रेष्ठ छन् ।पार्टी विधानमा सचिवालयको प्रमुख महासचिव हुने व्यवस्था भएपनि हाल पदाधिकारी चयन भइसकेका छैनन् । सचिवालय प्रमुखले सचिवालयमा रहेका सदस्यको परामर्शमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्छ।

यसै गरि , ओलीलाई अर्को झट्का लागेको छ  , एमालेका थप २ सांसदले रोजे एकीकृत समाजवादी

नेकपा एमालेलाई अर्को झट्का लागेको छ। प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेपछि अर्को झट्का लागेको हो। सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादी दल रोजेका हुन्।

दुबै जनाले सनाखत गरिसकेको एकीकृत समाजवादीकी सांसद बेची लुंगेलीले बताइन् । यसअघि गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए। प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादी रोज्नेको संख्या १२ पुगेको छ।

यसअघि एमालेका सांसदहरु शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मंजु कुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

एकीकृत समाजवादी रोजेका सांसदहरुले भने हाल उपचारका क्रममा दिल्लीमा रहेका सांसद डिल्ली उप्रेतीले पनि एकीकृत समाजवादी रोज्ने दावी गरेका छन् ।

यसै गरि  एमालेले काउण्टर रणनीति बनाएपछि प्रचण्ड तनावमा

आगामी २३ गतेबाट प्रतिनिधि सभाको बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) पास गर्नका लागि चलाउन थालिएको संसद सहज रुपमा चल्ने छाँटकाँट छैन् ।

नेकपा एमाले विभाजन गर्न चलिरहेको संसद हठात अन्त्य गरेर अध्यादेश ल्याएर एमाले विभाजन गराएको सरकारले नेकपा एमालेको प्रतिरोधको समान गर्न पर्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि हालतमा संसद चल्न नदिने काउण्टर रणनीति बनाएको छ ।

आफूले कारबाही गरका १४ जना सांसदहरुलाई कारबाही नगरी प्रचण्डको निर्देशनमा सभामुख अग्नी सापकोटाले संवैधानिक दायरा नाधेको भन्दै एमालेले संसदनै चल्न नदिने तयारी गरेको छ । सभामुखको भूमिका प्रति प्रतिपक्षी एमाले निकै नै रुष्ट देखिन्छ । एमालेको आक्रोश अब स्वाभाविक रुपमा सदनमा देख्न सकिने छ । अधिवेशन अन्त्य गरेको २३ दिनपछि सरकारले भदौ २३ गतेका लागि संघीय संसदको अधिवेशन बोलाएको छ ।

सामान्यतया दशैं अघि संसदको बजेट अधिवेशन अन्त्य गर्ने र मंसिर पछि विधेयक अधिवेशन बोलाउने नेपालको संसदीय परम्परा थियो । पूर्ववर्ती सरकारले अध्यादेशबाट बजेट ल्याइसकेपछि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएको थियो ।

सर्वोच्चको परमादेशले साउन ३ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन एक महिना पनि नचली साउन ३२ गते स्थगित गरेको थियो । संसदको अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।

माधव नेपाललगायत १४ सांसद माथि गरिएको कार्वाही सदर नगरेको भन्दै सभामुखको भूमिका प्रति एमाले रुष्ट छ । १४ सांसदलाई कार्वाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध संसदीय र कानूनी उपचार खोज्ने बताएको थियो ।

संघीय संसद सचिवालय स्रोतका अनुसार संसदमा विचाराधीन अध्यादेश पारित गर्नु मुख्य कार्यसूची हुनेछ । प्रतिनिधि सभाको अधिवेशन शुरु भएको दिन कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बजेटसँग सम्बन्धित लगायत विभिन्न अध्यादेश संसदमा टेबल गरेका थिए ।

प्रतिनिधि सभाको अधिवेशन शुरु भएको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए निश्कृय हुन्छन् । नेकपा एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेश पारित गर्न दवाव दिने रणनीति बनाएको छ । सरकारले भने प्रतिस्थापन विधेयक ल्याएर बजेटमा केही हेरफेरको तयारी गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले शनिवार भदौ २३ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् । यही अधिवेशनमा सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताउँदै आएको छ । र्एमालेको काउण्डर रणनीतिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव थपिएको छ ।

एमालेको आग्रहमा १४ जना एमाले सांसद गरिएको कारवाही रोक्न सभामुखलाई निर्देशन दिएका प्रचण्डले नमिठो झट्का भेट्ने भएका छन् । संंसद नचलेको खण्डमा सभामुख असफल भएको अर्थ लाग्ने र त्यही कारण प्रचण्डलाई थप पीडा हुने छ ।

 

प्रतिक्रिया