आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पन्जशिरमा भिडन्त जारी ६ सय तालिवान लडाकू मारिए, हजार अतिवादी नियन्त्रणमा

प्रकाशित
1K
SHARES

काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ।

पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ। ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन्। त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन्।

तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ती गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् । यसैबीच, पन्जशिरका बिभिन्न स्थानमा भूमिगत बिस्फोटक पर्दाथ बिच्छाइएकोले फ्रन्टबिरुद्ध तालिवानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ।

यसै गरि , युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन्। युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन्। स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिइएको हो।

उक्त बैठकपछि युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिनुभएका हुन्। उहाँले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए।

उहाँका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ।

त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन्। अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ।यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन्।

पहाडले घेरिएको पन्जशीर, जहाँ तालिबानको केही लागेन

तालिबानले अफगानिस्तानमा निकै तेजसँग आफ्नो पकड बनाएको छ । उनले काबुलमा नयाँ सरकार बनाउने योजना पनि बनाइरहेको छ । तर पनि उसको बाटोमा एउटा ठूलो बाधा अझै बाँकी छ । राजधानी काबुलबाट उत्तर–पूर्वमा पर्ने पन्जशीर उपत्यकामा अहिले राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का लडाकुहरु छन् ।

चारैतर्फबाट तालिबानले घेरेको भएपनि उनीहरुले हार मान्न अस्विकार गरेका छन् । तालिवानका वरिष्ठ नेता आमिर खान मोतंकीले पन्जशीर उपत्यकामा बस्ने लडाकुहरुलाई आफ्नो हतियार बुझाउन आव्हान गरेका छन् । तर अहिलेसम्म यो अपिल कसैले मान्ने छाँट देखिएको छैन ।

मिडिया रिपोर्टका अनुसार १५ अगस्टमा काबुलमाथि तालिबानले कब्जा जमाएयता पन्जशीर उपत्यकाका सीमामा धेरैपटक झडप भएका छन्, झडपमा दर्जनभन्दा धेरै तालिबानी लडाकु मारिएका छन् र अहिले पनि लडाईँ जारी छ ।
विरोधमा उत्रिएका यी लडाकु को हुन् ?

पूर्वी अफगानिस्तानको यो उपत्यका राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का लडाकुहरुको घर बनेको छ । धेरै जाति र समुदायको प्रतिनिधित्व गर्ने यी लडाकुहरु अफगान सुरक्षा बलका पूर्व सदस्य हुन् । उनीहरुको संख्या हजारौं छ । यस हप्ता सार्वजनिक भएका तस्विरहरूले यी खेलाडीहरु सुसंगठित, आधुनिक हतियारयुक्त र राम्रो प्रशिक्षण पाएजस्तो देखिन्छन् ।

अहिले देशका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि एनआरएफमा समावेश छन् । तर नेतृत्वमा ‘पन्जशीरका शेर’ भनेर चिनिने अहमद शाह मसूदका छोरा अहमद मसूद छन् । अहमद शाहले १९८० को दशकमा सोभियत संघको आक्रमण मात्रै रोकका थिएनन्, बरु १९९० को दशकमा पनि तालिबानलाई पन्जशीरबाट टाढै राखेका थिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई आक्रमण हुनभन्दा ठिक दुई दिनअघि उनको हत्या भएको थियो ।

उनका ३२ वर्षका छोरा अहमद मसूदले लण्डनको किङ्स कलेज र स्यान्डहस्र्ट मिलिटरी एकेडेमीबाट स्नातक गरेका छन् । उनी पनि तालिबानलाई टाढै राख्न दृढ छन् । केवल आफ्नो देशमा मात्रै सहयोग माग्ने होइन विदेशीबाट पनि समर्थन जुटाउने कोसिसमा उनी लागिरहेका छन् । उनले यस वर्षको सुरुवातमा फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनसँग भेटेका थिए ।

सिएनएनलाई दिएको एक अन्तर्वार्तामा मसुदले तालिबानी लडाकुका विषयमा बोलेका थिए, उनले यी लडाकुहरु नसुध्रिएको बताएका थिए । जाति र लिङ्गको वास्ता नगरी सबै नागरिकका लागि लोकतन्त्र, अधिकार र स्वतन्त्रता दिलाउन आवश्यक छ भन्ने विषयमा आफु र आफ्ना लडाकु सचेत रहेको उनले बताएका थिए ।

तालिबान के चाहन्छ ?

अफगानिस्तान इस्लामिक इमिरेट्स सबै अफगानीहरुको घर रहेको विचार तालिबानले अघि सारिसकेको छ । तर, पन्जशिर उपत्यकाबाट सुनिएको विरोधको आवाज एकताको यो खास छविका लागि झट्का हुनसक्छ । सामाजिक सञ्जालमा तालिबानको विरोधलाई समर्थन गर्नेहरुले पनि अभियान चलाइसकेका छन् ।

तालिबान र एनआरएफबीच वार्ता पनि भइरहेको छ । तर, दुबै पक्षले लडाइँ नगर्ने बताइरहे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । जसकारण खुला लडाइँ हुनसक्ने खतरा पनि छ । आफ्नो सयौं लडाकुहरुलाई पन्जशिरको मोर्चामा पठाइएको तालिबानले जनाएको छ । तर, पन्जशीर प्रतिरोधका लागि तयार छ । एएफसी समाचार एजेन्सीका अनुसार पन्जशीरको सीमामा पुग्ने तालिबानी लडाकुलाई मेसिन गन, मोर्टारलगायत हतियारहरुले सजिएका स्थानीय लडाकुले चेकजाँच र निगरानी गर्छन् । दुबै पक्षले आफ्ना विरोधीहरु हताहात भएको दाबी गर्ने गरेका छन् ।

तर, यस्ता भीडन्तमा कतिजना मारिए भनेर सटिन अनुमान लगाउन निकै मुस्किल छ । पन्जशीरका केही इलाकाहरु आफ्नो कब्जामा आएको दाबी तालिबानले गरिरहेको छ । तर, यो दाबीलाई एनआरएफले खण्डन गरेको छ ।
रिपोर्टअनुसार पन्जशीर उपत्यकाको आपूर्ति लाइनलाई काट्ने कोसिस तालिबानले गरिरहेको छ । ताकि, एनआरएफका लडाकुहरु प्रतिरोध छोड्न बाध्य होउन् ।

कस्तो छ पन्जशीर ?

अफगानिस्तानका साना प्रान्तमध्ये पन्जशीर एक हो । यहाँ १ लाख ५० हजारदेखि २ लाख जनसंख्या बस्छ । यस उपत्यकाबीचबाट पन्जशीर नदी बग्छ र ९ हजार ८ सय फिट अग्ला पर्वतहरूले चारैतर्फबाट उपत्यकालाई घेरेका छन् । जतिबेला अफगानिस्तान शान्त थियो, त्यतिबेला यस इलाकामा आउनेहरु यस रमणीय दृश्य र पहाड हेरेर मन्त्रमुग्ध हुन्थेँ ।

यहाँ बस्ने धेरै समूहमध्ये सबैभन्दा ठूलो समूह ताजिक मुल हो । बाहिरी मानिसहरुसँग बहादुरीसँग लड्ने मामिलामा यस उपत्यकाका मानिसहरुले ठूलो प्रतिष्ठा हासिल गरेका छन् । आफ्ना रत्न र खानका लागि यो उपत्यका इतिहासदेखि प्रख्यात छ । यहाँ, पछिल्ला केही दशक राम्रो लगानी भित्रिएको छ र भौतिक पूर्वाधारको निर्माण पनि राम्रो गरी भएको छ ।

प्रतिक्रिया