आज : गते

ताजा शिर्षकहरु

माधव नेपालको अर्को मिसन सुरु, सिङ्गो एमाले आक्रोशित

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा एमाले विभाजन गर्ने मिसन सफल बनेपछि माधव नेपाल अर्को मिसनमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी विभाजनको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेका छन् ।

अब उनको आँखा एमालेको सम्पत्तीमा पर्न थालेको छ । एमालेको सम्पत्तीमा आँखा लगाउँन थालेपछि एमाले नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् । नेकपा एसले एमालेको सम्पत्तीको भागवण्डाको लागि दावी गर्ने तयारी गरेको छ ।

नयाँ पार्टी खोलेका नभई एमालेनै विभाजन गरेर नयाँ दल बनेको कारण एमालेको सम्पत्ती पाउँनुपर्ने माग उनीहरुले गरेका छन् । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने हकदाबीबारे स्पष्ट कानूनी व्यवस्था नभएकाले दल दर्ता गरेर छुट्टिएको माधव नेतृत्वको नेकपा  एकीकृत समाजवादीले सम्पत्तिमा कानूनी दाबी गर्ने आधार खोज्न थालेको हो ।

काठमाडौं उपत्यकाभित्रै एमालेको बल्खुमा नौ रोपनी दुई आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुलसीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको चम्पादेवीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ ।

एमालेका जिल्ला कमिटीसँग आफ्नै भवन छन् । औसतमा मूल्यांकन गर्दा पनि अहिले एमालेको भौतिक सम्पत्ति मात्रै कम्तीमा पाँच अर्बमाथि पुगेको छ भन्ने अनुमान गरिन्छ । पार्टी एकताताका एमालेको खातामा चार करोडभन्दा माथि नगद रहेपनि एकता भंग भएर एमालेसमेत पुनर्गठित भएपछि एमालेले बैंकमा रहेको अन्तिम मौज्दात निकालिसकेको छैन ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउँछन् । देशभरीको सम्पत्ति विवरण र देशभर पार्टी कार्यालयको खाताको विवरण केन्द्रिकृत भइसकेपछि देश–विदेशमा रहेका जोकोहीले एमालेको सम्पत्ति जान्न पाउने गरी वेबसाइटमा अभिलेखीकरण गर्ने एमालले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले पूर्वपार्टीको सम्पत्तिमा राजनीतिक रूपमा दाबी कायम रहेको, तर कानूनी दाबी गर्ने कि नगर्ने विषय भने अध्ययनपछि मात्र टुंगो लाग्ने बताएको छ । राजनीतिक दल पूर्णतया विघटन भएको खण्डमा सम्पत्ति सरकारको हुन्छ ।

तर, विभाजन भएको खण्डमा के गर्ने रु भन्ने बारेमा ऐन कानूनमा नहुँदा भने यो समूह अन्योलमा छ । उसो त यसअघि तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्यको नेतृत्वमा अलग्गिएको पार्टीले माओवादीसँग रहेको सम्पत्ति सहमतिको आभारमा भागवण्डा लिएको थियो ।

यसपटक माधव नेतृत्वको पार्टीले एमालेसँग अंश लिनेगरी आन्तरिक छलफल थालेको छ । सो विषयमा कानूनी अस्पष्टता भएकाले कानूनी जानकारहरसँगको छलफलपछि निष्कर्षमा पुग्ने बताइएको छ ।

यसै गरि , एमालेको सिंगो जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित।  नेकपा एमालेको सिंगो जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । जुम्लाको सिंगो जिल्ला कमिटी समाजवादी पार्टीमा समाहित भएको हो ।

जिल्लाको ६१ सदस्यीय कमिटी मध्ये ५८ जना पदाधिकारी तथा सदस्यहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् । त्यसैगरी नगरपालिकामा एमालेबाट निर्वाचित सबै वडाध्यक्ष र जनप्रतिनिधिले पनि एकीकृत समाजवादीमा रहने गरी सनाखत गरिसकेको बताइएको छ।

जिल्ला कमिटीका अध्यक्ष तीर्थबहादुर बूढा, सचिव आदिप्रसाद न्यौपाने, उपाध्यक्ष नन्दराम रोकाया र उपसचिव राजबहादुर खत्रीले संयुक्त रुपमा विज्ञप्तिमा जारी गर्दै अध्यक्ष केपी ओली आडम्बर अहंकार, दम्भ र घमण्डले आफू र सिंगो पार्टीको गतिशील जीवन नै ध्वस्त बनाउने अभियानमा जुटेकाले नयाँ परिस्थिति उत्पन्न भएको उल्लेख छ ।

त्यस्तै, काठमाण्डौंका सात जना वडाध्यक्षसहित ३४ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । हिजो जिल्ला निर्वाचन कार्यालय, अनामनगर पुगेर दुई नगर उपप्रमुख, सात वडा अध्यक्षसहित ३४ जनाले आफूहरु एमालेबाट छुट्टिएर एकीकृत समाजवादीमा समाहित भएको भनी सनाखत गरेका हुन् ।

नेकपा समाजवादीका नेताहरु जीवनराम श्रेष्ठ,सावित्रा भुसाल, वसन्त मानन्धर र कुसुमकुमार कार्कीलगायतको उपस्थितिमा काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ, तारकेश्वर, टोखा र शंखरापुर नगरपालिकाका वडाध्यक्ष एवम् सदस्यहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने वडाध्यक्षहरुमा काठमाडौं महानगरपालिका ७ का शुध्दकुमार डंगोल,१५ का ईश्वरमान डंगोल बूढानीलकण्ठ नगरपालिका ३ का बालकृष्ण श्रेष्ठ,टोखा नगरपालिका ९ का जोगप्रसाद नेपाल,तारकेश्वर नगरपालिका ६ का मधु कार्की, तारकेश्वर २ का रवीन्द्र केसी र शंखरापुर नगरपालिका ९ का घनश्याम थापा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ।

यसै गरि , भीम रावलले प्रधानमन्त्री देउवालाई मुड्की बजार्दै भने, ‘मलाई गिरफ्तार गर भनि चेतावनी दिएका छन्। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मुट्की बजार्दै एमसीसी पास नगर्न चेतावनी दिएका छन् । देशमा राजनीतिक अस्थिरता भएको बेलामा अमेरिकी साहायता परियोजना एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहे भन्दै मुट्की बजार्दै यसो नगर्न चेतावनी दिएका हुन् ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै रावलले एमसीसी इष्ट इन्डीया कम्पनी भन्दा पनि खतरनाक भएको दावी गरे। ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइदैछ,’ रावलले भने, ‘नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् ।’

उनले थपे, ‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डीया कम्पनी खोले त्यो इष्ट इन्डीया कम्पनी भन्दा खतरनाक छ, एमसीसी ।’ एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने रावलको दावी छ।

रेडियो र टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनको भनाइ छ। ‘रेडियोबाट, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ,’ रावलले भने, ‘कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ?’ उनले भने ।

‘यस्तो दुनियाँमा कतै सुन्नुभा’छ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सूचना जारी गरेको आरोप लगाउँदै उनले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए ।

रावलको भनाइ छ, ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भैसक्यो लाजपनि मान्नुपर्ने। उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ ।’

आफूलाई पक्रन चुनौती दिँदै रावलले भने, ‘म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भने । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग।

प्रतिक्रिया

आजको ट्रेन्डिङ