आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् समाजवादी पार्टीका प्रदेश इन्चार्जहरु, अरु को कसले पाए महत्वपूर्ण जिम्मेवारी ?

प्रकाशित
1.4K
SHARES

काठमाडौ।  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले (एस) नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा ९एस० प्रदेशमा इञ्चार्जसहित विभिन्न जिम्मेवारी दिएको छ ।

नेकपा एकीकृत समाजवादीले शनिबार अन्तरपार्टी निर्देशन जारी गर्दै प्रदेशको पार्टी कामलाई संयोजन गर्न सात भौगोलिक र पाँच गैरभौगोलिकसहित १२ प्रदेशको इञ्चार्ज तोकेको हो । प्रदेश इञ्चार्ज तोक्नुका साथै नेताहरुको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ ।

जसअनुसार स्थायी कमिटी, सचिवालय र विभिन्न विभागीय जिम्मेवारी तोकिएको छ । एकीकृत समाजवादीले आगामी पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म हाइकमाण्डका रुपमा पाँच सदस्यीय स्थायी कमिटी चयन गरेको छ ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । पार्टीको दैनिक कार्य सम्पादनका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय पनि गठन गरिएको छ भने केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा। तुलाधरलाई दिइएको छ ।

त्यस्तै, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारी नेता राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ भने संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

पार्टीले तोकेका प्रदेश इञ्चार्जहरुमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशबलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन् भने सुदूरपश्चिम प्रदेशको सम्बन्धमा पछि तय गर्ने भनिएको छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह रहेका छन् ।

ठूलो भाग खोजेर आएका सुदूरपश्चिमका नेता प्रेम आलेलाई झट्का लागेको छ । उनले आफू सूदुरपश्चिमको सिनियर नेता भएकाले आफूलाई इन्चार्ज बनाउने दवाव दिएका थिए । उनको दवावलाई अध्यक्ष नेपालले ठाडै अस्वीकार गरिदिएका छन् । मन्त्री खानका लागि अन्तिम समयमा आएर फ्लोर क्रस गरेका आलेलाई यो विषयले नराम्रो झट्का लागेको छ ।

यसै गरि। एकाएक नेपाली कांग्रेसमा खुशीयाली छाएको छ। देशभरका नेता कार्यकर्ता उत्साहित भएका छन् । आगामी १४ औं महाधिवेशनका लागि वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै पदका लागि उम्मेदवार हुन पाउँने भएपछि खुशीयाली छाएको हो ।

अहिले धमाधम वडा अधिवेशन हुँदैछन् । भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्।

वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्।

कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’

भदौ २७ अगाडि ७७ जिल्लाका छ हजार सात सय ४३ वडामै अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ किनभने भदौ २७ मा गाउँ/नगर अधिवेशन हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृह महाधिवेशनका लागि बुकिङ गरिसकिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनका मतदाता प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि हुन्। प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। देशमा १६५ निर्वाचन क्षेत्र छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ