आज : गते

ताजा शिर्षकहरु

एकीकृत समाजवादी पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाँड, प्रेम आलेलाई झट्का

प्रकाशित
1.2K
SHARES

काठमाडौ।  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले (एस) नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा एकीकृत समाजवादी प्रदेशमा इञ्चार्जसहित विभिन्न जिम्मेवारी दिएको छ ।

नेकपा एकीकृत समाजवादीले शनिबार अन्तरपार्टी निर्देशन जारी गर्दै प्रदेशको पार्टी कामलाई संयोजन गर्न सात भौगोलिक र पाँच गैरभौगोलिकसहित १२ प्रदेशको इञ्चार्ज तोकेको हो । प्रदेश इञ्चार्ज तोक्नुका साथै नेताहरुको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ ।

जसअनुसार स्थायी कमिटी, सचिवालय र विभिन्न विभागीय जिम्मेवारी तोकिएको छ । एकीकृत समाजवादीले आगामी पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म हाइकमाण्डका रुपमा पाँच सदस्यीय स्थायी कमिटी चयन गरेको छ ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । पार्टीको दैनिक कार्य सम्पादनका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय पनि गठन गरिएको छ भने केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा. तुलाधरलाई दिइएको छ ।

त्यस्तै, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारी नेता राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ भने संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

पार्टीले तोकेका प्रदेश इञ्चार्जहरुमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशबलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन् भने सुदूरपश्चिम प्रदेशको सम्बन्धमा पछि तय गर्ने भनिएको छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह रहेका छन् ।

ठूलो भाग खोजेर आएका सुदूरपश्चिमका नेता प्रेम आलेलाई झट्का लागेको छ । उनले आफू सूदुरपश्चिमको सिनियर नेता भएकाले आफूलाई इन्चार्ज बनाउने दवाव दिएका थिए । उनको दवावलाई अध्यक्ष नेपालले ठाडै अस्वीकार गरिदिएका छन् । मन्त्री खानका लागि अन्तिम समयमा आएर फ्लोर क्रस गरेका आलेलाई यो विषयले नराम्रो झट्का लागेको छ ।

यसै गरि,  नेकपा एमालेका सचिव योगेश भट्टराई प्रबक्ताबाट हटाएपछि पहिलो पटक मुख खोलेका छन् । नेकपा एमालेका नेता भट्टराईले लामो समयपछि आफ्नो पीडा पोखेका छन् । उनले आफू माधव नेपाल समूहमा पनि नरहेको र अध्यक्ष केपी शर्मा ओलीका पक्षमा पनि नभएको दुखेको पोखेका छन् । आफूहरु घरको न घाटको भएको उनको भनाई छ ।

पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुवैतिरबाट लखेटिनु परेको गुनासो गरे । आफूहरू सही लाइनमा लागेकाले केही समय लखेटिनु परेको भन्दै उनले माधव नेपालले अन्तिम समयमा गलत गरेको आरोप लगाए ।

एक टेलिभिजनमा अन्तर्वार्तामा नेता भट्टराईले माधव नेपालकै कारण एमाले विभाजन भएको र नेपालले अन्तिम समयमा आफूहरूलाई धोका दिएको बताए। माधव नेपाललाई सुरुवातमा उचालेर अन्तिम समयमा धोका दिएको भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले आफूहरूले नेपाललाई धोका नदिएको जिकिर गरे ।

आफूहरूले सधैं पार्टी एकताकै लागि लडेको स्मरण गर्दै एमाले विभाजन नभएर चोइटिएको बताएका छन्। बरु नेता नेपालले आफूहरूलाई धोका दिएको भन्दै भट्टराईले माधव नेपाल पक्षमा धेरै मानिस नलाग्नेसमेत बताए ।

यसै गरि ,  नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन एमसीसीको विरोध गर्नेलाई तथानाम गालि गर्न थालेकी छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एसकी नेता झाँक्रीले एमसिसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्।

उग्र भाषणमा पारंगंत रहेकी झाँक्रीले केपी ओलीको कन्दनी सम्झँदै असभ्य भाषा प्रयोग गरेर गाली गरेकी छन् । उनले भाषणमा केपी ओली र भिम रावल प्रति खनिदै एमाले अध्यक्ष ओलीलाई कुनै बेला एमसीसी पास गर्न कन्दनी सुर्किएर लागेकाले अहिले विरोध गरेको भन्दै आलोचना गरेकी छिन् ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेता झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन्।

उनले भनिन्, ‘खडग ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागिपरेका मान्छे आज एमसिसीको विरोध गर्दैछन्। त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद। कमरेड भीम रावल आज एमसिसीको विरूद्धमा जसरी बोल्दैछन्।’

उनले भनिन्, ‘मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो। भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला।’

उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि पटकरपटक दोहोर्याइन्। नेता झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन् ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ