आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वामदेव, माधव नेपाल र केपी ओली घमासन युद्ध हुने संकेत, यस्तो छ भित्रि रहस्य

प्रकाशित
1.6K
SHARES

काठमाडौ। माधवजस्तो शरम पचेको मान्छे संसारमै देखेको छैन : केपी ओली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए ।

उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए ।

उनले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताए । उनले भोलि पनि माधव नेपाल मात्रै एकीकृत पार्टी रहने बताए ।

उनले एमाले पार्टी कहाँ छ भनेर कसैले सोध्यो भने धारा खोलेर देखाइदिन, नागरिक एप्स खोलेर देखाइदिन, फोर जी नेट चलाएर देखाइदिन आग्रह गरे । उनले मेलम्चीको पानी ल्याउन पनि एमाले चाहिने भन्दै आगामी निर्वाचनमा एमालेले चुनाव जितेर मेलम्चीको पानी ल्याउने दाबी गरे । उनले अहिलेको सरकार विकास विरोधी रहेको भन्दै यो सरकारले क्रेन ल्याएर धरहरा भत्काउन सक्ने, रानीपोखरीमा ढुङ्गा हाल्न सक्ने दाबी गरे ।

यसै गरि ,   एक्कासि बिरामी परेर आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकाएक आबेगमा आएर तरङ्ग मच्चाएका छन् । उनी काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा आक्रामक रुपमा उपस्थित भए ।

अत्यावश्यक बाहेकको भेटघाट बन्द गरेर घरमै आराम गरिरहेका ओली बिरामी भएको समाचार सञ्चारमाध्यममा आएको थियो । उनको सचिवालयले पनि ओली बिरामी भएकाले राष्ट्रिय सभागृहको कार्यक्रममा नजाने बताएको थियो ।

आफू बिरामी परेको समाचार सञ्चारमाध्यममा आएपछि ओलीको ‘मुड’ फेरियो र उनी कार्यकर्ता भेलालाई सम्बोधन गर्न जान तयार भए । दिउँसो साढे ३ बजे राष्ट्रिय सभा गृहमा पुगेका ओलीले कार्यकर्ता भेलालाई ३३ मिनेट लामो सम्बोधनका क्रममा उनले आक्रामक अभिव्यक्ति दिएका थिए ।

सम्बोधनको शुरूमा आफ्नो स्वास्थ्यलाई लिएर हल्लाखल्ला भएको टिप्पणी ओलीले गरेका थिए । ‘ओभर एक्जर्सन भएर, बढी काम भएर, अलि बढी थकाइ भएर केही ज्वरांश भएको थियो । अलि हल्लाखल्ला पनि चल्यो क्यार । कतिसम्म बिरामी भएको हो भन्ने कुरा तस्वीर आफैं बोल्छ भनेजस्तै बोलोस् भनेर यस कार्यक्रममा उपस्थित हुन आएको हुँ,’ ओलीले सम्बोधनको शुरूमा भनेका थिए ।

सम्बोधनको क्रममा गठबन्धन सरकार, माधव नेपाल र वामदेव गौतमको चर्को आलोचना गरेर आक्रामक अभिव्यक्ति दिएका ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा भएको राम्रा काम उल्लेख गर्न छुटाएनन् ।

सम्बोधनको बिट मार्ने क्रममा उनले आफू अस्वस्थ रहेको स्वीकारेका थिए । ‘धेरै थकित भएर ज्वरो नै आउने अवस्थामा पुगेछु । केही दिन थकाइ मार्नुपर्ने भयो । डाक्टरले केही दिन थकाइ मार्न सल्लाह दिएका छन् । म थकाइ मार्न हिँडे,’ सम्बोधन अन्त्य गर्दै उनले भनेका थिए ।

सम्बोधनको शुरूमा ओलीले नेकपा एमाले विभाजन नभएको पुष्टि गर्ने प्रयास गरेका थिए । उनले हरेकजसो कार्यक्रममा एमाले विभाजन नभएको बरु टुक्रिएको तर्क गर्ने गरेका छन् । राष्ट्रिय सभा गृहमा पनि उनले त्यही तर्क दोहोर्‍याए । खान पाउने लोभले केहीले पार्टी छोडेको आरोप उनले लगाए ।

‘वास्तवमा पार्टी फुटेको होइन केही वर्षदेखि बिग्रिएका तत्वहरू गएका हुन् । त्यसलाई चोइटिएकोसम्म भन्न सकिन्छ । भारतको पन्जाबतिर लङ्गुर लागेको भन्ने हुन्छ । लङ्गुर लागेको भनेपछि खान पाइन्छ भनेर दौडनेहरू पार्टी छाडेर गएका हुन्,’ ओलीले भने ।

गठबन्धन सरकारलाई पनि लङ्गुर लागेकाहरूको सरकारको उपमा ओलीले दिएका थिए । ‘अहिलेको सरकार त्यही लङ्गुरमा दौडनेहरूको सरकार हो । यिनीहरूको विचार, आदर्श, उद्देश्य केही मिल्दैन । खानको लागि मात्रै गएका हुन्,’ उनले भने ।

त्यति मात्रै होइन, एमाले छाडेर गएका नेताहरू संकेत गर्दै ओलीले भने, ‘हाम्रा घरका बिराला शेरबहादुरको भान्छामा देखिन्छन् । दूध र भात पाइन्छ भनेर म्याउ गर्दै गएछन् ।’ गत चुनावमा केही गलत मान्छेलाई उम्मेदवार बनाएको महसुस भएको समेत ओलीले बताएका छन् ।

‘केही गलत मान्छेलाइ हिजो टिकट दिएछौँ । विश्वासको मत दिनुपर्छ भनेर बहिस्कार गरेर बाहिर गए । हाम्रै पार्टीका मान्छेले भोट नहालेर सरकार ढाले । हाम्रै भनिएका मान्छेले वामपन्थी सरकार ढालेर शेरबहादुर प्रधानमन्त्री बनाइँपाउँ भनेर हातमा निवेदन लिएर लुखुर–लुखुर राष्ट्रपति कार्यालयमा गए ।

त्यहाँबाट नभएपछि अदालतमा निवेदन हाले । संसदमा आउनै नदिएर अदालतबाट सोझै शेरबहादुरलाई प्रधानमन्त्री बनाइँपाउँ भनेर हस्ताक्षर गरे,’ ओलीले भने । आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र अरूलाई झ्याल र भेन्टिलेटरबाट छिरेर सरकार बनाउन नदिने अभिव्यक्ति ओलीले दिएका थिए ।

‘आउँदो चुनावमा झ्यालमा भेल्टिलेटरमा जाली हाल्नेछौँ । यिनलाई छिर्न दिने छैनौँ । एमालेसँग एक्ला–एक्लै चुनाव लड्न नआउनु जमानत जफत हुन्छ । एमाले कसैको बैशाखी टेकिरहनु पर्ने पार्टी होइन । देशको विकास गर्ने, सुशासन ल्याउने पार्टी हो । एक्लै चुनाव लड्न सक्छ । एक्लै जित्न सक्छ,’ ओलीले भनेका थिए ।

सरकारले भूमि आयोग खारेज गरेर गरीबमारा सरकार भएको पुष्टि गरेको उनले बताए । ‘भूमि आयोग खारेज गर्‍यो । गरीबमारा सरकार हो यो । क्रेन ल्याएर धरहराको घाँटी मर्काउन सक्छन्, रानीपोखरीमा ढुङ्गा हान्न सक्छन् । मूर्ति मर्काउन सक्छन् ।

यिनले रचनात्मक काम त के नै पो गर्न सक्छन् र रु’, ओलीले भने । सम्बोधनको क्रममा ओलीले माधव नेपालको चर्को आलोचना गरेका थिए । माधव नेपाल राजालाई दाम चढाउन गएकोदेखि लाजशरम पचेको व्यक्ति भएकोसम्म ओलीले आरोप लगाए ।

‘कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । पत्र मञ्जुसामा प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन पनि हालेको छ,’ ओलीले भने, ‘मौका मिल्दा बुद्धिस्ट संगठनको अध्यक्ष पनि भएको छ । दक्षिणा प्राप्त हुन्छ भनेरै गएका हुन् ।’

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन सहयोग गरेर अहिले क्रान्तिको कुरा गरेको उल्लेख गर्दै ओलीले भने, ‘यति साह्रो लाच पचेका, शरम पचेका माधव नेपाल जस्तो मान्छे मैल अहिलेसम्म देखेको छैन । अस्तिसम्म जुन खाटमा बसेका थिए त्यसैमा बन्चरो हानेका छन् । जुन पिर्कामा बसेका छन् त्यसैलाई भाँचेका छन् ।

जुन मन्दिरमा पूजा गर्थे त्यही मन्दिरमा थुकिरहेका छन् । अनि यिनले क्रान्तिका कुरा गर्ने माधव नेपालले एमालेको नेतृत्व गर्दा पार्टीलाई ३३ सिटमा खुम्च्याएको र आफैंले मुख देखाउन नसक्ने भए भनेर राजीनामा दिएर हिँडेको ओलीले बताए ।

अब पनि माधव नेपालले बनाएको पार्टीमा उनी एक्लै मात्रै रहने उल्लेख गरेका ओलीले भने, ‘अन्तिममा पनि माधव नेपाल पार्टी मात्रै रहन्छ । माधव नेपाल एकीकृत नै रहन्छन् ।’ वामदेवलाई जवाफ– उपप्रधानमन्त्री खान मन लाग्यो भने हुन्थ्यो, मलाई किन गाली गरेको ?

ओलीले वामदेव गौतमले उपप्रधानमन्त्री खानको लागि एमाले छाडेको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा ओलीले भने, ‘उपप्रधानमन्त्री खान मन लागेको छ भने भइहाल्छ नि ।

किन केपी ओलीलाई गाली गरेर निवेदन लेख्नुपर्‍यो ?’ एमालेका उपाध्यक्ष वामदेव गौतमले भदौ १८ मा एमालेको सबै जिम्मेवारीबाट हटेको उल्लेख गर्दै एमाले केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका थिए ।

ओलीले भने, ‘कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छ भने तपाईं केपी शर्मा ओली तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो, तपाईं केपी शर्मा ओलीले कुन्नि के जाती गर्नुभयो । त्यसकारण एमाले छोडेँ ।’

‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि १ केपी शर्मा ओलीलाई गाली किन गर्ने रु निवेदन एउटा कुरा छ, निवेदनको व्यहोरा अर्कै छ । मान्छेले बुझ्नै गाह्रो पर्ने गरी । एउटाको नजिक हुनको लागि अर्कोलाई गाली गर्ने ?,’ ओलीले भने ।

सम्बोधनको क्रममा ओलीले सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समिति माथि पनि प्रश्न उठाए । ‘चीनसँग कुनै सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु, यो समितिले विवाद देखाओस् । कसलाई खुशी पार्न समिति बनाएको ?’

सरकारले भारत र चीन दुवैतर्फको सम्बन्ध तनावग्रस्त बनाएको आरोप लगाएका छन् । ओलीले सरकारले झुक्याएर एमसीसी पास गर्न खोजेको आरोप लगाएका छन् । ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी गरे, अहिले बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान् शेरबहादुर, प्रचण्डले बोल्नु पर्दैन एमसीसी के गर्ने ? उहाँहरू चुपचाप हुनुहुन्छ,’ ओलीले भने ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ