आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले पारिदिए माधव नेपालको प्लान चौपट, रुवाबासी सुरु

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्लान चौपट भएको छ। पशुपति क्षेत्र विकास कोषमा क्रिश्चियन धर्मावलम्बीहरुलाई ल्याउने नेपालको प्लान प्रधानमन्त्री शेरबहादुर देउवाले चौपट बनाइदिएका हुन्।

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा हिन्दुवादी डा. मिलनकुमार थापालाई नियुक्त गरेपछि उनको प्लान चौपटमात्रै भएको छैन रुवाबासी पनि सुरु भएको छ। कोषमा क्रिश्चियन धर्म निकट मानिसहरु ल्याउन सत्ता गठबन्धनकै नेताहरुबाट दबाब रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई अस्विकार गर्दै हिन्दुवादी नेता थापालाई कोषको सदस्य सचिव नियुक्त गरेका हुन्।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेपालमा जबरजस्ती धर्म परिवर्तन गराएर क्रिश्चियनिटी विस्तार गर्ने एकनाथ ढकाललगायत युनिफिकेशन चर्चसँग जोडिएका मानिसहरुले कोषमा क्रिश्चियन धर्मप्रति बफादार व्यक्ति नियुक्त गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए।

नेपालमा होली वाइन कार्यक्रम गर्ने युनिफिकेशन चर्च अन्तर्गतको इन्टरफेथ ग्रुपका मानिसहरुलाई कोषमा राख्न दबाब थियो । बाहिर हेर्दा हिन्दु देखिने तर भित्र क्रिश्चियानिटीप्रति बफादार छद्मभेषी मानिसहरु राख्ने प्रयास इन्टरफेथले गरेको थियो ।

इन्टरफेथसँग माधव नेपाल र एकनाथ ढकाल पनि जोडिएका छन् । यो तथ्य समाचारमार्फत बाहिर आएपछि माधव नेपालको आलोचना भयो । प्रधानमन्त्री देउवामाथि हिन्दुवादी संघसंगठनले दबाब बढाए । खबरदारी गरे । अन्तत प्रधानमन्त्री देउवाले माधव नेपालको प्रयास ध्वस्त पारिदिए । कोषमा हिन्दुवादी नेतालाई ल्याए ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी आफूहरुको चौतर्फी दबाबपछि सरकारले सही ठाउँमा सही व्यक्ति ल्याएको बताइन् । भण्डारीले क्रिश्चियन मानिस ल्याउने सुनेपछि आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र सरकारले अहिले आएर सही निर्णय गरेको बताइन् ।

हिन्दुवादी लिडरलाई कोषमा ल्याएपछि भण्डारीले खुसी व्यक्त गरेकी छन् । सरकारले विश्व हिन्दु युवा बाहिनी नेपालका पूर्वअध्यक्ष तथा विश्व हिन्दु महासंघ ललितपुरका पूर्वसचिव डा. मिलन कुमार थापालाई शुक्रवार पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गरेको हो । विश्व हिन्दु महासंघले थापाको नियुक्तिका लागि सरकारलाई धन्यवाद दिएको छ ।

यसै गरि राजेन्द्र महतोले केपी ओलीको पोल खोलिदिएका छन्। महतोले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पोल खोलेका हुन्। जनकपुरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका ओलीको पोल खोलेका हुन् ।

मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आज बिहान आयोजित एक कार्यक्रममा नेता महतोलाई सम्मान गरेको थियो । सोही सम्मान कार्यक्रममा बोल्दै महतोले मद्येशका सम्पूर्ण मागहरु ओलीले पुरा गर्न नखोजेको बताए ।

नेता महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’ एमाले र काँग्रेस होस् वा माओवादी सबै कुर्सी खेलमा लागेको भन्दै नेता महतोले भने,‘शोषण उत्पीडनको समस्या समाधान गर्न कसैको चासो छैन । हामीले सोचेका थियौं निर्वाचन भएपछि देशमा विकास हुन्छ । तर केही पनि भएन् ।’

उनले भने, ‘हामीलाई लागेको थियो गोली चलाएर लेखेको विभेदकारी संविधान संशोधन हुन्छ । तर, यसतर्फ कुनै गतिविधि अगाडी बढेन । यो चिन्ताको विषय हो ।’ नेता महतोले संकटमा परेका बेला केपी ओलीले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएपछि रेशम चौधरी पनि रिहा हुन नसकेको बताए ।

केपी ओलीले संविधान संशोधन गर्नेदेखि हाम्रो झुटा मुद्धा सबै फिर्ता लिने विषयमा प्रक्रिया अगाडि बढाए जस्तो गरेका मात्रै गरेका रहेछन । तर सरकार परिवर्तन भयो, अब झन् गडबडी भयो । बर्तमान सरकारलाई १३ दिने मन्त्री हुँदाका बखत गरिएको सम्झौता लागु नगरिएको आरोप लगाएका हुन्।

यो पनि : महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाले दिउसै रात पारेका छन् । बैंकले सुनलाई पित्तल बनाएर ग्राहकलाई फसाउन खोजेको विषय सार्वजनिक भएपछि देवकोटाले केही भएको होइन् भन्दै झुट बोलेर दिउसै रात पारेका हुन् । ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जन बैंकबाट ठगिएकी हुन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेकी थिइन् ।

५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्किली भएकाले दिन मिल्दैन भनेको थियो । ‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ विष्णु महर्जनले भनेकी थिइन् ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

तर बैंकले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगएको भन्दै झारा टारेको छ । मिडियाको प्रेसर थेग्न नसकेर बैंकले शुक्रबार महर्जनको सम्पूर्ण भितो बापतको सम्पती फिर्ता गरेको छ । सुन फिर्ता गरेपछि बैंकले प्रेस विज्ञप्ति निकाल्दै ठूलो कुरा गरेर जनतामा भ्रम छर्न खोजेको छ । यही विषयमा एक विज्ञप्ति निकाल्दै बैंकले आफूहरुले भनेको नबुझ्दा समस्या आएको जनाएको छ ।

‘तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुन आश्चर्यको विषय हो ।’

‘बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ बैंक चोखिन खोजेको छ ।

‘आज मिति २००८ भाद्र १८ गते शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं ।’ हस्ताक्षर विनाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बैंक आफना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

बैंकले यो विषय भ्रामक भनेपनि प्रहरीमा गएपछि सुल्झिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया