आज : गते

ताजा शिर्षकहरु

विराटनगर पुगेर झाँक्रीले खोलिन अर्को रहस्य, भिभित्रै हुँदैछ यस्तो तयारी

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अर्को रहस्य खोलेकी छन् । उनले बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पद जोगिने विषयको रहस्य खोलेकी हुन् । प्रदेश १ र वाग्मती प्रदेशकी मुख्यमन्त्री नफेरीने बताएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टी रोजेको खण्डमा अष्टलक्ष्मी शाक्य र भीम आचार्यको पद नजाने बताएकी हुन् ।

शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने अधिकार भदौ २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं’ नेतृ झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् । ‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उनले भनिन्, ‘हामीले विश्वासको मत दिने प्रश्न आउँदैन ।’

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

नेतृ झाँक्रीले दल विभाजनमा साथ नदिएका एमालेका तत्कालिन माधवकुमार नेपाल पक्षका नेताहरु स्वार्थी बनेको बताइन् । ‘कति स्वार्थी ट्रेन चढ्छन्, कति झर्छन्, उहाँहरुलाई देखेर पार्टी बनाउन लागेको होइन’ उनले भनिन् ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश-१ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २२ गतेसम्मको समय सीमामा मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस) मा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेतृ झाँक्रीले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनु भयो भने विश्वासको मत दिलाउन हामी आफै खट्ने छौं । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ । सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रक्रियाबाट नै नयाँ बाटो शुरु हुन्छ ।’ उनले मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले एमाले रोजेको अवस्थामा उनीहरुलाई विश्वासको मत दिने भन्ने प्रश्न नै नआउने बताइन् ।

प्रदेश-१ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दल छान्ने समय बाँकी रहेकाले नेकपा (एस) सरकारमा सहभागी हुने बारेमा दलले औपचारिक निर्णय गर्न बाँकी रहेकाले सरकारमा जाने विषयले सरकार विस्तारमा ढिलाइ भएको भन्ने कुरा अनुमान मात्र भएको बताइन् ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रक्रियाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यसपछि केन्द्रसँगै बाँकी रहेका प्रदेशमा पनि समाजवादीसहितको गठबन्धन दलको सरकार निर्णयको प्रक्रिया आरम्भ हुने बताइन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्ने समेत दाबी गरिन् ।

एमालेमा फर्किएका तेस्रो धारका नेताहरूप्रति लक्षित गदै नेतृ झाँक्रीले भनिन्, ‘हिजो हाम्रो साथमा को-को थिए र को-को गए भन्ने विषयले पार्टी निर्माणमा अहिले खासै अर्थ राख्दैन ।’ आन्दोलनको दौरानको ट्रेनमा को-को चढ्नु भयो र को को झर्नु भयो भनेर निर्क्योल हुँदैन । उहाँहरूलाई हेरेर पार्टी बनाएको पनि हैन ।’

यसै गरि सरकारले वायु सेवा निगम सुधार गर्न समिति बनाएर अध्ययन थालिने बताएको छ।  नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ ।

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिए । उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज संचालन गर्नुपर्नेमा जोड दिए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औंल्याए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए ।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावि रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरे । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताए ।

निगम हाल ५० अर्ब ऋण तथा ११ अब संचित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए । उनले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए । विश्वका विभिन्न एयरलाईन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको उनले जानकारी दिए ।

उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे । छलफलमा राजस्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए ।

यसै गरि।  अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र आज एक जना काठमाडौँ आइपुगेको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमनपछि उनीहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

प्रतिक्रिया

आजको ट्रेन्डिङ