आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ खेलाडीको चर्चितकला, दुवै हात नहुदा जिते ‘चार स्वर्ण’ संसारभर तरङ्ग

प्रकाशित
869
SHARES

एजेन्सी।  दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन्। छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु!” एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन्।

बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जितेका हुन्। उनले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गरेका छन्।

बुधवार उनले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ। सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो।

सो स्पर्धा जितेपछि जेङले पत्रकारहरूलाई भने: “यो मेरो टोक्यो ओलिम्पिक्समा अन्तिम स्पर्धा भएकोले मैले सबै शक्ति लगाएँ। मलाई लाग्छ यो मेरो उत्कृष्ट प्रदर्शन हो। सोमवार उनले ५० मिटर ब्याकस्ट्रोकमा ३१.४२ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गरेका थिए।

सो प्रदर्शन उनले दुई वर्षीया छोरीलाई भिडिओ सन्देश प्रेषित गरेपछि देखाएका थिए। छोरीसँग कुरा गरिरहेको उनको भावुक पलको भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेको छ। ब्याकस्ट्रोक स्पर्धाका लागि उनी मुखले च्यापेको रुमालको सहायताले पौडी पोखरीमा अडिन्छन्।

इन्टरनेटमा उनलाई “साँचो प्रेरणा” र “गर्वको स्रोत” भनेर प्रशंसा गरिएको छ।समाचारहरूका अनुसार जेङले दैनिक कम्तीमा १० किलोमिटर पौडेर टोक्योको लागि तयारी गरेका थिए। उनले १३ वर्षको हुँदा पौडी खेल्न सुरु गरेको र त्यसको छ वर्षपछि नेदरल्यान्डमा भएको विश्व च्याम्पिअन्शिपमबाट प्रतिस्पर्धा गर्न सुरु गरेका थिए।

सन् २०१२ को लन्डन पाराओलिम्पिक्समा १०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण पदक जितेका थिए। अहिलेसम्म उनले नौ पाराओलिम्पिक्स पदक जितिसकेका छन्।

यसै गरि ३ मिनेट ढिलो पुग्दा स्वर्ण पदक बिजेता  मलेशियाली खेलाडीको स्वर्ण पदक खोसीएको छ।  टोक्यो पाराओलिम्पिक्स: तीन मिनेट ढिलो पुग्दा स्वर्ण पदक खोसियो। अन्तर्राष्ट्रिय पाराओलिम्पिक्स कमिटी आईपीसीले एक मलेशियाली खेलाडीको स्वर्ण पदक खोस्ने आफ्नो निर्णयको प्रतिरक्षा गरेको छ।

शटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले एफ२० श्रेणीमा स्वर्ण पदक जिते। तर पछि उनी खेल स्थलमा तीन मिनेट ढिला पुगेको भन्दै उनलाई अयोग्य घोषणा गरियो। आईपीसीले ढिलो पुग्दा उनले कारण देखाएकाले उनलाई प्रतिस्पर्धा गर्न दिइएको बताएको छ।

तर खेलपछि निर्णायकले उनले ढिलो हुने “उचित कारण” नदिएको बताएका थिए। आईपीसीको निर्णयपछि मलेशियालीहरू सामाजिक सञ्जालमा यसप्रति आक्रामक देखिएका छन्।

“अपमानजनक! ढिलो भएको भए खेलाडीलाई प्रतिस्पर्धा गर्नै दिनुहुन्न। जियादबाट मेहनतले विश्वकीर्तिमानसहित जितेको पदक खोस्नु हुन्न,” सांसद फाहिम फाद्जिलले लेखेका छन्।

मलेशियाका युवा तथा खेलकुदमन्त्री अहमद फाइजुल अजुमीले राष्ट्रिय खेलकुद परिषद्लाई यो विषयमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन्। उनले जोल्केफ्लीबाट पदक खोस्ने निर्णयले निराश बनाएको बताए।

सामाजिक सञ्जालमा ह्याशट्याग जियाद ट्रेन्डिङ हुन थालेको छ। धेरै जनाले रजत पदक जितेका तर पछि स्वर्ण पदक पाएका युक्रेनी खेलाडी मक्स्याम कोभलप्रति आक्रोश व्यक्त गरेका छन्। मलेशियाली सञ्चारमाध्यमका अनुसार युक्रेनले जोल्केफ्ली ढिला आएको भन्दै उजुरी हालेको थियो।

सबैभन्दा सफल पाराओलिम्पिक्स खेलाडी भन्छन्: ‘हामी पनि खेलाडी हौँ’। आईपीसीका प्रवक्ता क्रेग स्पेन्सले निर्णयपछि अनलाइनमा ज्यादै नराम्रा प्रतिक्रियाहरू आएको र तीमध्ये धेरैले युक्रेनीहरूलाई लक्षित गरेको बताए।

“मलाई माफ गर्नुहोस्। नियम मान्नुपर्छ। निर्णय भइसक्यो। मलेशियाली खेलाडी ढिलो आउनुको दोष युक्रेनलाई दिन मिल्दैन,” उनले समाचारसंस्था एपीलाई भनेका छन्। स्पेन्सले जोल्केफ्ली र ढिला आएका अन्य दुई खेलाडीले आफूले बोलाएको नसुनेको वा आफूले नबुझ्ने भाषामा भएको बताएका थिए।

निर्णयविरुद्ध गरिएको अपील रद्द गरिएको छ। जोल्केफ्लीले भाग लिएको एफ२० श्रेणी बौद्धिक अपाङ्गता भएका खेलाडीहरूका लागि हो।

 

प्रतिक्रिया