आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पंजशीरमा रातभर भिडन्त 350 तालिबानी मारिए, ४० जना कैदमा’

प्रकाशित
1.2K
SHARES

एजेन्सी।  तालिबानले कब्जा गर्न नसकेको अफगानिस्तानमो एक मात्र प्रान्त पंजशीरमा गएराती तालिबानी लडाकुहरु ठूलो संख्यामा आक्रमण गर्न आएकोमा तीमध्ये ३५० जना मारिएको र ४० जना आफ्नो कैदमा रहेको तालिबानसँग विद्रोह गरिरहेको समूह नर्दर्न एलायन्सले दावी गरेको छ ।

गएराती खावकमा आक्रमण गर्न आएका ती तालिबानीहरुविरुद्ध जवाफी कारवाहीपछि ती लडाकुहरुबाट नर्दर्न एलायन्सले ठूलो संख्यामा अमेरिकी सैन्य वाहन र हतियार समेत हात पारेको बताएको छ ।

स्थानीय पत्रकार नातिक मालिकजादाका अनुसार अफगानिस्तानको पंजशीर घाटीको प्रवेश नाका गुलबहार क्षेत्रमा मंगलबार राती तालिबान लडाकु र नर्दर्न एलायन्सका लडाकुहरुबीच मुठभेड भएको हो । यहाँ तालिबानले एउटा पुल समेत विष्फोट गरी उडाइदिएको बताइएको छ ।

नर्दर्न एलायन्सले तालिबानका कैयौं लडाकुलाई पक्राउ गरी आफ्नो कैदमा राखेको छ । यसअघि सोमबार राती पनि नर्दर्न एलायन्स र तालिबानी लडाकुबीच गोली हानाहान भएको थियो । यो भिडन्तमा ७ देखि ८ तालिबानी लडाकु मारिएको बताइएको थियो ।

पंजशीर अहिले पनि तालिकानको नियन्त्रणमा छैन । यहाँ नर्दर्न एलायन्सको नेतृत्व अहमद मसुदले गरिरहेका छन् । मसुदको अगुवाइमा यहाँबाट तालिबानविरुद्ध लडाइ जारी छ जसमा मसुदलाई उपराष्ट्रपति अमरुल्लाह सालेहले साथ दिएका छन् ।

अहमद मसुदका प्रवक्ता फहीम दश्तीले पनि तालिबानसँग भिडन्त भएको पुष्टि गरेका छन् । फहीमका अनुसार सोमबार राती तालिबानले पंजशीरमा आक्रमण गरेका थिए र घुसपैठको कोसिस गरेका थिए । यसअघि तालिबानले पंजशीरमा इन्टरनेट समेत बन्द गरेकोमा पछि सुचारु गरेको छ ।

यसै गरि बेलायती सेनाको ४० जवानको टुकडीले अफगानिस्तानमै बस्न अनुमति मागेको छ। अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम विष्फोटमा १७० भन्दा धेरै मानिसहरु मारिएका थिए । यी विष्फोटपछि अमेरिकाले आएसआइएस–के आतंकवादीहरुमाथि ड्रोन आक्रमण गर्यो । अब बेलायती सेनाको सास फाइटर्सको एक टुकडीले अफगानिस्तानमै बस्न अनुमति मागेको छ ।

बेलायती अखबार डेली मिररको एक रिपोर्टअनुसार काबुल विमानस्थलमा आत्मघाती आक्रमणमा मारिएका १३ अमेरिकी सैनिकको मृत्युको बदला लिनको लागि बेलायती सेनाको स्पेसल एयर सर्भिस (सास) को एक घातक टिम अझै केही दिन अफगानिस्तानमै बस्न सक्छ ।

सूत्रका अनुसार ‘हु डेयर विन्स रेजिमेन्ट’का ४० फाइटरहरुले युद्धग्रस्त अफगानिस्तानमै बस्न अनुमति मागेका छन् ताकि उनीहरुले आइएसआइएस केका आतंकवादीहरुसँगको लडाइँ निष्कर्षमा पुर्याउन सकुन् ।

सास फाइटरहरुले यो निर्णय त्यतिबेला गरेका हुन् जतिबेला बेलायतको अन्तिम विमान आफ्ना नागरिकलाई लिएर उडिसकेको थियो । तर, १५० जना बेलायती पासपोर्ट वाहक अझै काबुलमै फसेका छन् ।

अब सास फाइटरहरुले पूर्वी अफगानिस्तानकमा रहेको खतरनाक आतंकवादी संगठन आइएसआइएस केको आधार क्षेत्रमा गुप्त आक्रमण गर्नको लागि अफगान–पाकिस्तान सीमा क्षेत्रमा बेस स्थापना गर्ने सम्भावना छ । यो बेसको प्रयोग बेलायती सेनाको रोयल नेवीको एसबीएस विशेष बल, अमेरिकी सेनाको डेल्टा फोर्स र अमेरिकी नेवी सीलले पनि गर्नेछन् ।

अफगानिस्तानमा सास फाइटरहरुलाई ड्रोन तथा अमेरिकी र बेलायती स्ट्राइक विमानबाट सहयोग गरिनेछ । यद्यपि यी सैनिकलाई अफगानिस्तानमा काम गर्नको लागि तालिबानको अनुमति आवश्यक हुनेछ । यस्तोमा रक्षा सूत्रले अनुमति दिइने सम्भावना भएको बताएको छ।

बेलायती र अमेरिकी विशेष बललाई यसअघि इराकमा टास्क फोर्स ब्ल्याकलाई जस्तै गरी संगठित गरिनेछ । यो विशेष बलले अफगानिस्तानमा आफ्नो काम गरिरहनेछ तर उनीहरुको संख्या निकै कम हुनेछ ।

अमेरिका, बेलायत र तालिबानले आफ्नो साझा दुश्मन इस्लामिक स्टेट खुरासानलाई समाप्त पार्नको लागि हात मिलाउन सक्ने बताइएको छ । काबुल विमानस्थलमा पनि यही आतंकवादी संगठनले आत्मघाती आक्रमण गरेको थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ