आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रेम आलेको धम्कीले माधव नेपाल तनावमा, खानै रुच्न छोड्यो

प्रकाशित
453
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक इतिहासकै सबैभन्दा ठूलो तनावमा छन् । उनलाई सरकारमा फठाउने मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि तनाव थपिएको हो ।

नेकपा एमालेमा हुँदा केपी शर्मा ओली गुट परिवर्तन गरेर माधवकुमार नेपालको समूहमा लागेका ८ जना सांसदले झन् ठूलो तनाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन माधव गुटमा प्रबेश गरेका उनीहरुले ८ जनाबाट २ जनालाई मन्त्री बनाउन पर्ने दबाव दिदै आएका छन् ।

त्यही अडानका कारण माधव नेपालको तनावको पारा आकाशीएको छ । माधव नेपालसँगको भेटमा सांसद प्रेम आलेले आफू र किसान श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउन दवाव दिइरहेको श्रोतको भनाई छ । यदी मन्त्री नबनाउने भए आफूहरु छुट्टै पार्टी बनाउने धम्की समेत सुनाएको श्रोतको भनाई छ ।

राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । मन्त्री बनाउने सहमती नभए आज भोलीनै पार्टी फुटाउने उनीहरुको तयारी छ ।

अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ । त्यसपछि अध्यादेश निष्कृय बनाउने रणनीति बनाइएको छ ।

२२ भदौयता फुटेका र फुटबाट बनेका दलहरुले मन्त्रिपरिषद विस्तार रोक्न लगाएका छन् । त्यसकारण पनि प्रधानमन्त्री शेरबहादुर देउवा रोकिएका छन् । मन्त्रिमण्डल विस्तार तत्काल गरे असन्तुष्टहरुले फेरि दल फुटाउने सम्भावना बढ्छ ।

विशेषगरी २३ प्रतिनिधि सभा सांसद रहेको नेकपा एस र १९ सांसद रहेको जसपा फुट्ने सम्भावना रहन्छ ।नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २२ भदौयता मन्त्रिपरिषद विस्तारबारे कसैले चुँइक्क सम्म नगर्ने बताइसकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यही चाहना छ । त्यसैले मन्त्रिपरिषद विस्तार गर्न खोज्दा संख्या र मन्त्रालयबारे माधव नेपाल र उपेन्द्र यादवले विवाद झिकेका थिए । यो दुवैको रणनीतिका रुपमा लिइएको छ ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती छ । असन्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घटनामा पर्न सक्छ । अध्यादेश सक्रिय भइरहे नेपाली काँग्रेसलाई पनि डर छ । महाधिवेशनको पूर्वसन्ध्यामा रहेको काँग्रेसमा एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ ।

६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फुटाउन सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटाउन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन सक्छन् ।

यसै गरि, नेकपा माओवादी केन्द्र प्रवेश गर्नेहरुका लागि ठूलो अवसर दिने निर्णय  गरेको छ । विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीले ठूलो अवसर दिएको हो ।

माओवादीले उचित जिम्मेवारी नपाएकाहरुलाई पनि जिम्मेवारी दिने र नयाँ आउनेलाई पनि अवसर दिने नीति बनाएको छ । त्यही नीति अनुसार विगमा माओवादी प्रवेश गरेकालाई जिम्मेवारी दिन परिपत्र गरेको छ ।

विगतदेखि नै पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने नीति लिएको माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने भनेको छ ।

माओवादी केन्द्र सम्बद्ध स्रोतका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी प्राप्त नपाएका कोही भए विवरण उपलब्ध गराउन निर्देश गरेको छ । पार्टी एकीकरणमा आएर पनि जिम्मेवारी विहिनहरुबारे ५ दिन भित्र कार्यदललाई नाम र विवरण उपलब्ध गराउन माओवादीले भनेको हो।

पार्टी एकतामा आएकाहरुलाई पार्टी समितिमा आबद्ध गर्न र जिम्मेवारी दिने कामलाई पूर्णता प्रदान गर्नका लागि यसअघि नै माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन र श्रीराम ढकाल रहेको कार्यदल गठन गरेको थियो ।

यसै गरि , नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

उनका स्वकीय सचिव दीपक टमटामार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। नेता गौतमले पार्टी अध्यक्ष ओलीलाई पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन नगरेको आरोप लगाएका छन्।

यस्तो छ पत्रः कमरेड अध्यक्ष नेकपा (एमाले), केन्द्रीय कार्यालय थापाथली, काठमाडौं। विषयः राजीनामा।

कमरेड, नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट तपाईं पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएपछि तपाईंले नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन गर्नुभएन। नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को ‘साझा घोषणा’लाई तपाईं प्रधानमन्त्री हुनुभएपछि आफ्नो कार्यकालभरि त्यसलाई लागू गर्नुभएन।

तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन। जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’को सिद्धान्तलाई परिपालना गर्नुभएन।

जननेता मदन भण्डारीको नवीन सोच ‘कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता संचालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलो पटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई(दुई पटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो।

तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’लाई पालना गर्नुभएन।

पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएा। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।

आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कार्यबाही गर्ने र पार्टीबाट निश्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो।

त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो। म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।

फेरी पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ। धन्यवाद। १८ भदौ २०७०।  बामदेव गौतम, ललितपुर म.न.पा. २५, सैँबु आवास क्षेत्र।

प्रतिक्रिया