आज : गते

ताजा शिर्षकहरु

विमास्थलमा लफडा, ४ किलो सुनसहित २ जना पक्राउ

प्रकाशित
831
SHARES

काठमाडौँ।  ४ किलो सुनसहित २ जना पक्राउ, श्री एयरलाइन्सको जहाजमा पुगेका थिए नेपालगन्ज। प्रहरीले अवैध सुनसहित बाँकेको नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । श्री एयरलाइन्सको फ्लाइट नम्बर एसएचए ४३३ को जहाजबाट शुक्रबार नेपालगन्ज पुगेका झापाको खादुनावारी–६ का अमिर लगुन विश्वकर्मा र मोरङको लेटाङका बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्लेनबाट उनीहरु शुक्रबार दिउँसो २ बजेको समयमा नेपालगन्ज पुगेका थिए । उनीहरुलाई ३ बजे विमास्थलको आगमन कक्ष बाहिर संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेर खानतलासी गर्दा सुन भेटिएको थियो । अमिर लगुन विश्वकर्माले लगाएको दायाँ र बायाँ जुत्तामा सुनको २–२ वटा बिस्कुट र बुद्धिमान खातीले लगाएको जुत्ताको तलुवामा १–१ पिस बिस्कुट गरि जम्मा ६ थान बिस्कुट भेटिएको थियो ।

यस्तै बुद्धिमान खातीको झोलामा समेत थप सुन भेटिएपछि जम्मा ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ  उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसै गरि सरकारले आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण गरि झ्वाम।   विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७(७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका हुन् ।

महालेखाले स्थानीय तहको त्यस्तो मनलाग्दी खर्चमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । बिनाकानुन र नियम आफूखुसी आर्थिक सहायता वितरण गर्ने कार्य भ्रष्टाचार नै हुने महालेखाका अधिकारीको दाबी छ । यस विषयमा अख्तियारले छानबिन गर्नुपर्ने सुझाव महालेखाको छ ।

महालेखाका अनुसार सो अवधिमा विभिन्न २ सय २५ वटा स्थानीय तहले विभिन्न संघ, संस्था, समूह, क्लबलगायतलाई पर्व, जात्रा, संस्कृतिलगायतमा २१ करोड २२ लाख ३६ हजार रुपैयाँ भुक्तानी दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

यसै गरि , चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले १ अर्ब ६० करोड रुपैयाँ लगानीमा ५०० ओटा कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टाइन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टाइनका लागि तीन ओटा भवन निर्माण गरिएको छ ।

यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन ओटा गोदाम तयार भएका छन् । उक्त बन्दरगाहमा एक्जिम९आयात–निर्यात० क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ ।

जसमा पहिलोलाई आयात–निर्यातका लागि प्रयोग गरिने बताइएको छ । सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टाइनलगायतका काम हुनेछ ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्याइएको छ । सो क्षेत्रमा व्यवसायीले ल्याएका सामान ‘अनलोड–अफलोड’ गर्ने, गोदामघरमा भण्डारण नगरी लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्याइएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ