काठमाडौ। ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टमा यौन धन्दा संचालन भएको पाइएको छ। प्रहरीले ६ महिना लगाएर अनुसन्धान गरेपछि यस्तो रहस्य खुलेको हो।
अपार्टमेन्ट को ५ औं तल्लामा यस्तो धन्दा चलेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्, ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया एक महिला हतार–हतार कपडा मिलाउन थालिन्।
अरू पनि हस्याङफस्याङ गर्दै उठे। केही त अर्धनग्न अवस्थामा थिए। एक्कासि प्रहरी पुगेपछि उनीसहित ७ जनाले आफूहरू आफन्त भएको नाटक गरे, तर प्रहरी पत्याउन तयार थिएन। पूर्व सूचनाका आधारमा नै त्यहाँ छापा हानिएको थियो।
प्रहरीले छापा हान्दा मादक पदार्थका बोत्तल र कन्डमहरू यत्रतत्र छरिएका थिए। त्यहाँ ४/५ वटा बेड पनि थियो। प्रहरीलाई त्यहाँ ललितपुरका लिला नाम परिर्वतनले यौन व्यवसाय चलाउँदै आएको भन्ने सूचना थियो। त्यहाँ जानका लागि प्रहरीले उनको मोबाइल नम्बरको अनुसन्धान गरेको थियो।
फरार अवस्थामा रहेकाले प्रहरीले उनको वास्तविक पहिचान खुलाएको छैन। प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा छिरेको थियो । गेटमा नाम टिपाइदिनेदेखि ढोका खोल्न लगाउनेसम्मको काम तिनै महिलाले गरेकी थिइन्।
ढोकामा अत्याधुनिक सेक्युरिटी सिस्टमको लक कोड राखिएको रहेछ। प्रहरीलाई त्यहाँ छिर्नका लागि ६ महिनासम्म अनुसन्धान गर्नुपरेको थियो। प्रहरीका अनुसार यौनधन्दा चलाउने मुख्य व्यक्ति पैसा मिटरब्याजमा लगाउने र मानव बेचबिखनमा समेत संलग्न छन्। उनी अहिले फरार छन्। प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी रहेको छ।
उनीहरूले त्यहाँबाट फोनमार्फत ग्राहक खोज्ने र उनीहरूलाई सम्पर्क गरेर यौनधन्दा चलाउने गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन्।
उनीहरूले त्यसलाई अफिसको रूपमा राखेका रहेछन्, एसएसपी बज्राचार्यले भनिन्, ‘त्यहाँबाट ग्राहक खोज्ने, बोलाउने र धन्दा चलाउने गरेको देखियो। एसएसपी बज्राचार्यका अनुसार कोरोना भाइरसको संक्रमणका कारण फोनबाट सम्पर्क गर्ने र त्यसअनुसार नै व्यवस्थापन गर्ने गरेको पाइएको छ।
उनीहरूले यौन धन्दा व्यवसायिक रूपमा चलाउँदै आएको समेत पुष्टि भएको छ। त्यसका लागि उनीहरूले एक जना लेखापाल एकाउन्टेन राखेका थिए। ती लेखापालले दैनिक कति ग्राहक आए ? को–को आए ? कति पैसाको यौन व्यापार आयो र कति कमिसन आयो भन्ने राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनीहरूले त्यसका लागि ३ वटा ‘डे बुक’मा पैसाको व्यवस्थापन गर्दै आएको देखिएको छ। उनीहरूले को व्यक्ति आएरगए भन्ने कुरा राख्नका लागि ३ वटा डे बूक व्यवस्थापन गरेका थिए,’ एसएसपी बज्राचार्यले भनिन्। प्रहरीका अनुसार उनीहरूले एकजना ग्राहकसँग न सम्पर्क गरेबापत एक युवतीबाट २५ प्रतिशत कमिसन समेत लिने गरेका थिए।
उनीहरूले व्यक्ति हेरेर ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति लिने गरेको देखिएको छ। उनीहरूले व्यक्तिको हैसियत हेरेर रेट लिँदारहेछन्, त्यसमा विभिन्न खालका व्यापारीहरू पनि आउने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।
प्रहरीले पक्राउ परेका महिलाहरूसँग लिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले लगभग १०र१२ हजार व्यक्तिहरूसँग सम्पर्क भएको देखिएको छ । त्यसमा व्यक्तिहरू दोहोरिएका पनि छन्।
उनीहरूले यौन सम्पर्क स्थापित गर्ने व्यक्तिहरूको नाम तथ्याङ्कमा विदेशी महिलाको नाम जस्तै राख्ने गरेको समेत पाइएको छ। प्रहरीले भदौ १ गते दिउँसो साढे ३ बजे ४ जना पुरुष र ३ महिलालाई पक्राउ गरेको थियो। उनीहरूको पहिचान समेत खुलाएर प्रहरीले सार्वजनिक गरिसकेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया गीता खड्गी, झापा दमक नगरपालिका– ७ का ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दिया ठाकुरबाबा नगरपालिकाकी २९ वर्षीय सुनिल विष्ट रहेका छन्।
त्यस्तै, काठमाडौं बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ की २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ का ३३ वर्षीय प्रतीक कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको थियो। हिरासतमा राख्न म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
यसै गरि, कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ। रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन।
यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन्।
अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स एनएफएचएको एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन् ।
यो महामारीको बीचमा अमेरिकामा यौन उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन्। एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् ‘यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग सेक्स गर्न अस्वीकार गरेको भए
उसले मलाई घरबाट निकालिदिन्थ्यो। एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन। म आफ्नो घर गुमाउन चाहन्नथें। भाडाको बदलामा सेक्सको माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन्।
सेक्सको बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ। विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन्।
लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ। आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन्। उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट रेन्ट,
फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन्, ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन्।
यिनैमध्येको एक भाडाको बदलामा सेक्सको पूरै तथ्यांक खोज्नु निकै कठिन छ। विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वेश्यावृत्तिको आरोप लाग्न सक्ने खतरा छ।
बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा सेक्सको अफर गरेको पाइएको छ।
प्रतिक्रिया