आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालुवाटार र बालकोटबीच भएको गोप्य सहमति भयो लिक, प्रचण्ड सबैभन्दा ठूलो टेन्सनमा

प्रकाशित
1.5K
SHARES

काठमाडौ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दल नेता केपी शर्मा ओलीबीच गोप्य सहमति बाहिरिएको छ । देउवा र ओलीबीच भएको सहमती बाहिरिएपछि नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा तरंगित बनेको खबर छ । चाँडो भन्दा चाँडो निर्वाचनमा जाने सहमति भएको हो ।

देउवाले आफ्ना दूत कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की परिचालन गरेर प्रतिपक्षी एमालेसँग सम्वाद थालेका थिए । कार्कीले ओली र उपनेता सुवास नेम्वाङसँग भेट गरी चुनावका लागि सहमति गरेको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ ।

देउवाले माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवबाट गठबन्धन उभो नलाग्ने भन्दै चुनावमा जानेबारे एमालेको धारणा मागेका थिए । ओलीले ग्रिन सिग्नल दिएपछि अब देउवा चुनाव घोषणा गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

त्यसो त गठबन्धनका नेताहरुको किचलोका कारण देउवाले अझै पनि मन्त्रिमण्डल विस्तार गर्न पाएका छैनन् । मन्त्रिमण्डल गठनमै महाभारत हुँदा भोलि गठबन्धनमा थप समस्या आउने र त्यसको दोष देउवा र कांग्रेसलाई मुख्यरुपमा पर्ने र यसको असर निर्वाचनमा पर्ने देउवाको आंकलन छ ।

त्यसैले देउवा ओलीको सहित सहमतिमा चुनाव घोषणा गर्ने तयारीमा जुटेका हुन् । प्रधानमन्त्रीका एक सल्लाहकारले बालकोटबाट ग्रिन सिग्नल पाएपछि देउवा चुनाव गराउने मुडमा पुगेको बताए । त्यसको त देउवाले गठबन्धनको भविष्य र चुनावबारे ज्योतिषीसँग पनि परामर्श गरेका छन् ।

ज्योतिषीले माओवादी र एकीकृत समाजवादीलाई छाडेर पुससम्ममा चुनाव गरेमा कांग्रेसले दुईतिहाइ ल्याउने योग रहेको सुझाएको स्रोतको दाबी छ । देउवा ज्योतिषलाई पनि मान्छन् । बालकोट र ज्योतिषीको ग्रिन सिंग्नलपछि अब संविधानको धारा ७६ उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारीमा लागेका छन् ।

चुनाव घोषणा भएसँगै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको दिनगन्ती सुरु हुनेछ । कांग्रेसका केही नेताहरु कांग्रेस र एमालेबीच चुनावमा सहकार्यको सम्भावना रहेको समेत बताउँछन् ।

यसै गरि , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले पार्टीमा ठूलो कम्पन पैदा गरेको छ । सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट हटाइएका कृष्णवहादुर महरा नेकपा माओवादी केन्द्रको प्रवक्ता नियुक्त भएपछि पार्टीमा असन्तुष्टीको ज्वारभाटा छुटेको हो । गत सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको थियो।

नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ। यो प्रकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी विच वोलचाल नै वन्द भएको पार्टीका नेताहरु वताउँछन् । स्रोतका अनुसार उनले पार्टी छोड्नेसम्मको धम्की दाहाललाई दिएका छन् ।

निकै लामो समयदेखी अपमानित भएर बसेका श्रेष्ठले अव चै त्यस्तो अपमान सहेर नवस्ने वताउन थालेका छन् । शेरवहादुर देउवा नेतृतत्वको सरकारमा उपप्रधानसहित मालदार मन्त्रालमायमा मन्त्री वन्ने भन्दै खुट्टा उचालेर बसेका श्रेष्ठलाई प्रचण्डले खासै वास्ता नगरेको र हुँदा खाँदाको पद पनि खोसेपछि उनी रुष्ट वनेको वताईन्छ।

श्रेष्ठलाई सरकारमा पठाउने विषयमा प्रधानमन्त्री देउवाले पनि असहमति जनाएको वताईन्छ। त्यसमाथि प्रचण्डले ख्यालख्यालमै जिम्मेवारीवाट हटाएपछि उनको भुमिका शून्य जस्तै भएको छ । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गर्न थालेको र श्रेष्ठलाई देख्न नसकेको नेताहरु नै वताउँछन् ।

प्रचण्डको यो कदमपछि आफुले भनेजस्तो भए माओवादी केन्द्र त्याग्ने अवस्थामा श्रेष्ठ पुगेका छन् । उनले निकटस्थसँग यसबारे छलफल पनि गरेका छन् । सधैभरी अपमानित भएर वस्नु भन्दा प्रचण्डसँग अलग हुने उनको मनस्थिती छ। तर, पार्टी फुटाएर सानोझुण्ड भएर बस्नुभन्दा कुनै ठुलै पार्टीमा मिल्न सके राजनीतिक भविष्य सुरक्षित हुने केही नेताको सल्लाहपछि उनले त्यसको तयारी समेत थालेको वताइन्छ।

उनले प्रचण्डलाई छोडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । एमालेमा पार्टी उपाध्यक्ष दिए प्रबेश गर्ने सन्देश उनले एमाले अध्यक्ष ओलीलाई पठाएका छन् । तर, ओलीले त्यस विषयमा श्रेष्ठलाई कुनै प्रतिक्रिया दिएका छैनन् । ओलीसँग सहमतिको वातावरण वनाउन श्रेष्ठले अर्का नेता गिरीराजमणी पोखरेललाई खटाएको श्रोतको दावी छ।

यसै गरि,  बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ। शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो।

प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन्।सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा आउने क्रम जारी रहेको छ।

उनी जस्तै प्रदेशसभाका अन्य १२ जना सांसदहरू राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, पार्वती सिलवाल र कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्।

बागमती प्रदेशमा एमालेका ५६ सांसद रहेकोमा १३ जना एकीकृत समाजवादी प्रवेश गरिसकेका छन्। अब एमालेसँग ४३ जना सांसद मात्रै छन्। भदौ २२ गतेसम्म एकीकृत समाजवादीमा आवद्ध हुनका लागि समय रहेकाले अझै केही प्रदेश सांसदले सनाखत गर्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन्।

यसै गरि , प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन। तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताएका हुन।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। प्रवक्ता ज्ञवालीले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ।

अवको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ। ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा। परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ। जनताको मायाबाट हामी फेरी फर्कनेछौं । र फेरी देशलाई ‘समृद नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं।’

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ