आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वामदेव गौतमले दिए राजीनामा, रानीतिमा नयाँ तरङ्ग

प्रकाशित
342
SHARES

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन् ।

गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले जानकारी दिए । उनी अब नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुने यसअघि नै घोषणा गरेसकेका छन् । यसअघि नेकपा एमालेका गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

नेपालसँगको भेटमा जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेपछि झट्का लागेको छ । जवज छोडेर नयाँ सिद्धान्त बनाउन खोजेका नेपाललाई जवजले तनाव दिएको छ ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।

बामदेवका ४ सर्तले नेकपा एमालेमा खुशीयाली छाएको छ । बामदेवका सर्त नेपालले नमान्ने लगभग पक्का जस्तै छ । त्यही भएर अध्यक्ष केपी शर्मा ओली पनि खुशीले गदगद् भएका छन् ।

यसै गरि ,  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अर्को झट्का दिएका छन् । आफूलाई भेट्न गएका नेपाललाई निरास बनाएर पठाएका छन् ।

नेपालसँगको भेटमा जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेपछि झट्का लागेको छ । जवज छोडेर नयाँ सिद्धान्त बनाउन खोजेका नेपाललाई जवजले तनाव दिएको छ ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।

बामदेवका ४ सर्तले नेकपा एमालेमा खुशीयाली छाएको छ । बामदेवका सर्त नेपालले नमान्ने लगभग पक्का जस्तै छ । त्यही भएर अध्यक्ष केपी शर्मा ओली पनि खुशीले गदगद् भएका छन् ।

यसै गरि ,  गठबन्धन सरकारको उद्योगमन्त्री बने शाही

गठबन्धन दललाई समर्थन गर्दै मन्त्री बनेका लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । आज प्रदेशका मुख्यमन्त्री कुलप्रासद केसीले उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेका शाहीलाई नेकपा एमालेले कारवाही गरेको थियो । उनले आफू एमालेको सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको बताउँदै आएका छन् ।

आफूले एमालेको सदस्यता नलिएको र स्वतन्त्र रुपमा निर्वाचन जितेको भन्दै राजनीतिक पार्टीको ह्वीप नलाग्ने उनले दाबी गरेका छन्। हृदेश त्रिकाठीको समूहबाट उनले चुनाव लडेका थिए ।

‘म नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ।’ उनले भनेका छन्, ‘म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा एमालेबीच भएको २ दुई बुँदे सम्झौता सहमति अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर चुनाव जितेको हुँ ।’

‘स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको हुँ’ उनले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन। तसर्थः मलाई राजनीतिक पार्टीको व्हीप लाग्दैन।’

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक संसद विघटन गरेपछि हृदेश त्रिपाठीको समूह ओलीबाट अलगिएको थियो । त्यतिवेलादेखि उनीहरुले आफूहरु स्वतन्त्र रहेको बताउँदै आएका छन् ।

यो पनि : केपी ओलीलाई धोका दिएका प्रेम आले र किसान श्रेष्ठ माधव नेपाललाई पनि धोका दिदैं, बनाइसके यतिसम्मको प्लान

नेकपा एमालेलाई धोका दिएका प्रेम आले र किसान श्रेष्ठले माधव कुमार नेपाललाई पनि धोका दिने तयारीमा छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक इतिहासकै सबैभन्दा ठूलो तनावमा छन् । उनलाई सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि तनाव थपिएको हो ।

नेकपा एमालेमा हुँदा केपी शर्मा ओली गुट परिवर्तन गरेर माधवकुमार नेपालको समूहमा लागेका ८ जना सांसदले झन् ठूलो तनाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन माधव गुटमा प्रबेश गरेका उनीहरुले ८ जनाबाट २ जनालाई मन्त्री बनाउन पर्ने दबाव दिदै आएका छन् ।

त्यही अडानका कारण माधव नेपालको तनावको पारा आकाशीएको छ । माधव नेपालसँगको भेटमा सांसद प्रेम आलेले आफू र किसान श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउन दवाव दिइरहेको श्रोतको भनाई छ । यदी मन्त्री नबनाउने भए आफूहरु छुट्टै पार्टी बनाउने धम्की समेत सुनाएको श्रोतको भनाई छ ।

राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । मन्त्री बनाउने सहमती नभए आज भोलीनै पार्टी फुटाउने उनीहरुको तयारी छ ।

अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ । त्यसपछि अध्यादेश निष्कृय बनाउने रणनीति बनाइएको छ ।

२२ भदौयता फुटेका र फुटबाट बनेका दलहरुले मन्त्रिपरिषद विस्तार रोक्न लगाएका छन् । त्यसकारण पनि प्रधानमन्त्री शेरबहादुर देउवा रोकिएका छन् । मन्त्रिमण्डल विस्तार तत्काल गरे असन्तुष्टहरुले फेरि दल फुटाउने सम्भावना बढ्छ ।

विशेषगरी २३ प्रतिनिधि सभा सांसद रहेको नेकपा एस र १९ सांसद रहेको जसपा फुट्ने सम्भावना रहन्छ ।नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २२ भदौयता मन्त्रिपरिषद विस्तारबारे कसैले चुँइक्क सम्म नगर्ने बताइसकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यही चाहना छ । त्यसैले मन्त्रिपरिषद विस्तार गर्न खोज्दा संख्या र मन्त्रालयबारे माधव नेपाल र उपेन्द्र यादवले विवाद झिकेका थिए । यो दुवैको रणनीतिका रुपमा लिइएको छ ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती छ । असन्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घटनामा पर्न सक्छ ।

अध्यादेश सक्रिय भइरहे नेपाली काँग्रेसलाई पनि डर छ । महाधिवेशनको पूर्वसन्ध्यामा रहेको काँग्रेसमा एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ ।

६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फुटाउन सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटाउन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन सक्छन् ।

प्रतिक्रिया