आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओली फेरी प्रधानमन्त्री बन्दै, मिति नै ताकियो

प्रकाशित
1.6K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने भएका छन् । यसको रहस्य नेकपा एमालेका प्रबक्ता प्रदीप ज्ञवालीले खोलेका छन् । उनले एमाले चुनाव पछि फेरि फर्केर सरकारमा सहभागी हुने उद्घोषण गरेका हुन् ।

ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका हुन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा ।’

उनले परमादेशबाट अदालतले आफूहरुलाई प्रतिपक्ष बनाइएको भन्दै जनताको मायाबाट फेरी सत्तामा फर्किने बताए । ‘फेरी देशलाई ‘समृद्ध नेपाल सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ ।’

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश व्यक्त गरे ।

यसै गरि यातायात व्यवस्था विभागले दिन थाल्‍यो परीक्षणकालीन लाइसेन्स दिन थालेको छ।  यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र लाइसेन्स को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए ।

उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए। उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिदैँ कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भएपनि वितरण गरीने बताए ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा आउँदो भदौं २० गतेबाट सञ्चालन हुने जानकारी दिए । उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरी सकेको उल्लेख गरे ।

उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने पनि बताए । नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाई छ ।

सवारी चालक अनुमति पत्र लाइसेन्स को लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षाका लागि छ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सको लागि आवेदन अनलाईनबाटै लिने गरेको छ ।

यो पनि : मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताबारे मुख खोलेका छन् । उनले धोका शब्द त प्रयोग गरेनन्, तर आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताए ।

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए । तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् ? भनेर प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री नेपालले २ भदौमा एमाले विभाजन गरेर नयाँ दल घोषणा गरेका थिए । तर नवौं महाधिवेशनदेखि एउटै समूहमा रहेका र संसद विघटनसँगै अध्यक्ष ओली शर्मा ओलीविरुद्ध संघर्ष गरेका १० स्थायी कमिटी सदस्य एमालेमै बसे ।

उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा एमालेमै बसेका हुन् । १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको भन्दै दोस्रो पुस्ता अडिएपछि नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरु पनि एमालेमै रहे ।

केही केहीको खुट्टा काम्न थाल्यो

शनिबार पेशागत महासंघ नेपाल, वागमती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिवर्तन भएको देख्दा अचम्म लागेको बताए ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाब दिने गरेको नेता नेपालले सम्झिए ।

‘केपी ओली प्रतिगमनका वाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामु लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेन्द्र यादवलाई त्यो विश्वास दिलाउनुभएको थियो ।’

आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उनले बताए । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिंदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्क्यौं भने संख्या पुग्दैन । प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिंदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिष्कार गरौं भनें’ उनले भने ।

त्यहीअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिंदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए । फेरि प्रधानमन्त्री बनेको ओलीले सर्वोच्च अदालतको फैसला विपरीत फेरि संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनु परेको उनले बताए ।

उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे कान्छ, म अगाडि बढें भनेर हिम्मत गरें ।’ नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’

दोस्रो पुस्ताको पोल खोले

अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । उनीहरुले निर्वाचन आयोगमा दुई पार्टी दर्ता गराएको उनको दाबी छ । ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत, कलम चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन्’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता भएको छ । यो पनि दोस्रो पुस्ताकै नेताहरुले खोलेका हुन् ।’

एमालेमै बसेकाहरुलाई प्रश्न : ओली सुध्रिएका हुन् ?

एकीकृत समाजवादीका अध्यक्ष नेपालले लामो समय आफूसँग रहेका, तर अहिले एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई प्रश्न गरेका छन्, ओली सुध्रिएका हुन् ? हिजो आफूलाई पार्टी खोल्न दबाब दिनेदेखि आफैं अनेक दल दर्ता गर्ने नेताहरुले अहिले आफूलाई अर्को पार्टी खोल्न पाइन्छ भन्न थालेको भन्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले बार्दलीबाट भुकिसकेपछि ज्ञान आएछ ज्ञान !’

उनले अघि भनेका छन्, ‘प्रधानमन्त्री निवासबाट निस्किएको मोटरसाइकल र्‍यालीमा बा राजनेता जिन्दावाद सुनिसकेपछि चेत आएको हो ? केपी ओलीमा सुधार आएको हो ? उहाँको सोच र चिन्तनमा परिर्वतन भएको छ ?’

आउनुस्, अध्यक्ष छाड्न तयार छु

दुई नाउमा खुट्टा टेकेर सागर तर्न नसक्ने भन्दै उनले ढुलमुलमा नबस्न नेताहरुलाई आग्रह गरे । उनले दोस्रो पुस्ताका नेताहरु एमाले छाडेर आए अध्यक्ष छाड्न तयार रहेको बताए । ‘आउनुस्, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुस्’ अध्यक्ष नेपालले भने, ‘अध्यक्षबाट अहिले, केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु ।’

आफूहरुको संघर्ष पदको नभई विचार, सिद्धान्त, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीकै रुपमा अगाडि बढाउने कि नबढाउने भन्ने भएको उनले सुनाए । उनले आफूले नेतृत्व गरेको पार्टी ओलीको पार्टीभन्दा फरक हुने समेत दाबी गरे ।

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा गएको र दरबारिया, विदेशीबाट परिचालित तथा देशलाई टुक्र्याउन चाहने अवसवारदीसँग मिलेको उनको दाबी छ । अघि भने, ‘केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस् ।’

माओवादीमा मिल्दैनौं

एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने, तर तत्काल कुनै पार्टीसँग एकता नगर्ने समेत बताएका छन् । पार्टीको आधार बनाउनु पहिलो प्राथमिकता भएको भन्दै उनले भने, ‘माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ ।

अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने साेच छैन । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’ देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, वुथसम्म कमिटी बनाउने र एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया