आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतलाई खुशी पार्न देउवा सरकारले चाल्यो राष्ट्रघाती कदम, चौतर्फी विरोध

प्रकाशित
586
SHARES

काठमाडौ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गम्भीर राष्ट्रघात गरेको खुलासा भएको छ । सरकारले भारतलाई खुशी पार्न ठूलो राष्ट्रघात गरेको खुलासा भएको हो ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भारतलाई खुशी पार्नका लागि चीनसँगको सीमा विवाद समाधान गर्न समिति बनाएको आरोप लगाएका छन् । अघिल्लो पटक बसेको मन्त्रीपरिषदको बैठकमा हुम्लामा चीनले मिचेको भुमी फिर्ता गर्नका लागि एउटा छानवि समिति बनाएको थियो ।

भारतसँग मात्र सीमा विवाद छैन् चीनसँग पनि विवाद छ भनेर अन्तराष्ट्रिय रुपमा देखाउन भारतकै निर्देशनमा सरकारले यस्तो निर्णय गरेको उनको भनाई छ । भारत कुटनीतिमा धेरै अगाडि भएकाले नेपालको जमिन फिर्ता गर्न नपरोस भनेर यस्तो कदम चाल्न लगाएको उनको भनाई छ ।

नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको रिर्पोट बुझाएको थियो । ओली सरकारले चीनसँगको सीमामा कुनै समस्या नभएको भन्दै छानविन गर्न नपर्ने जनाएको थियो ।

त्यस्तै, केसीले एमसीसी सम्झौताको पक्षधर नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल रहेको स्पष्ट पारेका छन् । उनले नेपालका नेताहरु बोल्ने एउटा र गर्ने अर्कै गरिरहेको पनि आरोप लगाएका छन् ।

उनले भने ‘सामान्यतय नेपालका नेताहरु भन्छन् एउटा, अनि गर्छन अर्को, विगत समयदेखि नै उनीहरुले हामीलाई यस्ता विषयमा लडाउने र भिडाउने गरे । कोशी गरे, गण्डकी गरे, महाकाली गरे, पञ्चेश्वर गरे, सम्पूर्ण गरे नि, अरुण तीनमा मात्रै दश वर्ष लड्यौं हामी ।’

पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन्मा केसीले भने, ‘के ठानेका छन् यिनीहरुले हामीलाई, दास हौं हामी यिनीहरुको ।’ उनले आफूले हालै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको सुनाए । तर, आफूले ओली प्रधानमन्त्री हुँदा नभेटेको उनको भनाई थियो ।

उक्त भेटमा आफूले राजनीतिक विषयवस्तुमा कुरा नगरेको पनि केसीको भनाई छ । उनले नेताहरुले कामभन्दा भाषणमात्रै गरेको र नेताहरुले राजनीतिलाई समाजसेवा नबनाएर पेशा बनाएको टिप्पणी गरे ।

यसै गरि, आज अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शन भएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको हो  । काठमाडौंस्थित दुतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, एमसीसीको कट्टर विराधीको रुपमा चिनिएका नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावल आक्रामक बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले तुरन्तै एमसीसी पास गर्न लागेको सूचना पाएपछि उनी आक्रामक भएको हुन् ।

उपाध्यक्ष रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी पास गराउँन षड्यन्त्र देउवा सरकारले गरेको भन्दै कडा शब्दमा आपत्ती जनाएका छन् । यो सरकारलाई देशलाई दिर्घकालिन असर पर्ने सम्झौता गर्ने जनादेश नरहेको भन्दै रावलले सचेत गराएका छन् ।

नेपालमा द्वन्द्व पछिको अस्थीर राजनीतिक स्थितमा एकसीसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि राजनीति अस्थीर बनेका बेला एमसीसी उपाध्यक्षलाई बोलाएर सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको रावलको भनाइ छ।

एमाले उपाध्यक्ष रावलले वर्तमान सरकार जनबाट अनुमोदित सरकार नभएको पनि बताएका छन्। अहिलेको सरकारलाई देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको रावलको भनाइ छ।

बिहीबार बेलुकी सामाजिक सञ्जालमा एक सन्देश लेख्दै रावलले भनेका छन्, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो। फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ।सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमाले उपाध्यक्ष रावलले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।

प्रतिक्रिया