आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी केन्द्र विघटन गर्ने प्रचण्डण्को घोषणा, के हुन्छ अब ?

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र विघटन गर्ने घोषणा गरेका छन् । जनताको पक्षमा काम नगर्ने हो भने पार्टी विघटन गरिदिने चेतावनी सहित यस्तो घोषणा गरेका हुन् ।

जनताको पक्षमा काम नगर्ने पार्टीको अब कुनै अर्थ नभएको उनको भनाई छ । आज शुक्रबार माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताको लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने बताएका हुन् ।

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाई छ। नेता–कार्यकर्ताहरु जनतामा फर्किनु पर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने उनले बताए ।

प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरुले रिपोर्टिङ गरेका छन् । केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरु भइरहेका हुन् । यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ । अध्यक्ष प्रचण्डले यसअघि पनि जनसरोकारका मुद्दालाई पार्टीले नसमाउने हो भने पार्टी विघटन गरेर किताव लेख्दै बस्दा हुने बताइसकेका छन् ।

यसै गरि , नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकै खुशी भएको बताएका छन् । पार्टीको १४ औँ महाधिवेशन सुरु भएको सन्दर्भमा आफू निकै खुशी भएको बताएका हुन् ।

महाधिवेशन सुरु भएको उपलक्ष्यमा जारी गरेको भिडियो संदेशमा उनले खुशी व्यक्त गरेका हुन् । उनले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काँग्रेसलाई बलियो बनाउन जरुरी रहको देउवाको भनाइ छ ।

‘नेपाली जनताले बुझिसकेका छन्, बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काँग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

आफूले सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको देउवाले बताए । उनले भने, ‘आज म निकै खुसी छु । ८ लाखभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औ महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’

काँग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काँग्रेसकै काँधमा आएको उनले बताए । उनले भने, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।

हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गरी बलियो बनाउन काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ देउवाले भने । संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेको भन्दै सामाजिक दूरी कायम गरी सहभागी कार्यकर्तालाई देउवाको अनुरोध छ ।

यसै गरि , नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अर्को झट्का दिएका छन् । आफूलाई भेट्न गएका नेपाललाई निरास बनाएर पठाएका छन् ।

नेपालसँगको भेटमा जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेपछि झट्का लागेको छ । जवज छोडेर नयाँ सिद्धान्त बनाउन खोजेका नेपाललाई जवजले तनाव दिएको छ ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो । जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।

बामदेवका ४ सर्तले नेकपा एमालेमा खुशीयाली छाएको छ । बामदेवका सर्त नेपालले नमान्ने लगभग पक्का जस्तै छ । त्यही भएर अध्यक्ष केपी शर्मा ओली पनि खुशीले गदगद् भएका छन् ।

प्रतिक्रिया