आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसबाट गगन थापासहित को-को बन्दैछन् मन्त्री ? नामावलीसहित

प्रकाशित
1K
SHARES

काठमाडौ। सरकारले चाडै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेको छ । नेपाली कांग्रेसले गुटअनुसार मन्त्रीको भागबण्डा मिलाएको छ । आफ्नो भागमा ६ मन्त्री पाएको कांग्रेसले यसअघि नै २ मन्त्री नियुक्त गरिसकेको छ । सत्तासाझेदार दलबीच कसले कुन मन्त्रालय लिने भन्ने विवाद मिलेपछि कांग्रेसले पनि पार्टीबाट पठाउने मन्त्राबारे लगभग टुंगो लगाएको हो ।

सम्भवतः शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५१ दिनमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने हल्ला पनि चलेको छ । रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ । सोही समूहबाट तेजुलाल चौधरी वा प्रमोद यादवमध्ये एक राज्यमन्त्री हुने सम्भावना छ ।

कोइराला गुटले पनि देउवा नेतृत्वको मन्त्रिपरिषदमा भाग पाउने भएको छ । स्रोतका अनुसार, यो गुटबाट सुजाता कोइराला मन्त्री बन्दैछिन् । उनलाई दिइने जिम्मेवारीबारे भने निर्णय भइनसकेको बताइएको छ ।

कृष्णप्रसाद सिटौला समूहले भीमसेनदास प्रधान र गगन थापामध्ये एकलाई देउवा नेतृत्वको सरकारमा सामेल गराउँदैछ । देउवा सरकारमा यसअघि पनि सहभागी भइसकेका, काठमाडौंका रैथाने र जनजाति समूहका समेत रहेकाले प्रधानको पल्लाभारी हुने सम्भावना बढी छ । कांग्रेसभित्र प्रकाशमान समूहको उपगुट अस्तित्त्वमा रहे पनि यसले भने यस पटक भाग नपाउने भएको छ ।

यस्तो पो रहेछ गगन थापा रातारात युटर्न हुनुको रहस्य

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्।

पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा सहभागी भएका हुन्। यससँगै उनले आउँदो महाविधेशनमा पौडेल क्याम्पबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्।

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्री पदमा लडेका थिए। त्यसबेला पौडेल समूहबाट महामन्त्री उठेका शशांक कोइराला विजयी भए भने महामन्त्रीका उम्मेदवारद्वय अर्जुननरसिंह केसी र गगन थापा पराजित भएका थिए।

केसी पनि अहिले पौडेल समूहमै छन्। १३ औं महाधिवेशनमा केसी शेरबहादुर देउवा समूहबाट महामन्त्री लडेका थिए। थापानिकट स्रोतका अनुसार अब संस्थापनइतर समूहबाट थापा १४ औं महाधिवेशमा महामन्त्री पदको उम्मेदवार हुन्छन्।

तर थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भने अब महामन्त्री उठ्ने पक्षमा छैनन्। सिटौलाले प्रदीप पौडेललाई च्यापेपछि गगन शेखर कोइराला कित्तामा पुगेक छन् । आज सानेपामा जाँदा पनि शेखर र गगनसँगसँगै गएका थिए । गगनले शेखर रोजेपछि सिटौला पनि उनीसँग असन्तुष्ट भएका छन् । सिटौला भन्दा शेखरको क्रेस राम्रो देखिएपछि गुट परिवर्तन गरेका छन् ।

यसै गरि ,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताए ।

शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी गर्दै नेता कोइरालाले महाधिवशेनले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्ने उल्लेख गरे ।

‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ,’ नेता कोइरालाले भने, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।’

उनले महाधिवेशन ‘उत्सव’ का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताएका छन् । ‘महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,’ नेता कोइरालाले अपीलमा भनेका छन्, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।’

महाधिवेशनलाई पार्टीमा जित र हार भन्दा माथि राख्न उनले सुझाव दिएका छन् । कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको उल्लेख गर्दै नेता कोइारालाले पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नरहेको बताए ।

कांग्रेसको महाधिवेश कार्यतालिका अनुसार शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । कांग्रेसको वडाअधिवेशन करिव नौ लाख क्रियाशील सदस्य मतदाता रहेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया