आज : गते

ताजा शिर्षकहरु

नेपाली सेनामा खुल्यो चार हजार जनालाई जागिर, क क-कसले दिन पाउछ आवेदन ?

प्रकाशित
1K
SHARES

काठमाडौँ। नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।

यो पनि : नेपाली सेनामा किन हात हाल्न खोज्दैंछ भारत ?

भारत नेपालसँग सीमा विवाद चलिरहेका बेला नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई भारत सरकारले नयाँदिल्लीमा एकसाथ बोलाएको छ । वार्ता मार्फत सीमा विवाद सुल्झाउन नेपालले गरेको प्रस्ताव र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) लले तयार पारेको प्रतिवेदन बुझ्न अटेर गर्दै आएको भारतले नेपालका पूर्व प्रधानसेनापतिलाई एकसाथ नयाँदिल्लीमा जम्मा गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतको सेनाले नेपालका सबै पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रण पठाई सकेको छ । भेला यही सेप्टेम्बर १७ र १८ का दिन नयाँदिल्लीमा हुने बताइएको छ । ‘नयाँदिल्लीमा भेला हुने भन्ने खबर प्राप्त गरेको छु । तर निमन्त्रणा हेरिसकेको छैन,’ नेपाली सेनाका पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले भने, ‘बेला बेलामा भारतले यस्तो भेला गर्दै आएको छ । हामीले पनि गर्छौं ।’

स्रोतका अनुसार भारतीय सेनाले नेपालका पूर्व प्रधानसेनापतिहरू राजेन्द्र क्षेत्री, गौरव शम्शेर जबरा, छत्रमान सिंह गुरुङ, रुक्माङ्गत कटवाल, प्याराजङ्ग थापा र धर्मपाल बरसिंह थापालाई भेलामा उपस्थित हुनको लागि निमन्त्रणा गरेको छ ।

भारतले यही भदौ २४ गते अवकाश प्राप्त गर्दै गरेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत भेलामा सहभागी हुनको लागि निमन्त्रणा पत्र पठाएको बुझिएको छ ।

‘नेपालको प्रधानसेनापतिलाई भारतको मानार्थ महारथी र भारतको सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीले सम्मान गर्ने अभ्यास छ । सोही अनुसार यस्ता भेला हुने गर्छन्,’ पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले भने ।

नेपाली र भारतीय सेनाका नवनियुक्त प्रधानसेनापतिहरूलाई एकअर्का देशमा मानार्थ महारथी दिने प्रचलन रहिआएको छ । सन् १९५० मा दुई मुलुकबीच शान्ति तथा मैत्री सन्धि भएयता उक्त प्रचलन शुरु भएको अभिलेख छ ।

सेमिनारमा अहिलेसम्म तीन जना पूर्व प्रधानसेनापतिहरु सहभागी हुने निश्चित भएको छ । पूर्व प्रधानसेनापतिहरु प्यारजंग थापा,गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीको सेमिनारमा सहभागी हुने खबर पठाइसकेका छन् ।

केहीले स्वास्थ्यको कारण जान सहभागी हुन नसक्ने खवर पठाएका छन भने पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल भने त्यो बेला अमेरिका जाने भएकाले सहभागी हुन नसक्ने बताएको स्रोतले बतायो ।

खासगरी नयाँ संविधान जारी भएपछि नेपाल र भारतबीचको सम्बन्ध पहिलेको जस्तो सुमधुर बन्न सकेको छैन । यस्तो बेलामा निमन्त्रणा प्राप्त भएपनि केही पूर्व प्रधानसेनापतिहरूले भेलामा सहभागी नहुने मुड बनाएको बुझिएको छ ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ