आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालसँग वामदेवको गोप्य बार्ता : राखे यस्तो अचम्मको सर्त

प्रकाशित
702
SHARES

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन्।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन्।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन्। उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन्। आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन्।

माधव नेपालको साथ छाडेर पछुताए योगेश भट्टराई, केपी ओलीले धोका दियको आरोप 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईमाथि ठूलो घात गरेका छन् । उनले योगेशलाई प्रवक्ताबाट हटाएका हुन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो ।

एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

तर दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएपछि योगेश निराश बनेका र नेपालको साथ छाडेकामा पछुताएको खबर छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ ।

उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।

भीम रावलको एक ट्विटले बालुवाटार देखि बालकोटसम्म तरंग: झस्किए ओली

नेकपा एमालका अध्यक्ष तथा पूर्वा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री शेर बहादुर देउवाहरु झस्किनेगरी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ट्वीट गरेका छन् । उनले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

एमसीसीकी ग्लोबल उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने भएपछी रावलले यस्तो ट्वीट गरेका हुन् । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताएका छन ् । उनको ट्वीटको प्रशंसा भएको छ । यसअघि पनि रावल राष्ट्रहितका सवालमा खरोसँग उत्रिदै आएका छन्।

नेपाल भ्रमणका क्रममा फतिमाले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेताहरू, सत्ता गठबन्धनका नेता प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

यस्तो छ रावलको ट्विटःः नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।

यसै गरि , भिम रावलको हिजोको स्टाटस गलपासो बन्ने संकेत, युबराज संग्रौलाले नै यस्तो गम्भीर प्रश्न ठड्याएपछि तनावमा !

माधव नेपाल पक्षमा हुदा ओली बेठिक र केपी ओली पक्षमा हुदा माधव नेपाल बेठिक भन्ने नेकपा एमालेका उपाध्यक्ष भीम रावलमाथि नैतिकता प्रश्न उठेको छ । वरिष्ठ अधिवक्ता डा. युबराज संग्रौलाले भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. संग्रौलाले अहिले म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘जोसुकैलाई आफूलाइ मन लागेको दलमा बस्ने अधिकार छ । भिम रावललाई पनि छ । तर, ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साचिकै गजब छ । अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।’

यो पनि : देउवा र ओलीले किन गर्दैनन् खुलेरै एकअर्काको आलोचना ? ४ बर्षपछि बल्ल बाहिरियो भित्री रहस्य

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ।

प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए। विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन्। प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनासा छैनन्। ओलीको सबैभन्दा बढी आक्रोश नेकपा ९एस० अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ। नेपाल र दाहाल सत्तासाझेदार भए पनि एमसिसी पारित गर्ने विषयमा देउवाका लागि ओली निकट हुन सक्छन्।

देउवाका निम्ति नेपाल र दाहाल एमसिसी पारित गर्ने विषयमा चुनौती हुन सक्छन्। तर ओलीको साथ लिन सके भने उनलाई राजनीतिक रूपमा लाभ हुने देखिएको छ। एमसिसी उपाध्यक्ष फतिमा सुमारको आगामी बिहीबारदेखि हुने नेपाल भ्रमणका क्रममा नेपाल र दाहालसँग समेत वार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। सुमारसँग कुराकानी भइसकेपछि उनीहरू संसद्बाट एमसिसी पारित गर्ने बाटोमा जान पनि सक्छन्। तर पनि कुसूचनाले धेरै गिजोलिसकेको एमसिसी मुद्दाले पार पाउन सहज छैन।

यी समग्र विषयलाई ध्यानमा राख्दै गत मंगलबार देउवाले आफ्ना विश्वासपात्र कानुन तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग भेटका निम्ति पठाएका थिए। ओलीसँग पहिल्यैदेखि राम्रो सम्बन्ध रहेका कार्कीले संसद् सुचारु गर्न आग्रह गरेका थिए। प्रमुख विपक्षीले संसद् बहिष्कार गरेर अगाडि बढ्न नदिएमा फेरि अध्यादेशबाटै शासन गर्नुपर्ने स्थिति आउन पनि सक्छ।

सकेसम्म संसद्मा रहेका अध्यादेश पारित गर्ने र ओली सरकारले ल्याएकै बजेटबाट अगाडि बढ्न सक्ने संकेत पनि सरकारले दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकबाट ओली सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय गरेर देउवाले हर्दिकताको हात फैलाइसकेका छन्।

‘संसद् सुचारु गर्न विपक्षी दलको सहयोग चाहिन्छ,’ कार्कीले ओलीसँगको भेटबारे प्रस्ट पार्दै नागरिकसँग बिहीबार आफ्नै कार्यकक्ष सिंहदरबारमा भने, ‘सरकार र विपक्षी दलको कार्यगत सम्बन्ध हुनु जरुरी छ। हामी सबैले ठूलो बलिदान, समर्पण र त्याग गरेर ल्याएको अहिलेको राजनीतिक पद्धतिलाई सुदृढ गर्दै अघि बढाउनु हामी सबैको कर्तव्य हो।

प्रतिक्रिया