आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड र नारायणकाजी बोलचाल बन्द, एमाले प्रवेश गर्दै नारायणकाजी

प्रकाशित
1.7K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पार्टीभित्र निकै अपमानित भएर बसेका छन् । मन्त्री बन्छुभन्दै खुट्टा उचालेर बसेका श्रेष्ठलाई हुँदा खाँदाको पदपनि खोसिएपछि निकै अपमानित भएर बसेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ख्यालख्यालमै पार्टीको प्रबक्ताबाट हटाएपछि उनको भुमिका शून्य जस्तै भएको छ । यही विषयमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीचको विवाद चर्किएको छ ।

श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई सुम्पिए पछि यि दुई नेता बिचको सम्बन्धमा खलल सृजना भएको हो । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गर्न थाले पछि नेता श्रेष्ठ असन्तुष्ट देखिन थालेका छन् ।

श्रेष्ठले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाएका छन् । तर, प्रचण्ड भने उनलाई सरकारमा पठाउने तयारमा देखिएका छैनन् ।

माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको बिच ध्रुवीकरण समेत देखिएको छ । नारायणकाजी श्रेष्ठ जनयुद्धमा थिएनन् । उनी पछि मात्र माओवादीसँग एकीकरण गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

आफू प्रति अधिकारसमेतको कटौती र सरकारमासमेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेका छन् । उनले निकटस्थसँग यसबारे छलफल समेत बढाइसकेका छन् ।

नारायणकाजी निकट स्रोतका अनुसार प्रचण्डको प्रवक्ताबाट हटाउने कदम निकै महङ्गो पर्ने संकेत देखिएको छ । प्रचण्डको यस निर्णयले पार्टी भित्र ठूलै मनमोटवको अवस्था सृजित हुने देखिएको छ ।

नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । माओवादीका दुई नेताबीच पानी बाराबारको स्थिती सिर्जना भएको स्रोतको दाबी छ ।

श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गरिरहेका छन् । श्रेष्ठसँग सम्बन्ध चिसिदै गएको छ ।

श्रेष्ठले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाएका छन् । तर, प्रचण्ड उनलाई सरकारमा पठाउन तयार देखिएका छैनन् ।माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको ध्रुवीकरण समेत देखिएको छ । नारायणकाजी श्रेष्ठ जनयुद्धमा थिएनन् । उनी पछि मात्र माओवादीसँग एकीकरण गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

यसैगरी, अधिकार समेतको कटौती र सरकारमा समेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेका छन् । उनले निकटस्थसँग यसबारे छलफल समेत बढाइसकेका छन् । नारायणकाजी निकट स्रोतका अनुसार प्रचण्डको प्रवक्ताबाट हटाउने कदम निकै महङ्गो पर्ने संकेत देखिएको छ ।

श्रोतका अनुसार नारायणकाजी श्रेष्ठले अर्का नेता गिरीराजमणी पोखरेललाई एमालेसँग पार्टी प्रबेश गर्ने विषयमा छलफल गर्नका लागि जिम्मा दिएका छन् । पार्टी फुटाएर सानोझुण्ड भएर बस्नभन्दा ठूलो पार्टीमा समाहित हुँदा नेता कार्यकर्ताको भविश्य सुरक्षीत हुने भएपछि उनले एमालेसँग बार्ता सुरु गरेको श्रोतका भनाई छ ।

एमालेमा पार्टी उपाध्यक्ष दिए प्रबेश गर्ने खालको सन्देश एमाले अध्यक्ष ओलीलाई पठाएका छन् । ओलीले भने यस विषयमा कुनै जवाफ नपठाएको श्रोतको भनाई छ ।

हिसिला-बाबुरामको सम्बन्धविच्छेद

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ । हिसिला यमीद्वारा लिखित पुस्तक ‘हिसिला’मा उनले आफूहरुको ‘सम्बन्धविच्छेद’ भएको खुलासा गरेकी हुन् ।

उनले आफ्नो पुस्तकमा बाबुराम र हिसिलाको सम्बन्धबारे धेरै कुराहरुको अफवाह फैलाएको भन्दै रोचक कुरा उल्लेख गरेकी छिन् । २०६८ सालअघि बाबुराम र उनी छुट्टा छुट्टै बस्ने गरेका थिए । त्यही विषयलाई लिएर पार्टी भित्र र बाहिर एउटा बहस भयो, त्यो थियो सम्बन्धविच्छेदको । उनीहरु कामविशेषले अधिकांश समय छुट्टाछुट्टै बस्दै आएका थिए । बाबुरामको प्रधानमन्त्रीत्वकालमा बालुवाटार बस्न थालेपछि बाबुराम–हिसिला सम्बन्धबारे अनेकौं अफवाह फैलाइएको उनी बताउँछिन् ।

कतिसम्म भने ‘बाबुरामलाई बिगार्ने हिसिला नै हो’ भन्नेसम्म आरोप केही पत्रकारले लगाएको कुराले उनलाई अहिलेसम्म पनि निकै बिझाएको छ । अर्का पत्रकारले ‘बाबुरामलाई देवता तथा हिसिलालाई राक्षस’को चित्रण गर्दै लेखेको घटना उल्लेख गरेकी छिन् । यद्यपि कतिपय नितान्त व्यक्तिगत कुरा उल्लेख गरेकी छैनन् । यसबारे उनको स्वीकारोक्ति छ, ‘मसँग जोडिएका घटनाले बृहत् राजनीतिक अर्थ दिन्छ भने मात्र त्यस्ता कुरा लेख्छु ।’

विदेशी मिडियामा समेत बाबुराम–हिसिला सम्बन्धबारे हल्ला चलाइँदा भने चित्त निकै दुखेको कुरा उनी सुनाउँछिन् । यस्तो हल्ला चल्दा बारम्बार आफ्नी आमालाई सम्झिने गरेको उनी उल्लेख गर्छिन् । २००८ सालमा हिसिलाका पिता धर्मरत्न यमी (तुलाधर) उपमन्त्री बनेका थिए । राजनीतिले व्यस्त हुँदा आमा र बुबाको भेट विरलै हुन्थ्यो । त्यस्तो बेला आफन्तले बुबा र आमाको सम्बन्ध टुटाउन खोजेको उनी बताउँछिन् ।

‘तिमी नपढेकी, रूप पनि काली भएकी केटी मन्त्रीको श्रीमती हुन सुहाउँछ भन्दै आफन्तले आमालाई निरुत्साहित बनाए’ भावुक हुँदै हिसिला सुनाउँछिन्, ‘बुबा जब मन्त्री पदबाट हट्नुभयो तब आमा निकै खुशी हुनुभएको थियो ।’ जीवनको उत्तरार्धमा आइपुग्दा सह–अस्तित्वको लागि सबै कुरा त्याग्न तयार भएको हिसिला बताउँछिन् । बाबुराम र आफ्नो अस्तित्व फरक–फरक भए पनि पति बाबुरामबाट धेरै राजनीतिक चेतना ग्रहण गर्न पाएको कुरा उनी गौरवसाथ बताउँछिन् । तर बाबुरामको छायाँमा मात्रै आफूलाई राखेर हेर्न नमिल्ने कुरामा उनी अडिग छिन् ।

‘म पनि इन्जिनियर हुँ, म पनि नेता हुँ, म तिमीभन्दा कम हो भनेर गएको भए हाम्रो जीवन पनि प्रचण्ड–बाबुरामको सम्बन्ध जस्तै हुन्थ्यो’ हिसिला भन्छिन्, ‘तर हामीले एकअर्काको अस्तित्व स्वीकार गरेर बाँच्न चाह्यौं ।’ पति बाबुराम अहिले विषम राजनीतिक परिस्थितिको शिकार बन्न पुगेको उनको ठहर छ । यसैले व्यक्तिगत जीवनमा मात्र होइन राजनीतिमा अप्ठेरो परेको हुनाले पतिको सहयात्री बनेर साथ दिने कुरा उनले बारम्बार दोहोर्याउँदै आएकी छिन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ