आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकालाई चीनको चे’तावनीः हामीलाई सोभियत संघ नसम्झनू

प्रकाशित
1K
SHARES

एजेन्सी। अमेरिकाका लागि चिनियाँ राजदूत चीन ग्याङले चीनलाई सोभियत संघ जस्तो नसम्झनु भन्दै चे’तावनी दिएका छन्। तत्कालिन सोभियत संघलाई जस्तै व्यवहार चीनमाथि भए अमेरिकाले त्यसको नराम्रो नतिजा भोग्ने उनको भनाइ छ।

गत जुलाई अन्तिममा मात्र चीन ग्याङ अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका थिए। उनका अनुसार ‘शक्तिको स्थिती’का कारण चीनलाई नयाँ ‘शीतयुद्ध’मा हराउने सोच बनाउनु निर्णय क्षमताको कमजोरी हुनेछ। उनी भन्छन्,‘चीन सोभियत संघ होइन। जो आफ्नै कारणले विलय भयो।’

साउथ चाइना मर्निङ पोस्टका चिन ग्याङले मंगलबार अनलाईन छलफलका क्रममा यस्तो बताएका हुन्। सो छलफलमा चिनियाँ अधिकारीहरुसँगै अमेरिकी पूर्व विदेशमन्त्री हेनरी केसिंगर र पूर्व कार्यवाहक विदेशमन्त्री सुसान थोर्टन पनि उपस्थित थिए।Qin Gang: China- U.S. relations should focus on cooperation – CGTNउनले डोनाल्ड ट्रम्प सरकारमा हुँदा अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको बताउँदै भने,‘पूर्व अमेरिकी सरकारको चीनविरद्धको कडा नीतिका कारण दुई देशको सम्बन्धमा गम्भीर क्षति भएको छ। त्यो अवस्था अझै परिवर्तन भएको छैन र जारी छ।’

उनले अमेरिकासँग हरेक क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन चाहेको उल्लेख गर्दै भने,‘हामी अमेरिकको विदेश मन्त्रालय, अर्थ मन्त्रालय, कानुन, सेना लगायका क्षेत्रमा संचार मजबुत बनाउन चाहन्छौं र छलफल जारी राख्ने पूर्वाधारण पुनःनिर्माण गर्न चाहन्छौं जसले समस्यालाई समाधान गर्न रचनात्मक रुपमा सहयोग पुग्दछ।’

सोभियत संघको पतनबाट चीनले शिक्षा लिएको र चीनले विश्वकै ठूलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको चीन ग्याङको भनाइ छ। अमेरिकाले चीनविरुद्ध शीतयुद्धको भावना राखेको पनि उनको आरोप छ।

यसै गरि : जापानले अफगानिस्तानमा रहेको आफ्नो दूतावास कतार सार्ने तयारी गरेको छ। अफगानिस्तानबाट हात झिक्नु परेको विषयलाई अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्धबाट बाहिरिएको रुपमा लिएको छ।

जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ। जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन्।

तालिबान वि’द्रो’हीहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता सृजना भएकाले विदेशी कूटनीतिक निकायहरुले अफगानिस्तानमै रहेर काम गर्न अप्ठ्यारो मानिरहेका छन्।

तालिबान विद्रोहीहरुको सरकारप्रति आशङ्का र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन्। धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।

जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गरेका हुन। अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रुपमा टर्कीको राजधानी स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको उनले जानकारी दिए।

“तालिबानका अधिकारीहरुसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरुको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,” विदेश मन्त्री मोतेगीले भने। अमेरिकाले भने गत मङ्गलबार आफ्ना सबै सैन्य अधिकारीहरुलाई अफगानिस्तानबाट फिर्ता गरेर अफगानिस्तानमा आफ्नो सैन्य संलग्नता अन्त्य गरेको छ।

यसै गरि: अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ।पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताउनुभएको हो । उहाँले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताउनुभएको हो।

उहाँले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष उहाँले जोड दिनुभएको हो। विदेशमन्त्री कुरेसीले उहाँका जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताउनुभयो।

हाल पाकिस्तान भ्रमणमा रहनुभएका जर्मन विदेशमन्त्री माससँगै पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, हामीले दशकौँ पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उहाँले बताउनुभयो।

उहाँले अफगानिस्तानमा यस्तो अवस्था आएको छ कि त्यहाँका नागरिक अहिले मानवीय सहायताको पर्खाइमा छन् र उनीहरुलाई आवश्यक मात्रामा सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको छ।

प्रतिक्रिया