आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले साह्रै सताएपछि ओलीसँग गठबन्धन गर्दै देउवा, माधवको रुवाबासी

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई टचर दिन थालेका छन्। उनले मन्त्रालय भागवण्डादेखि एमसीसी पास गर्न नहुनेभन्दै टचर दिन थालेका छन्।

त्यही टचरका कारण प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका छन् । देउवाले एमसीसी पास गराउन ओलीलाई भेटेपछि प्रचण्ड र माधव नेपालको टाउको दुखाईको विषय बनेको छ।

अहिले देउवा र ओली फेरि नजिकिएपछि उनीहरुबीच गठबन्धन बनाउने विषयमा छलफल भएको छ । श्रोतका अनुसार एमसीसी पास गन कुरामिलेपछि गठबन्धन पनि बनाउन ओलीले देउवासँग प्रस्ताव राखेका थिए।

विगतमा पनि यी दुई नेताबिच अघोषित गठबन्धन भएका समाचार आएकै हुन। कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरूमा भद्र सहमति बनाएर बढेको घटना ताजै छन्।

अहिलेको अवस्थामा गठबन्धनमा प्रचण्डको र माधव नेपालको प्रेसर धेरै भएको कारण ओली सँग देउवाले सबन्ध अगाडि बढाएर राष्ट्रिय सहमतिको सरकार बनाउँदै चुनावमा जाने देउवाले रणनीति बनाए प्रचण्ड माधव नेपाल हरू चुनावमा पराजित हुने निश्चित प्राय छ ।

देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन्।

तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन्। उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ। यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ।

देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन्।

यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ। २०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले। स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए।

यो पनि: कोटेश्वरमा लफडा   सर्वसाधारण जनताका कारण कोटेश्वरमा लफडा भएको छ । त्यही लफडाका कारण कोटेश्वर जडीबुटी सडकखण्ड विस्तार प्रभावित भएको छ । सडक निर्माण प्रधावित हुँदा पूवीनेपालका जनताले ठूलो सास्ती खेप्नु परेको छ ।

६ महिनाभित्र सक्ने गरी गत पुसमा सुरु भएको उक्त सडकखण्ड विस्तारको काम स्थानीयले मुआब्जा विवाद गरेपछि अलपत्र परेका छ । वर्षातका कारण पनि काम प्रभावित भएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार विस्तारिक सडकमा कालोपत्रे गर्नेबाहेकका काम करिब सकिएको छ । पछिल्ला दिनमा दैनिक पानी परिरहेकाले कालोपत्रे गर्न समस्या भएको उनको भनाइ छ । ‘ग्राउण्ड लेभललाई मिलाइसकिएको छ । तर दैनिक पानी पर्नाले पीच गर्न सकिएको छैन । मौसम खुल्नासाथ पीचको काम सुरु हुन्छ’, उनले भने, ‘सुरु भएको एक महिनाभित्र पिच गरिसकिन्छ ।’

मौसमसँगै जडिबुटीको चोकको जग्गा विवादका कारण पनि सडक विस्तारमा ढिलाइ भएको हो । चोकको उत्तरतिर रहेको सानो टुक्रा जग्गाका विषयमा जग्गाधनी र सरकारसँगबीच कुरा मिलेको छैन । जग्गा धनीको लालपूर्जामा ०.२५ स्क्वाएर मिटर जग्गा छ भने उनीहरुको माग दावी ६ आना जग्गाको छ ।

जग्गाधनीले ६ आना जग्गाको मुआब्जा दावी समस्या भएको विभागका प्रमुख नेपालीको भनाइ छ । ‘उहाँहरुको जग्गा कागजमा खुट्टा उभिने ठाउँ मात्र छ तर, ६ आना दावी गर्नुभएको छ, कसरी मागे जति मुआब्जा दिन सकिन्छ ?’ उनले भने ।

नेपालीका अनुसार दक्षिणतर्फको भागमा भने कुनै विवाद छैन । सरकारले कोटेश्वर–जडिबुटी सडकमा हुने पट्यारलाग्दो जाम घटाउनका लागि सडक विस्तार गरेको हो । यो विस्तारसँगै करिब ४० प्रतिशत जाम घट्ने विभागको भनाइ छ ।

अहिले थपिएको सडकमा तीन लेन छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइ विस्तार गर्न लागिएको सडक अपाङ्गमैत्रीसँगै पैदल यात्रुमैत्री हुनेछ । यो सडक बनेसँगै जडीबुटीबाट आएका सावरीसाधन काटेश्वरहुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटीहुँदै पेप्सीकोलातर्फ जाँदा जाम नहुने आयोजकको अनुमान छ ।

अहिले बन्दै गरेको लेनसहित दुई लेन पेप्सीकोला र दुई लेन ललितपुर जाने सवारी साधनका लागि प्रयोग हुनेछ । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने आयोजकको भनाइ छ । दीर्घकालीन रुपमा ट्राफिक जाम समाधानका लागि भने ‘फ्लाई ओभर’ नै बनाउनु पर्नेछ । यसका लागि तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले ‘फ्लाई ओभर’ वा ‘अण्डरपास’ बनाउनका लागि अध्ययन गरिरहेको छ ।

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलको सीमाभन्दा करिब १५ मिटरसम्म माथि जानुपर्ने भएकाले नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा काम गर्ने महाशाखाले जानकारी दिएको छ । कोटेश्वर–जडिबुटी सडकखण्ड विस्तार गरेर मात्र जाम नहट्ने भएकाले मनोहरा खोलाको करिडोरलाई विस्तार गरिएको नेपालीको भनाइ छ । काठमाडौं डिभिजन कार्यालयले नै करिडोरको विस्तार गरिरहेको छ ।

डिभिजन कार्यालयले नै कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गर्नका लागि अनुमानित १२ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमा सात करोड मात्र खर्च हुने आयोजको अनुमान छ । बँचेको पैसाले जडीबुटी पुलमुनि करिडोर निर्माण गरिने छ ।

यो पनि : विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै बैठक : एक अर्कालाई कारबाहीसम्मको तयारी

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए ।

अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ ।

मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ ।

नेता केशव दाहाले  भने, ‘अन्तरिम विधानको धारा २०.१० मा पार्टीको प्रथम महाधिवेशनसम्मको लागि कायम रहने गरी केन्द्रीय समितिमा अध्यक्ष र संयोजक रहने र दुवैको आपसी समझदारीमा पार्टीको काम कारबाही सञ्चालन हुने उल्लेख गरिएको छ। आजको दुवै बैठक अवैधानिक हुन्छ । यो अनौपचारिक बैठक हो ।’

तर प्रवक्ता पाठकले भने अध्यक्षले बोलाएको बैठक वैधानिक हुने बताए । उनका अनुसार बैठकको वैधानिकताबारे निर्वाचन आयोग र कानुनविद्सँग सरसल्लाह गरिएको छ । उनले भने, ‘पार्टीमा गतिरोध उत्पन्न भएको अवस्थामा त्यसलाई फुकाउन कार्यकारी अध्यक्षले बोलाएको बैठक वैधानिक हो ।’

दाहालका अनुसार अध्यक्ष मिश्रले पाण्डे समूहले अगाडि सारेका ११ एजेण्डा अस्वीकार गरेपछि छुट्टाछुट्टै बैठक बस्ने अवस्था आएको छ । मिश्रले  सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहका सन्दर्भमा केन्द्रीय कमिटी बैठक निर्णय लिनु खोजेपछि विवाद थप चर्किएको देखिन्छ  ।

उनले भने, ‘अध्यक्ष र संयोजकले महाधिवेशनका लागि एउटा राजनीतिक दस्तावेज लेख्ने प्रयास गर्नुपर्छ । त्यहाँ सहमति नभए महाधिवेशनमा दुई वटा प्रस्ताव लिन सकिन्छ । उहाँले त्यो बाटोमा जान खोज्नु भएन ।’ १३० सदस्यीय केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको रहको मिश्र समूहको दाबी छ ।

विवेकशील र साझाबीच एकता हुँदा ६५–६५ जना गरी १३० सदस्यीय केन्द्रीय कमिटी बनेको छ  । त्यसमा तत्कालीन साझाका केशव दाहालसहित केही नेता पाण्डे समूहमा लगेका छन् । यता तत्कालीन विवेकशीलका तत्कालीन महासचिव निर्देश सिलवाललगायत नेताहरू मिश्र समूहमा लागेका छन् ।

प्रतिक्रिया