आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धितोपत्र बोर्डका अध्यक्षको जागिर चट, मन्त्रीपरिषद्को बैठकले गर्यो यस्तो निर्णय

प्रकाशित
380
SHARES

काठमाडौ। धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको जागिर चट हुने भएको छ । सर्वोत्तम सिमेन्टको शेयर किनेको विषयमा छानबिन गर्नका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेपछि उनको पद धरापमा परेको हो ।

बुधबार बसेको मन्त्री परिषदको बैठकले बोर्ड अध्यक्षले गरेका गलत कामहरुका सम्बन्धमा छानबिन गर्नका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष ढुङ्गानाले नैतिकताका साथै नियम विपरित बोर्डको नियमनमा आउन लागेको कम्पनीको शेयरमा गरेको लगानीका सम्बन्धमा छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको हो । यस अघि अर्थ मन्त्रालयले कानुन विभागका पारश्वर ढुङ्गाना सहित ५ सदस्यीय समिति गठन गरेको थियो ।

बोर्डका अध्यक्ष माथि अनुसन्धान गर्नका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले सरकारले अर्को समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सह–सचिव अर्जुन कुमार खड्कालाई जिम्मेवारी तोकेको छ ।

कानुनी छिद्रलाई खेलेर बोर्ड अध्यक्ष ढुङ्गानाले परिवारका सदस्यको नाममा झण्डै २७ हजार कित्ता शेयर खरिद गरेको यस अघिको समितिले औंल्याइ सकेको छ । यस सम्बन्धमा बोर्ड अध्यक्ष ढुङ्गानाले पुर्वन्यायाधीश नेतृत्वमा समिति गठन नभएसम्म आफुले अध्यक्ष पदबाट राजीनामा नदिने बताउँदै आएका थिए । अब उनले बाध्यतामा परेर राजीनामा दिन पर्ने छ ।

बोर्ड अध्यक्ष ढुङ्गानाले माग गरे अनुसारको समिति गठन गर्ने निर्णयमा सरकार पुगेपछि अब ढुङ्गानाले के गर्छन् भन्ने चासो आम लगानीकर्तामा परेको छ । यस अघि नै बोर्डको सञ्चालक पदबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्वाहीमा पर्ने आधार देखे पछि बोर्ड सञ्चालकको पदबाट राजीनामा गरिसकेका छन् ।

उता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि अनुसन्धान प्रकृयालाई सघाउन भन्दै पदबाट राजीनामा दिइसकेका छन् ।

प्रचण्ड र माधव नेपालले हैरान पारेपछि प्रधानमन्त्री जुटे भयङ्कर ठूलो तयारीमा, अब के गर्लान् प्रचण्ड–माधवहरु ?

पाँच दलीय गठबन्धनले हैरानी दिन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा भयङ्कर तयारीमा जुटेका छन् । प्रम देउवाले पनि संसद विघठन गरेर नयाँ निर्वाचन तिरै देशलाई लैजाने भित्री कसरत गर्न थालेका हुन् ।

पाँच दलीय गठबन्धन बाट बनेको सरकार बाट देउवा वाक्क बन्दै गएको स्रोतको दावी छ । सरकार बनेको दुई महिना हुन लागी सक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर चेपुवामा परेका देउवाले बरु संसद विघठन गरेरै चुनावमा जानु उपयुक्त हुने निष्कर्ष निकाल्न थालेका छन् ,

देउवाले विगतमा पनि चुनावमा जोड दिदै आएका छन् । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेका छन् । त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल चलाएका छन् ।

देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाए । कार्कीले देउवाको महत्वपूर्ण सन्देशहरु ओलीलाई सुनाएको बुझिएको छ ।

राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् ।त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ ।

उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । विगतमा दुवै नेताबीच भित्री गठबन्धन बनेको थियो जुन पछि तोडियो ।

यसै गरि : सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद अध्ययनका लागि अध्ययन समिति गठन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययन समिति गठन गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गरिएको छ ।

यसअघि चीनले हुम्लाको नाम्खा गाउँपालिकामा नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । तर, तत्कालीन ओली सरकार र चीन दुबैले चीनसँग कुनै सीमा विवाद नरहेको बताएका थिए । तर, तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अध्ययन समिति गठन गरी सीमा मिचिएको प्रतिवेदन तयार पारेको थियो ।

कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता तथा हुम्लाका स्थानीयवासी जीवनबहादुर शाही नेतृत्वको समितिले सीमा क्षेत्रको अवलोकन गरी भूमि मिचिएको प्रतिवेदन पार्टीमा पेश गरेको थियो ।

त्यतिबेला सुरुमा पिल्लर नम्बर ८७ हराएको बताइएको थियो भने पछि सो पिल्लर भेटिएको थियो । सो पिल्लर नयाँ बनेको अवस्थामा फेला परेको भन्दै शाही नेनृत्वको समितिले प्रश्न उठाएको थियो । कांग्रेसले सीमा मिचिएको प्रतिवेदन बनाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसको नाम लिएर आपत्ति प्रकट गरेको थियो ।

अहिले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सो विवादबारे अध्ययन गर्न समिति बनाएको हो । यस्तै मन्त्रिपरिषद् बैठकले स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानीत रोजगारीका लागि शीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्व ९३ करोड अनुदान सायता स्वीकार गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

उनले माओवादी सेनाका धाइते, अपांग, लडाकुलगायतका विभिन्न आन्दोलनमा घाइतेहरुका लागि पुनः स्थापना हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । कार्कीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासंघको पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

“सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ”, प्रधानमन्त्री देउवाले भने । उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । नेपाली काँग्रेसका सभापति समेत रहेका उनले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे । उनले भेलाको पूर्ण सफलताको कामनासमेत गरे ।

महासंघका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिए । महासंघका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए ।

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया