आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी ‘घरको न घाटको’ भए प्रचण्ड, आइलाग्यो अर्को आपत

प्रकाशित
1.3K
SHARES

काठमाडौ। नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी ‘घरको न घाटको’ भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले धोका दिएपछि उनी ‘घरको न घाटको’ भएका हु्न्।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काम गर्न अवरोध गरेपछि देउवा संसद विघटन गर्ने मुडमा पुगेका छन् । त्यसका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दोस्ती बढाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ।

खासगरी सत्ता गठबन्धनका दलहरूमा यो भेटले खैलाबैला नै मच्चाएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीलाइ भेट्न कार्कीलाई दूत बनाएर पठाएका हुन्। देउवाले ओलीसँग सम्बन्ध बिस्तार गर्न खोजेको थाहा पाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू भने सशंकित बनेका छन्।

प्रधानमन्त्री नियुक्त भएको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि सत्ता गठबन्धनमै खटपट सुरू भएको चर्चा चलिरहेका बेला देउवाले ओली भेट्न पठाउनुलाई अर्थपूर्ण मानिएको छ।

मंगलबार बेलुका ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँग संसद् अधिवेशन, बजेट, एमसीसी लगायत विषयमा छलफल गरेको बताइए पनि भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरिएको स्रोतको दाबी छ ।

बालुवाटारनिकट स्रोत भन्छ – ‘राष्ट्रिय सहमतिको सरकार बनाएर अर्ली इलेक्सनमा जाने सभापति देउवाको इच्छा छ । त्यसैलाई कार्यान्वयन गर्न ओलीलाई पनि सरकारमा ल्याउने प्रयासस्वरूप दूत पठाइएको हो ।

सर्वोच्च अदालतको गत आसार २८ गतेको परमादेशबाट सत्ताच्यूत भएका ओली सत्ता गठबन्धनका कुनै पनि नेतासँग सम्पर्कमा थिएनन् । तर देउवाले भने आफ्ना दूत पठाएर सम्बन्ध सुधारको पहल गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चालाई यो भेटबारे सूचना दिइएको थिएन ।

देउवाले कार्कीलाई ओलीसँग भेट्न पठाएपछि मिडियामा आएको सूचनाका आधारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई ‘के हो ?’ भनेर सोधेका थिए । देउवाले ‘सामान्य कुराकानी हो, अरू केही होइन’ भनेपछि प्रचण्ड झनै सशंकित भएका छन् ।

माओवादी केन्द्रका एक नेताले भने – ‘प्रधानमन्त्रीले बिना सरसल्लाह ओलीसँग कुरा गर्न दूत किन पठाउनुभएको हो ? त्यसको खोजीनीतिमा लागेका छौं । अध्यक्ष प्रचण्डलाई खासै केही होइन भनेर भन्नुभएको रहेछ ।’

ती नेताले राष्ट्रिय सहमतिको सरकार बनाएर अर्ली इलेक्सनमा जाने कुरा छलफलमै नआएको बताए । देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि एमाले र जसपा औपचारिक रूपमा विभाजन भएका छन् । ओली नेतृत्वको एमाले भने देउवाको यो कदमप्रति रुष्ट छ।

मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् आज गरेका महत्वपूर्ण निर्णय

आज बसेको मन्त्रीपरिषद् बैठक सकिएको छ । बैठकले विभिन्न खालका निर्णयहरु गरेको छ । अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।

त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकममा चार महिनाको भत्ता एकमुष्ठ पाउनेछन् ।

त्यस्तै, सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

आजको मन्त्रीपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’

यसै गरि : प्रधानमन्त्री शेरबहादुर देउवाले तेश्रो पटक संसद विघटन गर्ने प्रस्ताव गरेका छन् । गठबन्धनको बैठकमा देउवाले संसद विघटन गरेर मध्यावधि चुनाव गराउने मनसायको प्रस्ताव राखेका हुन् ।

उनको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठाडै अस्वीकार गरेका छन् । गठबन्धनका नेताहरुले संसद विघटन अस्वीकार गरेपछि देउवाले ओलीसँगको निकटता बढाएका छन् ।

विगतमा पनि चुनावमै जानु पर्ने जोड बल गर्दै आएका सभापति देउवाले प्रचण्डको प्रेसर थेग्न नसकेर मध्यावधि चुनावमा जाने रणनीति बनाएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार बनाउने पनि नेताहरुलाई भनेका छन् ।

जति सक्दो चाँडो आफ्नू पार्टीको माहाधिबेसन सक्ने त्यसपछि चुनावमा जाने देउवाको रणनीति बुझिन्छ । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेको त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल थालेको स्रोतको भनाई छ ।

देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाउनुले झनै देउवा चुनावकै पक्षमा रहेको बुझ्न सकिनछ ।

एक राजनीतिका जानकारका अनुसार गठबन्धनमा प्रचण्ड लगायतका नेतालाई सँगै राखेर आफ्नू र पार्टीको भविष्य गतिलो नहुने बुझेका सभापति देउवा चुनावकै पक्षमा जाने बताउछन् । प्रचण्डलाई लिएर सँगै हिँड्यो भने पार्टीको भविष्य धरापमा पर्ने देउवाले राम्रै सँग बुझेका छन् त्यसैले जतिसक्दो चाँडो निर्वाचनै गर्नु देउवालाई लागेको हुन सक्छ ।

हिजो निर्वाचन लगाएतकै सन्देश लिएर मन्त्री कार्कीलाई देउवाले ओली निवास पठाएको हुनसक्ने आकलन राजनीतिक वृत्तमा भएको छ ।

राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् ।

त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ ।

उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । भर्खर पार्टी विभाजन गरेका माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष चुनावमा जाने मनस्थितिमा छैनन् ।

उनीहरू यही गठबन्धनलाई टिकाएर शक्ति आर्जन गरेर मात्रै चुनावमा भाग लिन चाहान्छन तर प्रतिपक्षी दलका नेता केपी ओली र देउवाको कुरा मिल्न सक्ने देखिन्छ ।

काँग्रेस पनि चुनावकै पक्षमा रहने र एमाले पनि चुनावकै पक्षमा हुनु अझ देउवालाई गठबन्धनका नेताको प्रेसर धेरै हुनुले देउवाले मध्यावधि गराउन सक्ने एक राजनीतिका जानकार बताउँछन् ।

प्रतिक्रिया