आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धनको बैठकमा देउवाले राखे संसद विघटनको प्रस्ताव, मच्चियो खैलाबैला

प्रकाशित
1.6K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले तेश्रो पटक संसद विघटन गर्ने प्रस्ताव गरेका छन् । गठबन्धनको बैठकमा देउवाले संसद विघटन गरेर मध्यावधि चुनाव गराउने मनसायको प्रस्ताव राखेका हुन् ।

उनको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठाडै अस्वीकार गरेका छन् । गठबन्धनका नेताहरुले संसद विघटन अस्वीकार गरेपछि देउवाले ओलीसँगको निकटता बढाएका छन् ।

विगतमा पनि चुनावमै जानु पर्ने जोड बल गर्दै आएका सभापति देउवाले प्रचण्डको प्रेसर थेग्न नसकेर मध्यावधि चुनावमा जाने रणनीति बनाएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार बनाउने पनि नेताहरुलाई भनेका छन् ।

जति सक्दो चाँडो आफ्नू पार्टीको माहाधिबेसन सक्ने त्यसपछि चुनावमा जाने देउवाको रणनीति बुझिन्छ । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेको त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल थालेको स्रोतको भनाई छ ।

देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाउनुले झनै देउवा चुनावकै पक्षमा रहेको बुझ्न सकिनछ ।

एक राजनीतिका जानकारका अनुसार गठबन्धनमा प्रचण्ड लगायतका नेतालाई सँगै राखेर आफ्नू र पार्टीको भविष्य गतिलो नहुने बुझेका सभापति देउवा चुनावकै पक्षमा जाने बताउछन् । प्रचण्डलाई लिएर सँगै हिँड्यो भने पार्टीको भविष्य धरापमा पर्ने देउवाले राम्रै सँग बुझेका छन् त्यसैले जतिसक्दो चाँडो निर्वाचनै गर्नु देउवालाई लागेको हुन सक्छ ।

हिजो निर्वाचन लगाएतकै सन्देश लिएर मन्त्री कार्कीलाई देउवाले ओली निवास पठाएको हुनसक्ने आकलन राजनीतिक वृत्तमा भएको छ ।

राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् ।

त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ ।

उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । भर्खर पार्टी विभाजन गरेका माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष चुनावमा जाने मनस्थितिमा छैनन् ।

उनीहरू यही गठबन्धनलाई टिकाएर शक्ति आर्जन गरेर मात्रै चुनावमा भाग लिन चाहान्छन तर प्रतिपक्षी दलका नेता केपी ओली र देउवाको कुरा मिल्न सक्ने देखिन्छ ।

काँग्रेस पनि चुनावकै पक्षमा रहने र एमाले पनि चुनावकै पक्षमा हुनु अझ देउवालाई गठबन्धनका नेताको प्रेसर धेरै हुनुले देउवाले मध्यावधि गराउन सक्ने एक राजनीतिका जानकार बताउँछन् ।

मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् आज गरेका महत्वपूर्ण निर्णय

आज बसेको मन्त्रीपरिषद् बैठक सकिएको छ। बैठकले विभिन्न खालका निर्णयहरु गरेको छ। अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई सरकारले कार्यान्वयनमा ल्याउने भएको छ। मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको https://motivatenews.com/archives/category/success-storyसामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।

त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकममा चार महिनाको भत्ता एकमुष्ठ पाउनेछन् ।

त्यस्तै, सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

आजको मन्त्रीपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’

यसै गरि :  काठमाडौंमा जारी निषेधाज्ञा फेरी थपिएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँले भदौ मसान्तसम्मका लागि निषेधाज्ञ थपेको हो । कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

प्रतिक्रिया