आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महेश बस्नेतले देखाए भक्तपुरमा पावर, माधव नेपालको रुवाबासी

प्रकाशित
560
SHARES

काठमाडौ। नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पावर सो गरेका छन् । भक्तपुर जिल्लाका प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले आफ्नो पावर सो गरेका हुन् ।

उनको जिल्लमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर देखिएको छ । एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भए पनि भक्तपुरमा अधिकांश वडाअध्यक्षदेखि सांसदसम्म मूल पार्टीमै बसेका हुन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, जिल्ला समन्वय समिति र चारवटा स्थानीय तहमा एमाले पहिलो पार्टी रहे पनि एकीकृत समाजवादी झन्डै निलको अवस्थामा छ ।

चार वर्ष अघि स्थानीय तहको निर्वाचनमा एमालेबाट र संघको निर्वाचनमा वाम गठबन्धन (एमालेतर्फ) बाट विजयी भएका भक्तपुरका वडाध्यक्षदेखि सांसदले पार्टी विभाजनमा केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन् ।

भक्तपुरमा प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र छन् । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता महेश बस्नेत र २ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल संघीय सांसद छन् । बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । उनले तल्लो कमिटीका नेता, कार्यकर्तालाई मूल पार्टीमै ल्याएका छन् ।

भक्तपुरमा प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा तत्कालीन वाम गठबन्धनले तीन सिट जितेको थियो । वाम गठबन्धनबाट जित्नेमा १ ‘क’ बाट हरिशरण लामिछाने तथा २ ‘क’ शशीजंग थापा र ‘ख’ बाट राजेन्द्रमान श्रेष्ठ थिए । १ ‘ख’ बाट नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले जितेका थिए ।

तर, लामिछानको हृदयघातबाट निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले चुनाव जितेका थिए । अहिले एमाले, माओवादी केन्द्र ब्यूतिएका मात्र छैनन्, एमाले विभाजन भएर एकीकृत समाजवादी पनि गठन भइसकेको छ ।

तत्कालीन नेकपाका तीन प्रदेशसभा सांसदमध्ये श्रेष्ठ मात्र नेपाल नेतृत्वको समाजवादीमा लागेका छन् । बाँकी दुई सांसद एमालेमै छन् । भक्तपुरका चार स्थानीय तहमा पनि एकीकृत समाजवादी कमजोर छ । तत्कालीन एमालेबाट निर्वाचित स्थानीय तहका प्रायः जनप्रतिनिधि मूल पार्टीको पक्षमा लागेका हुन् ।

मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ तथा चाँगुनारायण नगरपालिकाका मेयर र उपमेयर क्रमशः सोमप्रसाद मिश्र र विणा बास्तोला एमाले नेता हुन् । सूर्यविनायकका मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेत पनि एमालेबाट निर्वाचित हुन् । उनीहरूले मूल पार्टीमै रहेको बताएका छन् ।

बस्नेतले सानैदेखि एमालेबाट राजनीति गरेकाले पार्टीको विचारधारा, सिद्धान्त, मार्गनिर्देशनअनुसार चल्ने न्युज कारखानालाई बताइन् । मिश्रले पनि पार्टी विभाजन भए पनि सधैँ पाटीकै मार्गनिर्देशनमा रहने बताए । चाँगुनारायणका नौ वडामध्ये ३, ४, ६ र ८ का वडाध्यक्ष एमालेका छन्, जो मूल पार्टीमै छन् ।

सूर्यविनायक नगरपालिकामा १० वडा छन् । तीमध्ये तीन कांग्रेस र सात एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । त्यसमा सातै वडाध्यक्षले ओलीलाई साथ दिएका छन् ।

मध्यपुर थिमिमा नौवटा वडामा एमालेबाट ५ का अमृतमान श्रेष्ठ मात्र एमालेका हुन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर पनि एमालेमै छन् ।

नेपाल आउँदै एमसिसीकी उपाध्यक्ष, यस्तो छ नेपाल बसाईको डरलाग्दो तालिका

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएकी छन् । उनी अर्को साता नेपाल आउने भएकी एमसीएले जनाएको छ ।

उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारुढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम छ।

लामो समयसम्म एमसिसीका विभिन्न ओहदामा रहेर काम गरेकी सुमार केही समयअघि उक्त संस्थाको उपाध्यक्षमा नियुक्त भएकी हथिइन् । नेपालले अमेरिकासँग एमसीसीको सहयोग लिनेबारे अन्तिम छफलफहरू गर्दा सुमार पनि संलग्न थिइन्।

नेपाल र अमेरिकाका अधिकारीले २०१७ अप्रिल ५ मा हस्ताक्षर गरेको एमसिसीसम्बन्धी ‘एड मेमोयर’मा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसीसी तर्फबाट फतिमा सुमारले हस्ताक्षर गरेका थिए। वर्तमान सञ्चार सचिव अर्याल त्यो बेला अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख थिए। नेपालले त्यसपछि २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर गरेको थियो।

सो सहयोग सम्झौताअन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि ५०० मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ। सम्झौता नेपालको संसदले पारित गरेपछि मात्र लागु हुनेछ।

पार्टीहरूबीच विवादका कारणले अहिलेसम्म उक्त सम्झौता पास हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले सो सम्झौता संसदमा टेबल गरे पनि तत्कालिन नेकपाभित्रको विवादका कारण संसदमा छलफलका लागि पेस भएन। प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आउने अधिवेशनबाट उक्त सम्झौता पारित गराएर काम अघि बढाउने पक्षमा छन्।

प्रतिक्रिया