आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आजका लागि बालबाल बचे सभामुख

प्रकाशित
667
SHARES

काठमाडौ। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभि’योयगसम्बन्धी द्व’न्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् ।

द्व’न्द्वकालीन घटना भएकाले यो मुद्दालाई सुशीला कार्कीको पालामा संवैधानिक इजलासमा पठाइएको थियो । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए ।

साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् ।

२२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो ।

यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

यो पनि : प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा समाजबादी ओलीको रुवाबासी सुरु 

मोरङ  प्रदेश १ मा १० जना सांसदहरुले एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार उनीहरुले निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर सनाखत गरेका छन् ।

 

सांसदहरु राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, सावित्राकुमारी रेग्मी,कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले सनाखत गरेका हुन् ।

उनीहरुमध्ये राजेन्द्रकुमार राई भोजपुरको निर्वाचन क्षेत्र १(क), राजन राई खोटाङ १(क), खिनु लङबा इलाम १(क), गणेश पाँचथर १(क) र घिमिरे मोरङ १(ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

निर्वाचन कार्यालयमा १० जना सांसदहरुले सनाखत गरेसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमत परेको छ । मुख्यमन्त्री आचार्यलगायत सिंगो एमाले पार्टी पंक्तीले प्रदेश सांसदहरुलाई एकीकृत समाजवादीमा जानबाट रोक्न एक सातादेखि गरेको सम्पूर्ण प्रयत्न अहिलेसम्म असफल भएको हो ।

प्रदेशसभामा रहेको एमालेको एकल बहुमत कायम राख्नकै लागि एमालेले मुख्यमन्त्री परिवर्तन गरे पनि बहुमत जोगाउन नसकेको अवस्थामा पुगेकोले मुख्यमन्त्री आचार्यको पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।

सनाखतपछि निर्वाचन कार्यालयले प्रदेशसभा सचिवालयमा पत्र पठाएको दिनदेखि कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु गर्ने राईले बताए ।

तर, एमाले नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मंगलबारदेखि नै कांग्रेस र माओवादीका संसदीय दलका नेतालाई भेटेर सरकार गठनका लागि सहयोग लिन र दिन पहल थालिसकेका छन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ जना छन् ।

सुदूरपश्चिमका १३ सांसदले छोडे भीम रावलको साथ : सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसदले एमाले छोडेका छन् । यो प्रदेशसभामा भएको एमालेको सिट संख्याको बहमत हो ।

एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए । सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ ।

सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ ।

नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

प्रतिक्रिया