आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इण्डीयनसँग थरथरी काँपे देउवा (प्रमाण सहित )

प्रकाशित
632
SHARES

काठमाडौ। इण्डीयनसँग काँग्रेस सभापनि शेरबहादुर देउवा सरकार थरथरी काँपेको प्रमाण बाहिरिएको छ । एसइसबीलीले तुइनको तार काटिदिएर महाकाली नदि तर्ने क्रममा नेपाली युवा जयसिंह धामीले ज्यान गुमाएको घटनामा सत्यकुरा बोल्न सरकार डराएको हो ।

सरकारले बनाएको छानविन समितीले बल्लतल्ल आफ्नो प्रतिवेदन तयार पारेको छ । महिनौसम्म पनि प्रतिवेदन दिन नसकेर लाचार बनेको समितीले अन्तत प्रतिवेदन दिएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई बुझाइएको प्रतिवदेनमा इण्डीयन एसएसबीकै कारण धामीको ज्यान गएको हो भन्ने लेख्न डराएको छ ।

दार्चुला घटना छानबिन समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्ष निकालेको छ। एसएसवीले तुइनको तार काटेका कारण धामीको ज्यान गएको नलेखी उपस्थिती भन्ने शब्द लेखीएको छ । उपस्थिती भन्ने शब्दमै नेपाली पक्ष इण्डीया सँग कति डरायो भन्ने प्रष्ट हुन्छ ।

समितिले मंगलबार उक्त घटनाबारे बुझाएको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ।

यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ।आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ। आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

दार्चुलाको ब्याँस गाउँपालिका २ खाङदाङ मालका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए। तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन्।

साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार प्रतिवेदन बुझाएको हो।

केपी ओलीको सरणमा देउवा सरकार, हिजो राती घट्यो अनौठो घटना

नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरणमा पुगेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्नका लागि सहयोग माग्दै देउवा सरकार ओली निवास बालकोट पुगेको छ ।

देउवाको निर्देशनमा कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।

‘मैले एमाले अध्यक्षलाई भेटेँ’, कार्कीले सेतोपाटीसँग भने, ‘समसामयिक विषयमा राम्रै छलफल भएको छ। लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको छ।’ बजेट र एमसिसीबारे कुराकानी भएको छ भन्ने सेतोपाटीको प्रश्नमा कार्कीले ‘सबै विषयमा कुराकानी भएको’ बताए।

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन। त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।

कार्कीले संसदलाई प्रभावकारी बनाउने विषयमा धेरै समय कुराकानी भएको बताए। ‘एउटै भेटमा सबै कुरा टुङ्गो लाग्ने स्थिति छैन। सबै कुरामा छलफल भएको छ’ कार्कीले भने, ‘संसदलाई प्रभावकारी बनाउने विषयमा उहाँको चिन्ता चासो छ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीले पहिलोपटक प्रतिपक्षी दलका नेतासँग भेटेको बताए।

‘हामीले सरकारमा रहँदा प्रतिपक्षलाई राज्यको महत्वपूर्ण अंगको रुपमा मान्यौँ, समझदारी राखेर अघि बढ्यौँ। प्रमुख प्रतिपक्षी प्रमुख प्रतिष्पर्धी पनि हो तर सरकारले एउटा समझदारी राख्नुपर्छ भन्ने सदासर्वदाको भनाई हो’, नेम्वाङले भने, ‘हामीले सरकारमा रहँदा सर्वदलीय बैठक गरेका छौँ। त्यतिबेला प्रधानमन्त्रीले पटक पटक शेरबहादुरजीसँग भेटिरहनु हुन्थ्यो। यहि कुरा हामीले सम्झाएका छौँ।’

नेम्वाङले अहिले बनेको गठबन्धन सरकारले प्रतिपक्षसँग सम्बन्ध नराखेको बताए। ‘उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएनु, नेम्वाङले भने, ुयो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ।’

पछिल्लो समय सत्ता गठबन्धनका नेताहरुले प्रतिपक्षबारे गर्ने गरेको टिप्पणीबारे समेत नेकपा एमाले रूष्ट बनेको छ। नेपाली कांग्रेसले पनि त्यसमा साथ दिएको आरोप एमालेको छ।

‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ भनेर भनेका छौँ’, नेम्वाङले सेतोपाटीसँग भने, ‘तपाईंहरूले हाम्रो सरकारले ल्याएको अध्यादेश टेबल गर्न समेत नदिएर सदन अवरुद्ध गर्नुभयो। हामीले पहिलो बैठकमा अवरुद्ध गरेनौँ। हामी जिम्मेवार रुपमा प्रस्तुत हुन्छौँ भनेर भन्यौँ।’

नेम्वाङले सत्तारुढ नेपाली कांग्रेसलाई प्रतिपक्षीसँग सम्बन्ध राख्नुपर्छ भन्ने लागेको हुनसक्ने बताए। नेम्वाङले सत्तापक्ष र प्रतिपक्षबीच सम्पर्क कायम राखेर अघि बढ्न आफूले कार्कीलाई सुझाव दिएको बताए। ‘सायद प्रतिपक्षीसँग पनि सम्बन्ध राख्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुग्यो अथवा के भयो’, नेम्वाङले भने, ‘सरकारका कानून मन्त्रीले हेलो गर्न थाल्नुभयो।’

 

प्रतिक्रिया