एजेन्सी। अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएको छ । अमेरिकी रक्षा विभागले एक तस्वीर जारी गरेको छ । तस्वीर जारी गर्दै विभागले तस्वीरमा देखिएका यी सैनिक अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक भएको बताएको छ । विभागले यी सैनिक मेजर जनरल क्रिस डोनाह्यु भएको बताएको छ जो अफगानिस्तानबाट अमेरिका जान लागेको अन्तिम सी–१७ विमानमा चढ्दैछन् ।
The last American soldier to leave Afghanistan: Maj. Gen. Chris Donahue, commanding general of the @82ndABNDiv, @18airbornecorps boards an @usairforce C-17 on August 30th, 2021, ending the U.S. mission in Kabul. pic.twitter.com/j5fPx4iv6a
— Department of Defense 🇺🇸 (@DeptofDefense) August 30, 2021
उनको पूरा नाम क्रिस्टोफर टोड डोनाह्यु हो । उनी अमेरिकी सेनाका २ स्टार जनरल हुन् । उनी अहिले अमेरिकाको नर्थ क्यारोलिनाको फोर्ट ब्रागमा रहेको ८२ औं एयरबर्न डिभिजनका कमाण्डिङ जनरल हुन् । आफ्नो करिअरमा क्रिसले अमेरिकी सेना र स्पेसल अपरेशन युनिटमा स्टाफ र कमाण्डिङ पोजिसनमा रहेर काम गरेका छन् ।
न्यूयोर्कको वेस्ट प्वाइन्टमा रहेको अमेरिकी सैनिक एकेडेमीबाट ग्रयाजुएसनपछि सन् १९९२ मा क्रिसले सेकेण्ड लेफ्टिनेन्टको रुपमा इन्फेन्ट्री शाखामा काम सुरु गरेका थिए । उनको पहिलो असाइनमेन्ट दक्षिण कोरियामा सेकेण्ड इन्फान्ट्री डिभिजनमा प्लाटुन लिडरको रुपमा थियो । डोनाह्युले यो अवधिमा पूर्वी युरोप, मध्यपूर्व, दक्षिण पश्चिम एसिया र अफ्रिकामा विभिन्न मिशनमा काम गरेका छन् ।
यो पनि : बेलायती सेनाको ४० जवानको टुकडीले अफगानिस्तानमै बस्न अनुमति माग्यो
फगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम विष्फोटमा १७० भन्दा धेरै मानिसहरु मारिएका थिए । यी विष्फोटपछि अमेरिकाले आएसआइएस–के आतंकवादीहरुमाथि ड्रोन आक्रमण गर्यो । अब बेलायती सेनाको सास फाइटर्सको एक टुकडीले अफगानिस्तानमै बस्न अनुमति मागेको छ ।
बेलायती अखबार डेली मिररको एक रिपोर्टअनुसार काबुल विमानस्थलमा आत्मघाती आक्रमणमा मारिएका १३ अमेरिकी सैनिकको मृत्युको बदला लिनको लागि बेलायती सेनाको स्पेसल एयर सर्भिस (सास) को एक घातक टिम अझै केही दिन अफगानिस्तानमै बस्न सक्छ । सूत्रका अनुसार ‘हु डेयर विन्स रेजिमेन्ट’का ४० फाइटरहरुले युद्धग्रस्त अफगानिस्तानमै बस्न अनुमति मागेका छन् ताकि उनीहरुले आइएसआइएस केका आतंकवादीहरुसँगको लडाइँ निष्कर्षमा पुर्याउन सकुन् ।
सास फाइटरहरुले यो निर्णय त्यतिबेला गरेका हुन् जतिबेला बेलायतको अन्तिम विमान आफ्ना नागरिकलाई लिएर उडिसकेको थियो । तर, १५० जना बेलायती पासपोर्ट वाहक अझै काबुलमै फसेका छन् । अब सास फाइटरहरुले पूर्वी अफगानिस्तानकमा रहेको खतरनाक आतंकवादी संगठन आइएसआइएस केको आधार क्षेत्रमा गुप्त आक्रमण गर्नको लागि अफगान–पाकिस्तान सीमा क्षेत्रमा बेस स्थापना गर्ने सम्भावना छ । यो बेसको प्रयोग बेलायती सेनाको रोयल नेवीको एसबीएस विशेष बल, अमेरिकी सेनाको डेल्टा फोर्स र अमेरिकी नेवी सीलले पनि गर्नेछन् ।
अफगानिस्तानमा सास फाइटरहरुलाई ड्रोन तथा अमेरिकी र बेलायती स्ट्राइक विमानबाट सहयोग गरिनेछ । यद्यपि यी सैनिकलाई अफगानिस्तानमा काम गर्नको लागि तालिबानको अनुमति आवश्यक हुनेछ । यस्तोमा रक्षा सूत्रले अनुमति दिइने सम्भावना भएको बताएको छ ।
बेलायती र अमेरिकी विशेष बललाई यसअघि इराकमा टास्क फोर्स ब्ल्याकलाई जस्तै गरी संगठित गरिनेछ । यो विशेष बलले अफगानिस्तानमा आफ्नो काम गरिरहनेछ तर उनीहरुको संख्या निकै कम हुनेछ ।
अमेरिका, बेलायत र तालिबानले आफ्नो साझा दुश्मन इस्लामिक स्टेट खुरासानलाई समाप्त पार्नको लागि हात मिलाउन सक्ने बताइएको छ । काबुल विमानस्थलमा पनि यही आतंकवादी संगठनले आत्मघाती आक्रमण गरेको थियो ।
प्रतिक्रिया