आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

४७ वर्षपछि घर पुगे बलबहादुर, दर्दनाक प्रतिनिधि कथा’

प्रकाशित
1.5K
SHARES

काठमाडौ।  आठवर्षे उमेरमै बर्दियास्थित मूलघर छाडेर परदेसिएका बले क्षेत्री भण्डारी बलबहादुर ४७ वर्षपछि आफ्नो गाउँ फर्कंदा सुरुमा अलमल्ल परिरहे । आफूले जीवनमा नदेखेका नातागोताको हुलमा उनले ‘धन्यवाद–धन्यवाद’ मात्रै भन्न सके ।

हराएको दशकौंपछि चार वर्षअघि एकाएक कराची जेलमा भेटिएका बलहादुर इस्लामाबादस्थित नेपाली दूतावासको पहलमा सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । अहिले बाँके, हवल्दारपुर बस्दै आएका बलरामका भाइ गुमानसिंह दाजुलाई लिन काठमाडौं आएका थिए ।

आर्थिक स्थिति कमजोर भएका दाजुभाइमध्ये कराचीबाट फर्किएका बलबहादुरलाई होटल क्वारेन्टाइन र काठमाडौं–नेपालगन्ज फिर्ती टिकट वैदेशिक रोजगार बोर्डले बेहोरेको थियो । भाइ गुमानसिंहका लागि फिर्ती टिकट बुद्ध एयरका नेपालगन्ज इन्चार्ज विनीत शाहले बेहोरेका थिए । बलबहादुरलाई नेपालगन्जस्थित सामाजिक संस्था ‘अन्तराल’, फनपार्क ह्यापी वल्र्डका प्रबन्धक विजय भण्डारी र रक्षक सेक्युरिटिजको समूहले नेपालगन्ज एयरपोर्टमा स्वागत गरेको थियो ।

रोजगारीका क्रममा भारतको मुम्बई, मद्रास, केरलादेखि गुजरातसम्म चहारेर घर फर्कन नपाइरहेका बलबहादुरले अब आफ्नै घरगाउँमा सानोतिनो काम गरेर बस्ने इच्छा राखेका छन् । उनलाई फनपार्क ह्यापी वल्र्डसहितका नेपालगन्जका स्थानीय संघसंस्थाले रोजगारी दिने भएका छन् ।

भारतको गुजरातमा मछुवार काम गर्न गएका नेपालीहरू यसअघि पनि पाकिस्तानको कराची जेलमा थुनिएर घर फिर्ता हुँदै आएका थिए । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीका अनुसार पछिल्लो सूचनामा अहिले कराची वा अन्य सीमावर्ती जेलमा कोही पनि नेपाली छैनन् ।

पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले कराची जेलबाट उद्धार गरेर ल्याइएका बलबहादुरको समाचारलाई ‘तत्काल सुखान्त लागे पनि दर्दनाक प्रतिनिधि कथा’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । ‘राजदूत र नियोगहरूले सम्बन्धित मुलुकका जेलमा आफ्ना नागरिक छन् कि भनी खोजी गरेमा धेरै जानकारी आउने र उद्धार गर्न सकिने अनुभव छ । विगतका पटके प्रयासहरू नियमित र स्वत:स्फूर्त बन्न सकून्,’ उनले लेखेका छन् ।

प्रतिक्रिया