आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुख र ओली भनाभन, यस्तो छ भित्रि रहस्य

प्रकाशित
505
SHARES

काठमाडौ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताएका हुन।

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिड्न छाडेको बताए। उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे।

उनले भने–‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिड्न मान्दैनन्। बाटाबाट हिड्न मान्दैनन्। कान्ला कान्ला, भिर भिर कुद्छन्। निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ।

सम्मानित अदालतको कुरै नगरौँ। त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ। त्यही भइरहेको छ। हामी ति कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ। चिन्ता लोकतन्त्रको भविष्य प्रति गरिरहेका छौँ। किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए।

उनले भने–‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो। अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगड्म गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होईन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ।’

यसै गरि :

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन।मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे।

आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ। निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ। त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए।

उनले भने, ‘यो सनाखत भएको छ, अरु साथीहरु पनि थप हुन्छन । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ । त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद सचिवालयमा पेश गर्छाै, हाम्रो दलको संख्या यति छ भनेर ।

र हामी नेकपा एमालेमा छैनौं भनेर पेश गर्छौं । त्यो पेश गरेको दिनदेखिनै अहिलेको सरकार अल्पमतमा प¥यो। यो सरकारको अर्को ठाउँ छैन । अरु सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन। अवको सरकार मेरै नेतृत्वमा बन्छ ।

पार्टीको तर्फबाट त मलाईनै अघि सारिएको छ । सबै दलको सहमतीको क्यान्डिडेट हो म।’ नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमती दिएको पनि बताए।

यसै गरि :

लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ। झण्डै शून्य अवस्थामा रहेको नेकपा (एस) लाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन्। प्रभावशासली नेता सबै एमालेमै रहेको लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा (एस)मा सनाखत गरेकी हुन्।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेकी हुन्। उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ। घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरेकी छन्। उनले आफ्नो दलको लुम्बिनीमा चार दलीय गठबन्धनलाई समर्थन रहने बताइन्।

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद थिए। घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ। पाँच दलीय गठबन्धसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन्।

प्रतिक्रिया