आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महसुल नतिर्ने भन्दै नेपाल विद्युत प्राधिकरणलाई सिवम् सिमेन्टको धम्की

प्रकाशित
1K
SHARES

काठमाडौ।  नेपाल विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने भन्दै सिवम् सिमेन्टले धम्की दिएको छ । हेटौडा वितरण केन्द्रलाई बुझाउन पर्ने दुई अर्ब ३४ करोड रुपैयाँ नबुझाउने भन्दै भन्दै धम्की दिएको हो ।

कम्पनीले आफूले विजुली प्रयोग नगरेको जग हसाएको छ । यतिसम्म की सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो। तर हालसम्म पनि उक्त रकम तिरेको छैन।

बुधबार एक दैनिक पत्रिका सार्वजनिक सूचना प्रकाशन गरेर विद्यु्त महसुल नतिर्ने धम्की दिएको छ । सिमेन्ट विद्युत् महसुलबापत रु. दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलबापत सो रकम नतिरेको हो।

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाले जनाएको छ। प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन। सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ।

‘विद्युत् महसुल भुक्तानी गरी छुट समेत प्राप्त गरिरहेको यस शिवम् सिमेन्ट्स लिमिटेडमा करिब ५४००० भन्दा बढी सर्वसाधारण नेपाली नागरिकहरुको शेयर लगानी रहेको छ।’ उसले प्रकाशन गरेको सूचनामा लेखिएको छ, ‘तत्कालिन महसुल निर्धारण जायोगको मितिः २०७२/०९/२९ को १०३ औं बैठकबाट लोडसेडिङका खपत बिना लोडसेडिङ निरन्तर २४ सै घण्टा डेडिकेटेड फिडर मार्फत विद्युत उपभोग गर्न चाहाने उपभोक्ताहरुका लागि करिव ६७ प्रतिशत महंगो दर लाग्ने गरी डेडिकेटेड महसूल दर निर्धारण गरिएको थियो । तर यस उद्योगले डेडिकेटेड फिडर लाइनबाट विना लोडसेडिङ विद्यूत उपलब्ध गराई पाउन कहिले निवेदन पनि गरेको छैन ।’

सिमेन्टले प्राधिकरणले गलत विल पठाएको अरोप लगाएको छ । ‘प्राधिकरणले लोडसेडिङ तालिका प्रकाशन गर्दा शिवम् सिमेन्टको नामै समेत उल्लेख गरी तालिका प्रकाशन गर्ने र सधैं लोडसेडिङ हुने गरेको वास्तविकता हो । मितिः २०७५ बैशाख ३१ गते देखि मूलूक भर लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा पनि २०७७ साल आषाढसम्म बिना कारण लाग्दै नलाग्ने डेडिकेटेड दरको महसुलको गलत विल गरि पठाउने गरिएको छ ।’, उसले भनेको छ ।

२०७२ पौष देखि २०७४ आषाढ सम्मको छुट विल भनी करोडौँ रकम पत्र लेखि दाखिला गर्नु भनी महसूल निर्धारण आयोगको निर्णय र शर्त विपरित रकम माग गरी उपभोग नै नगरेको सुविधा बापत भुक्तानीको लागी पटकपटक धम्कीपूर्ण पत्राचार गरेको सिमेन्टको आरोप छ ।

विना लोडसेडिङ निरन्तर २४ सै घण्टा विद्युत सेवा पाउ भनी माग गरेको पत्र वा सो सेवा दिने विषयमा प्राधिकरणको संचालक समितिले स्वीकृति प्रदान गरेको निर्णय वा महसुल निर्धारण आयोगले तोकेको शर्त अनुसार हरेक दिनको टिओडी मिटरको डाटा डाउनलोड विवरण देखाई पुष्टि भएको अवस्थामा मात्र उक्त दरको महसल भुक्तानी गर्ने छौं भनी कम्पनीले पटक पटक निवेदन माग गरेको अवस्थामा समेत टिओडी मिटरको डाटा डाउनलोड गरी विवरण उपलब्ध गराउन बदनियत पूर्वक इन्कार गर्ने तर बारम्बार महसुल भुक्तानी गरेन भनी यस उद्योगको व्यवसायीक ख्याति र प्रतिष्ठा समेतलाई नकारात्मक असर पुऱ्याउने तथा यसै विषयमा सम्मानित अदालतमा विचाराधिन मुद्दालाई समेत प्रभावित पार्ने समेतका उद्देश्ले गलत किसिमले विभिन्त सूचना सम्प्रेषण र पत्राचार गत जस्ता कार्य गरेको प्राधिकरणलाई आरोप लगाएको छ ।

सिमेन्टले महसल निर्धारण आयोगको निर्णयको शर्त विपरितको महसुल दर लगाई तिर्न बुझाउन भनि जारी गरेको उक्त पत्र अनुसारको रकम यस कम्पनीले तिर्न बुझाउन बाँकी नै नराखेको हुँदा भुक्तानी गर्न नपर्ने र नसक्ने जनाएको छ ।

 

प्रतिक्रिया