काठमाडौ। दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ । समितिको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितीमा घटेको देखिएको उल्लेख गर्दै उनीहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
पीडितको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिस समेत गरेको
छ ।
यो पनि : मुख्यमन्त्री बन्ने इच्छा थिएन भीम आचार्य
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् ।
‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो ।’
पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो ।
तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए । मंगलबारको कार्यक्रममा मुख्यमन्त्री आचार्यले अहिले परिस्थिति अनुकुल नरहेको स्वीकार गरे ।
‘धेरै चिजहरु बिग्रिएको छ । राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरुबीच कन्फ्लिक्ट छ,’ कार्यक्रममा उनले भने, ‘(प्रदेशको) नामाङ्कन भएको छैन, नामाङ्कन गर्न दुई तिहाई चाहिन्छ । तर अहिले एकले अर्कालाई सहयोग गर्ने वातावरण दलहरुमा छैन ।’
पार्टी विभाजनपछिको एमालेमा धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको आचार्यले बताए । नेकपा एमाले छाडेका एक सांसदका अनुसार आचार्यले नयाँ पार्टीमा जानबाट ८ सांसदलाई रोकेका छन् ।
माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश १ मा उनको पक्षमा १८ सांसद थिए । अहिले राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनीता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन्
।नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ खुलेका १० सांसद मंगलबार धनकुटा पुगेका छन् । सोमबारसम्म विराटनगरको बिग होटलमा बसेका उनीहरुलाई सोमबार दिउँसो धरान हुँदै मंगलबार धनकुटा पुगेका हुन् ।
सांसदहरुको टोली बुधबार निर्वाचन कार्यालयमा गएर नयाँ दल रोज्ने तयारीमा छन् । नेकपा एकीकृत समाजवादी पार्टी मोरङ जिल्लाका प्रवक्ता ओसिम आलमले सांसदहरु धनकुटा पुगेको स्वीकार गरे ।
प्रतिक्रिया