आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारत र तालिबानबीच कतारमा वार्ता

प्रकाशित
320
SHARES

एजेन्सी।  अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित थियो ।

त्यसैगरी भारतले तालिबानको अल्पसंख्यकको विषय पनि उठाएको थियो । भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेका थिए । पछिल्लो समय तालिबान नेतृत्वले भारत यस क्षेत्रको महत्वपूर्ण शक्ति भएको भन्दै आफूहरुले सम्बन्ध विस्तार चाहेको बताउँदै आएको छ ।

अफगानिस्तानमा केही दिनमा सरकार बन्छ : पकिस्तानी विदेशमन्त्री

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले अफगानिस्तानमा केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् । मंगलबार इस्लामाबादमा जर्मनीका समकक्षी हेइको माससँगको भेटवार्तापछि बोल्दै उनले भनेका छन्, ‘हामीलाई आगामी दिनमा अफगानिस्तानमा सरकार गठन हुने विश्वास छ ।’

कुरेसीका अनुसार यसअघि तालिबानले अमेरिकी सेना फिर्ता गएपछि सरकारको घोषणा गर्ने बताएको थियो । उनले अफगानिस्तानबारे पाकिस्तानको नीति स्पष्ट रहेको पनि उल्लेख गरेका छन् । आफूहरुले समावेशी, सार्वभौम र समृद्ध अफगानिस्तान चाहेको उनको भनाइ छ । उनले अफगानिस्तान पनि शान्त रहेको र छिमेकी मुलुकसँग पनि शान्तिपूर्ण व्यवहार चाहेको बताएका छन् ।

कुरेसीले अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानलाई हरसम्भव सहयोगको लागि आग्रह गरेका छन् । पाकिस्तानमा अहिले ३० लाख अफगानी शरणार्थी रहेको र उनीहरुलाई सबै किसिमको सुविधा दिइएको कुरेसीको भनाइ छ । उनका अनुसार अफगानिस्तानसँगको सीमा खुला राखिएको छ र व्यापार तथा आवागमन भइरहेको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले बदलाको आक्रमण नगर्ने र मानवाधिकारको सम्मान गर्ने तालिबानको घोषणाको सम्मान गर्ने बताएका छन् । यद्यपि अझैसम्म पनि तालिबानले कसरी सरकार चलाउँछ र उसको शासनकालमा महिलाको अवस्था कस्तो हुनेछ भन्ने स्पष्ट भइसकेको छैन

समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल

एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन्। बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ। केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन्। यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको।

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन्। उनीहरुले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए। मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन्।

बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए। प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए।

तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए। प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए।

इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन् , ‘यो भिडियो अस्वभाविक छ। तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन्।

यसै गरि अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन्। उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिवान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,” उनले भने। अमेरिकीहरूले “सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दावी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए।

अफगानीहरूले आफ्नो स्वतन्त्रता, स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए। अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो।

 

प्रतिक्रिया