आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई धोकै धोका १२ सांसदले छोडे साथ नामावलीसहित

प्रकाशित
486
SHARES

काठमाडौ। १२ जना सांसदले नेकपा एमाले परित्याग गरेका छन् । यो वागमती प्रदेशको खवर हो । प्रदेशसभा १२ जना सांसदले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रबेश गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका हुन् ।उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

एमालेको साथ छोड्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर रहेका छन् । त्यस्तै, रमा आले मगर, कुसुमकुमार कार्की, कृष्ण खनालले पनि एमाले छोडेका छन् ।

सुदूरपश्चिमका १३ सांसदले छोडे भीम रावलको साथ

सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसदले एमाले छोडेका छन् । यो प्रदेशसभामा भएको एमालेको सिट संख्याको बहमत हो ।

एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए । सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ ।

सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ ।

नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

 

प्रतिक्रिया