आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई तह लगाउन निखिल उप्रेती मैदान, के हो यथार्थ ?

प्रकाशित
2.1K
SHARES

काठमाडौ। अभिनेता निखिल उप्रेतीसहितको टिमले एउटा मोर्च खडा गरेको छ । हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चा खडा भएको हो। मोर्चाको संयोजकमा पत्रकार देवप्रकाश त्रिपाठी रहेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा भएको हो ।

अभिनेता निखिल उप्रेतीले मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । मोर्चाका एक सदस्यका अनुसार पत्रकार त्रिपाठी संयोजक रहेको यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको छ ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत छन् । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउन छलफल भैरहेको तर, उनले कुनै निर्णय नदिएको ती सदस्यले जानकारी दिए । मोर्चाको घोषणा सभामा आफूलाई निम्तो आएपनि आफू नगएको र भविष्यमा राजनीतिक पार्टीमा लाग्ने इच्छा नरहेको अभिनेत्री श्वेता खड्काले जानकारी दिइन् ।

मोर्चा घोषणा लगत्तै त्रिपाठी र नायक निखिलसहितका पदाधिकारी भद्रकाली मन्दिरमा गएर सपथ खाएका थिए । घोषणापत्र पढेर सुनाउँदै नायक उपे्रतीले मूलधारका राजनीतिक दलले गर्दा देशको हालत बिग्रिएको भन्दै आलोचना गरेका थिए ।

मोर्चाको उद्देश्य जातिय राजनीति हुन नदिने, राष्ट्रवादी शक्तिलाई एकढिक्का बनाएर लैजाने, संघीयता खारेजी गर्नुपर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका माग छन् । डा. रामहरि उप्रेती महासचिव रहेको मोर्चालाई पार्टीकै रुप दिने वा मोर्चाकै रुपमा निरन्तरता दिनेबारे कुनै निर्णय नभएको ती सदस्यले जनाए ।

यो घोषणाले धर्मनिरपेक्षताको ओकालत गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमहल दाहाल प्रचण्डलाई झट्का लागेको छ । यो अभियानले प्रचण्ड लगायतका हिन्दु विरोधी तत्वहरुलाई परास्त गर्ने छ।

नेकपा एसबाट ६ महिने मन्त्री बन्दै गोविन्द बन्दी, प्रचण्डलाई झट्का

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (एस)बाट बरिष्ठ अधिबक्त गोविन्द बन्दी मन्त्री बन्ने भएका छन् । नाटकीय फेरबदल भएन भने नेकपा एसको कोटाबाट अधिवक्ता बन्दी मन्त्री बन्ने पक्का भएको छ ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डका कट्टर विराधी हुन् । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि नेकपा एसले यो प्रक्रियामा लामो समय काम गरेका बन्दीलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले नमानेका कारण गणेशदत्त भट्टको नाममा सहमति जुटेको थियो ।

अ‍ोलीले त्यसबेला नेकपाका अध्यक्ष प्रचण्ड र विपक्षी दलका नेता शेरवहादुर देउवालाई सँगै राखेर युद्धकालीन मुद्दाहरु तपाईहरुसँग जोडिएका छन्, तपाईहरुले जो भन्नुहुन्छ उसैलाई अध्यक्ष बनाउँछु भनेका थिए ।

बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्धन्द्धकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्डले उनीसँग कम्फरटेबल महशुस गरेका थिएनन् । उनलाई मन्त्री बनाउने भएपछि प्रचण्ड फेरी एकपटक झस्कीएका छन् ।

तर उनलाई माधव नेपालले फकाएको खुलेको छ । पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्डलाई कन्भिन्स गर्न सजिलो भएको थियो ।

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई ६ महिना मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको बताइन्छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् ।

बन्दीलाई सरकारमा सहभागी गराइयो भने उनी कानूनमन्त्री बन्नेछन् । नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनवीदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर सुनाएका थिए ।

यसै गरि : नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेका माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर भएका छन् । उनलाई अब वडा अध्यक्ष पनि जित्न नसक्ने विश्लेषण हुन थालेको छ ।

एमालेभन्दा ठूलो पार्टी बन्ने उद्घोषसहित नेकपा (एस) निर्माण गरेका नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएका छन् । नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको छ ।

नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभासम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको हो । नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीसहित पाँचैजना निर्वाचित सदस्यहरू एमालेमै रहने भएका छन् ।

नेपालको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन् भने कागेश्वरी मनहरा तथा शंखरापुर नगरपालिका पर्छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठसहित निर्वाचित सबै सदस्यले एमालेमै रहने घोषणा गरेका छन् ।

नेपालको पक्षमा कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ खुलेका छन् । शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरीकी उपमेयर विन्दु पुडासैनीसहित अधिकांस वडाध्यक्ष एमालेमै रहने भएका छन् ।

नेपालको क्षेत्रबाट एमालेले दुवै प्रदेशसभा सदस्य जितेको थियो । हाल वागमती प्रदेशको सभामुख रहेका सानुकुमार श्रेष्ठ र अर्का प्रदेशसभा सदस्य मणिराम फुयाल पनि एमालेमै रहने भएका छन् ।

जिल्ला कमिटी र नगर तथा वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र अधिकांस सदस्य पनि एमालेमै रहेको फुयालले बताए । उनले माधव नेपालको पक्षमा बढीमा १० प्रतिशत कार्यकर्ता जान सक्ने आँकलन गरेर उनीहरूलाई रोक्न आफूहरू लागेको बताए । कागेश्वरीको मेयर थापाले भने अहिले अधिकांस मान्छे एमालेमै रहने भने पनि चुनावको बेलासम्म माधव नेपाल उम्मेदवार हुँदा ठूला नेताकै पक्षमा लाग्ने दावी गरे ।

प्रतिक्रिया