आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्री शाक्य अल्पमतमा, ओलि ठुलो तनाबमा

प्रकाशित
589
SHARES

काठमाडौ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् ।

एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदौमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।

सुदूरपश्चिममा एमालेका १३ प्रदेश सांसद एकीकृत समाजवादीमा खुले

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) मा लागेका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ । सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा ९एस० मा सनाखत गर्न लागेका हुन् ।

सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

प्रतिनिधिसभा विघटनपछि माधव नेपाल समूहमा उभिएका १७ मध्ये १३ जनाले नयाँ पार्टीमा जाने निर्णय गरेका हुन् । यसअघि माधव समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह, प्रकाश रावल, पूर्वमन्त्री कृष्णराज सुवेदी, गोविन्द कुँवरले भने नयाँ पार्टीमा नजाने बताएका छन् । उनीहरु एमाले उपाध्यक्ष भीम रावल निकट मानिन्छन् । रावल माधवलाई छाडेर एमालेमा फर्किएका छन् ।

अहिले नेकपा एसमा जान चाहने प्रदेशसभा सदस्यको हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । हस्ताक्षर सकिएलगत्तै प्रदेश निर्वाचन आयोगमा सनाखत गराइने नेकपा एसकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।’आज नभए भोलिसम्म निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँछौं,’ उनले भनिन् । सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् ।

यो पनि : केपी ओलीलाई प्रदेश प्रदेशमा पछारे पछि  प्रचण्ड खुसि 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रदेश प्रदेशमा पछारेको बताएका छन् । उनले मधेश माओवादीको कब्जामा रहने र एक नं प्रदेशको सरकार पनि ढल्ने बताएका छन् ।

सर्लाही जिल्लाबाट विभिन्न पार्टी परिल्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई राजधानीको जोरपाटीमा स्वागत गर्दै दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘अव मधेशमा अरु पार्टीले होइन माओवादीले कब्जा जनाउने छ । माओवादी एक नम्बर पार्टी नभएसम्म यो देशमा राजनीतिक स्थीरता र विकास सम्भव छैन ।’

कार्यक्रममा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आगोसँग खेल्ने प्रयास गरेको र त्यसको परिणाम सत्ताच्युत भएर अहिले बस्नुपरेको पनि उनले बताएका थिए । उनले आफूलाई आगोसँग तुलना गरेका थिए । “मैले संसदको रोष्टमबाट केपीलाई भनेको थिएँ तिमी आगोसँग खेल्दै छौ, सावधान होऊ, अहिले देखे नि केपीले । खालि संघमा मात्र पछारिएको छैन प्रदेश प्रदेशमा पछारिएको छ । अव केही दिनपछि हेर्नुहोला प्रदेश एक र यो बागमती प्रदेशमा पनि ढल्दैछ उनको सत्ता ।”

‘जवसम्म माओवादी केन्द्रले प्रदेश नं २ का सबै जिल्ला र पूरै प्रदेशमा बहुमत ल्याउँदैन तवसम्म मधेशी जनताको मुक्ति सम्भव छैन । मधेश पूरै माओवादीमय हुनुपर्छ’, उनले भने । पार्टी प्रवेश गर्नेहरुलाई प्रचण्डले सही समयमा सही निर्णय लिएको भनेका थिए, ‘यही उचित समय हो ।’

“माओवादीवाहेक अरुको नेतृत्वमा सरकार बन्दा र माओवादीवाहेक अरुलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने कुरा हामीले भोग्यौँ, पार्टी एकत गर्यौं, केपी ओलीलाई प्रधानमन्त्री बनायौँ तर परिणाम के भयो ? झण्डै झण्डै संघीयता खारेज हुने चरणमा गयो, गणतन्त्र विघटन हुने खतरा पैदा भयो, सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी जोखिममा जाने परिस्थिति बन्यो”, उनले ओलीप्रति आक्रोश पोख्दै भने ।

“आफ्नो संघर्षबाट मधेशमा जागरण र चेतना अगाडि आयो । तर काम गर्ने कालु बसी खाने भालु भयो अहिले नेपालमा”, प्रचण्डले भने, “रगत बगाउनेहरु एकतिर परे, पहिचानविरोधीहरु सत्तामा पुगेर मधेशी जनताको पहिचानलाई कुल्चने दुस्साहस गरे ।” उनले यी सबै कुराको प्रतिरोध आफ्नो नेतृत्वमा गरेको पनि बताए ।

उनले चक्रघट्टा गाउँलाई स्मार्ट भिलेज बनाउने प्रतिबद्धता पनि जनाए । सर्लाहीका सांसद एवं पूर्वमन्त्री रामेश्वर राय यादव र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवको सक्रियतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा मनोज जैसवाललगायत करिव चारसय व्यक्तिहरु नेकपा एमाले र समाजवादी पार्टी छाडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिइएको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं सर्लाहीका माओवादी सांसद रामेश्वर राय यादवले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए।

प्रतिक्रिया