आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पंजशीरमा नर्दर्न एलायन्स र तालिबानबीच भीषण भि’डन्त, हजारा समुदायको सामूहिक ह’त्या

प्रकाशित
793
SHARES
A joint special forces team move together out of a U.S. Air Force CV-22 Osprey Feb. 26, 2018, at Melrose Training Range, New Mexico. At Emerald Warrior, the largest joint and combined special operations exercise, U.S. Special Operations Command forces train to respond to various threats across the spectrum of conflict. (U.S. Air Force photo/Senior Airman Clayton Cupit)

एजेन्सी। अफगानिस्तानको पंजशीरमा तालिबानले कैयौं तिरबाट आक्रमण र्ग थालेको नर्दन एलायन्सले जनाएको छ । पंजशीरका लडाकुहरुले पनि यसको जवाफ दिइरहेका छन् । यसअघि तालिबान सूत्रले पंजशीरका कैयौं गुट आफ्नो समर्थनमा आएको बताएको थियो । पंजशीरमा आक्रमणको कैयौं सूत्रले पुष्टि गरेका छन् । उता, दायकुन्द्री प्रान्तमा खदीर जिल्लामा तालिबानले हजारा समुदायका १४ जनाको सामूहिक ह’त्या गरेको छ ।

हजारा समुदायका कार्यकर्ताका अनुसार हजारा बहुल जिल्ला दायकुंदीमा तालिबानले नजीबा लाइब्रेरी र कम्प्युटर ल्याबमा तोडफोड र लुटपाट गरेका छन् । हजारा पत्रकार बशीर अहंगका अनुसार यो लाइब्रेरीमा स्थानीय हजारा किशोरकिशोरीहरु पढ्थे । अफगानिस्तानको अखबार इतलेआत रोजको दावीअनुसार दायकुन्द्री प्रान्तको खदीर जिल्लामा तालिबानले १४ जनालाई मारेको छ । यीमध्ये २ जना आम सर्वसाधारण हुन् । हजारा मामिलाबारे जानकारी राख्ने एक कार्यकर्ताका अनुसार स्वतन्त्र रुपमा पीडितसँग कुरा गर्ने अवस्था छैन तर स्थानीय मिडियाले १४ जना मारिएको समाचार प्रकाशित गरेको छ ।

आधुनिक तालिवान शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल

एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन्। बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ। केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन्। यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको।

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन् । उनीहरुले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए । मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन्।

बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए । प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए।

तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए । प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए।

इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन् , ‘यो भिडियो अस्वभाविक छ । तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन्।’

बेलायती सेनाको ४० जवानको टुकडी अफगानिस्तानमै बस्ने, यस्तो छ रहस्य

अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम विष्फोटमा १७० भन्दा धेरै मानिसहरु मारिएका थिए । यी विष्फोटपछि अमेरिकाले आएसआइएस–के आतंकवादीहरुमाथि ड्रोन आक्रमण गर्यो । अब बेलायती सेनाको सास फाइटर्सको एक टुकडीले अफगानिस्तानमै बस्न अनुमति मागेको छ ।

बेलायती अखबार डेली मिररको एक रिपोर्टअनुसार काबुल विमानस्थलमा आत्मघाती आक्रमणमा मारिएका १३ अमेरिकी सैनिकको मृत्युको बदला लिनको लागि बेलायती सेनाको स्पेसल एयर सर्भिस (सास) को एक घातक टिम अझै केही दिन अफगानिस्तानमै बस्न सक्छ । सूत्रका अनुसार ‘हु डेयर विन्स रेजिमेन्ट’का ४० फाइटरहरुले युद्धग्रस्त अफगानिस्तानमै बस्न अनुमति मागेका छन् ताकि उनीहरुले आइएसआइएस केका आतंकवादीहरुसँगको लडाइँ निष्कर्षमा पुर्याउन सकुन् ।

सास फाइटरहरुले यो निर्णय त्यतिबेला गरेका हुन् जतिबेला बेलायतको अन्तिम विमान आफ्ना नागरिकलाई लिएर उडिसकेको थियो । तर, १५० जना बेलायती पासपोर्ट वाहक अझै काबुलमै फसेका छन् । अब सास फाइटरहरुले पूर्वी अफगानिस्तानकमा रहेको खतरनाक आतंकवादी संगठन आइएसआइएस केको आधार क्षेत्रमा गुप्त आक्रमण गर्नको लागि अफगान–पाकिस्तान सीमा क्षेत्रमा बेस स्थापना गर्ने सम्भावना छ । यो बेसको प्रयोग बेलायती सेनाको रोयल नेवीको एसबीएस विशेष बल, अमेरिकी सेनाको डेल्टा फोर्स र अमेरिकी नेवी सीलले पनि गर्नेछन् ।

अफगानिस्तानमा सास फाइटरहरुलाई ड्रोन तथा अमेरिकी र बेलायती स्ट्राइक विमानबाट सहयोग गरिनेछ । यद्यपि यी सैनिकलाई अफगानिस्तानमा काम गर्नको लागि तालिबानको अनुमति आवश्यक हुनेछ । यस्तोमा रक्षा सूत्रले अनुमति दिइने सम्भावना भएको बताएको छ

।बेलायती र अमेरिकी विशेष बललाई यसअघि इराकमा टास्क फोर्स ब्ल्याकलाई जस्तै गरी संगठित गरिनेछ । यो विशेष बलले अफगानिस्तानमा आफ्नो काम गरिरहनेछ तर उनीहरुको संख्या निकै कम हुनेछ ।

अमेरिका, बेलायत र तालिबानले आफ्नो साझा दुश्मन इस्लामिक स्टेट खुरासानलाई समाप्त पार्नको लागि हात मिलाउन सक्ने बताइएको छ । काबुल विमानस्थलमा पनि यही आतंकवादी संगठनले आत्मघाती आक्रमण गरेको थियो ।

यो पनि : ‘यति धेरै पाकिस्तानी अफगानिस्तान किन आइरहेका छन् 

काबुलमा एउटा अर्को अत्यन्तै व्यस्त दिन थियो । यहाँबाट कतार जाने यात्रुहरुले होटल खचाखच भरिएका थिए । यसका साथै ठूलो संख्यामा पाकिस्तानी पत्रकार पनि यहाँ पुगे । यस्तो लागिरहेको थियो मानौं मौरीहरुले आक्रमण गरेका छन् । विदेशी पत्रकार यहाँबाट फर्किने तयारीमा छन् । भीड यति थियो कि मलाई होटलको डाइनिङ एरियामा आफ्नो लागि बस्ने ठाउँ समेत खोज्नुपर्यो । होटलका कर्मचारीहरुले बताए कि नाश्ताको सामान लगभग सकिइसकेको छ ।

नाश्ताको टेबल होस् वा यस्तो कुनै पनि ठाउँ जहाँ हामी केही समयका लागि बस्छौं भने एयरपोर्टकै बारेमा कुरा गछौं । कहिले नर्थ गेटको बारेमा, कहिले इस्ट गेटको बारेमा कहिले… । मलाई त्यस दिन होटलबाट फेरि एयरपोर्ट जानु थियो । तर पहिले हामी मेयर कार्यालय गयौं जसलाई सिटी हल भनिन्थ्यो । त्यहाँ पुगेपछि थाहा भयो त्यहाँ काम त सुरु भएको छ तर करिब ७० प्रतिशत स्टाफ अझै पनि काममा फर्किएका छैनन् । त्यहाँ केही महिलाहरु थिए तर उनीहरु कसैको अन्तरवार्ता गर्न पाउनु सम्भव थिएन ।

जब मैले एक महिलासँग कुरा गर्ने कोसिस गरें उनले जागिरका कारण आफूलाई कुरा गर्ने अनुमति नभएको बताइन् । यद्यपि उनले यति पक्कै भनिन् कि उनलाई अहिलेसम्म कुनै समस्या छैन । अर्का एक व्यक्तिले भने २ महिनादेखि पारिश्रमिक नपाएको बताए । अब काबुलका सडकमा नियमित सफाइको काम सुरु भएको छ । तालिबानले यहाँ अलग मेयर नियुक्त गरेका छन् तर उनको साथमै पूर्व मेयर पनि काम गरिरहेका छन् ।

यहाँबाट हामी काबुल हावाइ अड्डाको उत्तरी द्वारतर्फ बढ्यौं । टाढैबाट वाहनहरुको लामो लाइन देखिनथ्यो । तीन किलोमिटरसम्म केवल मानिस नै मानिस, गाडी नै गाडी, जो कोही उत्तरी गेटसम्म पुग्ने कोसिस गरिरहेका थिए जहाँ अफगान सेना तैनाथ छ । जब–जब हामी हवाइ अड्डाको नजिक पुगिरहेका थियौं गोलीको आवाज चर्को हुँदै गइरहेको थियो ।

जब हामीले त्यहाँ भएका मानिसहरुसँग कुरा गर्ने कोसिस गर्यौं, अफगानी सैनिकले कडा रुपमा हामीलाई त्यहाँबाट जान भने । सैनिक निकै आक्रोशित देखिएका थिए । उनीहरुको हातमा कोर्राजस्तै केही थियो । उनीहरुले हामीलाई २ पटक हिर्काए पनि । पछि उनीहरुले हाम्रो कार्ड हेरे र हामीलाई जान दिए ।

दिनको अन्तिम खबर तालिबानको नेतृत्वमा आयोजित पहिलो लोया जिरगा थियो । यहाँ केही पत्रकार मित्रहरुले बताए कि जिरगामा ५०० भन्दा अधिक मौलवी सहभागी भए र तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि आफ्नो कुरा राखे । उनले मदरसा र स्कुल शिक्षाबारे कुरा गरेको बताइयो । उनको हवाला दिँदै मानिसहरुले बताएअनुसार उनले अफगानिस्तानमा बस्न कुनै खतरा नभएको र बाहिरको स्थिति झनै खराब भएको बताए ।

मंगलबार अफगानिस्तानबाट ४ विमान उडे । तर, अहिलेसम्म यो कुरा थाहा हुन सकेको छैन कि पाकिस्तानको पीआइएले आफ्नो उडान किन रद्द गर्नुपर्यो । जब हामी होटल फर्कियौं त्यसपछि एक पटक फेरि स्पेशल इमिग्रेसन भिसाको लागि उर्लिएको भिडसँग सामना भयो । यी ती परिवार हुन् जसले विदेशी मिडिया वा अन्य कुनै सन्दर्भमा दोभाषेको रुपमा काम गरेका थिए ।

उनीहरुको अनुहासमा उदासी स्पष्ट देखिन्थ्यो । लाग्थ्यो कसैले उनीहरुलाई जबरजस्ती उनीहरुको देशबाट निकाल्दैछ र उनीहरुसँग कुनै विकल्प बाँकी छैन । कोठाबाट निस्किनुभन्दा पहिले मैले होटलबो लबीमा उभिएका दर्जनौं तालिबानमध्ये एकसँग कुरा गरें । जब मैले उनलाई भनें कि म पाकिस्तानी हुँ, उनले रिसाएर मलाई सोधे ‘तपाइँहरु यति धेरै पाकिस्तानी अफगानिस्तान किन आइरहनुभएको छ ?’

प्रतिक्रिया