काठमाडौ। नेपालकी प्रथम महिला डा. आरजु राणा देउवाले नेकपा माओवादी केन्द्रका विरुद्ध एक्सनमा उत्रिएकी छिन् । कथित जनयुद्धका नाममा १७ हजार नागरिकको ज्यान लिएको माओवादीले नेपालको परम्परा र संस्कृति पनि मास्ने काम गरेको भन्दै आरजु एक्सनमा उत्रिएकी हुन् ।
सनातन धर्म संस्कृतिको रक्षामा अग्रसर प्रथम महिला आरजु अहिले गौरा मनाउन धनगढी पुगेकी छन् । गौरा मनाउने क्रममा आरजुले माओवादीले आफ्नो परिवारका महिलालाई दिएको दुस्ख र कर्तुतबारे मुख खोलेकी हुन् ।
केन्द्रमा सत्ता साझेदार रहेको माओवादीको आरजुले धर्म संस्कृति रक्षाका क्रममा भण्डाफोर गरेकी हुन् । जनयुद्धका नाममा माओवादीले संस्कृत शिक्षा नै मासेको थियो । जसकारण अहिले नेपालमा चरम सांस्कृतिक विचलन आएको छ । विदेशी संस्कृति नक्कल गर्ने र आफ्नो बिर्सिने क्रम बढ्दै गएको छ ।
यस्तो बेला आरजु धार्मिक जागरण अभियानमा सक्रिय छिन् । उनले हरेक चाड सार्वजनिक रुपमै मनाउने गरेकी छन् । यसैक्रममा उनी धनगढी पुगेर संस्कृति मास्ने अभियानको नेतृत्व गरेको माओवादीको भण्डाफोर गरेकी हुन् ।
माओवादी कारण आफ्नो परिवारले गाउँमा गौरा मनाउन नपाएको, घर ध्वस्त पारिएको र काठमाडौंमा गुरु ९पण्डित० मगाएर मनाउनुपरेको बताउँदै आरजुले माओवादीको कर्तुत बाहिर ल्याएकी हुन् ।
‘परिवारमा परम्पराकालदेखि नै गौरा पर्व मनाउँदै आएका छौं । पहिले देउरानीहरुले पहाडकै घरमा गर्नुहुन्थ्यो । पछि माओवादी कालमा घर पनि ध्वस्त पार्यो । उहाँहरुलाई बस्न गाह्रो भएपछि उहाँहरु विस्थापित भएर यहाँ (धनगढी) बस्नुभएको थियो । पूजा गर्न गाउँ जानुपर्ने धेरै त्रास थियो । त्यो बेलामा मैले काठमाडौंमा लगेर उतै पूजा गर्ने गरेको थिए,’ आरजुले भनिन् ।
आरजुले परापूर्वकालदेखि चलिआएको संस्कृतिलाई अगाडि बढाउन आफू धनगढी गौरा मनाउन आएको पनि बताइन् ।
‘अहिले यहाँ (धनगढी) घर भएपछि यहाँ मनाउछौं । यहाँका मान्छे अझै रमाउँछन् । त्यहीँ भएर यहाँ आएर मनाउँदैछु । यो हाम्रो इतिहास बोकेको पर्व हो । संस्कृतिलाई अगाडि बढाउन आए । म गौराको व्रत बसेको १६÷१७ वर्ष भइसक्यो ।’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘नजिक गौरा ल्यायो भनेर भन्दा जेठा दिदीहरु दंग हुनुहुन्छ । मलाई पनि रमाइलो लाग्छ । मेरो गौरा अब सधै यतै हुन्छ । सारिरहनु हुन्न । गुरु पनि यतै बस्नुहुन्छ । परिवारै यहीँ छ । नत्र गुरुलाई पनि उतै लानुपर्थ्यो हामीले । अहिले आउन जान गाह्रो छ । हामी यतै मनाउँछौं ।’
यो पनि: माओवादी केन्द्रको सर्कुलर जारि
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिले तयार पारेको सर्कुत तल्ला कमिटिमा पठाएको छ । सर्कुलरमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदै कम्युनिस्ट घटकहरुबीचको एकताको पहल पनि जारी राख्ने नीति लिएको छ ।
पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै क्रान्तिकारीहरुको बीचको एकता र ध्रुवीकरणको निम्ति पनि पहल गर्नुपर्ने माओवादीको निष्कर्ष छ ।
यस्तै, सो पार्टीले विगतमा एमालेसँग एकता गर्नु कतिपय कमजोरीका बीच पनि सही भएको ठहर गर्दै त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने औंल्याएको छ ।
‘हाम्रो पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै हामीले क्रान्तिकारीहरुको बीचको एकता र धु्रवीकरणको निम्ति पनि पहल गर्नु पर्दछ’, माओवादी केन्द्रको निष्कर्ष छ ।
‘तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्माण र सञ्चालनको क्रममा कतिपय कमीकमजोरीहरू भएको हुन सक्दछ र त्यसलाई आवश्यकता अनुसार समीक्षा गर्न सकिन्छ ।’
हालै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकमा पारित प्रतिवेदनमा अगाडि भनिएको छ, ‘पार्टी एकीकरण र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण ऐतिहासिक महत्त्वको सही कदम नै हो । त्यसबाट शिक्षा लिनुको अर्थ एकता र ध्रुवीकरणको आवश्यकताबाट विचलित हुनु होइन भन्ने कुरामा स्पष्टताको आवश्यकता छ ।’
यस्तै माओवादी केन्द्रले ५ दलीय गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यस्तो गठबन्धनलाई चुनावसम्मै अघि बढाउनुपर्नेमा जोड दिएको छ । माओवादीको बुझाइमा ५ दलीय गठबन्धन प्रतिगमनविरुद्धको संघर्षको क्रममा आवश्यकताले जन्म भएको हो ।
उसले भनेको छ, ‘यो गठबन्धन र यसमा आधारित संयुक्त सरकारलाई प्रतिनिधिसभाको कार्यकालको पूर्णता र संविधान अनुरुप निर्वाचन सम्पन्न गर्ने बिन्दुसम्म सफलतापूर्वक अघि बढाउनुपर्दछ ।’
बैठकपछि अध्यक्ष प्रचण्डले गरेको सर्कुलरमा अगाडि भनिएको छ, ‘प्रतिगमन र बाह्य हस्तक्षेपको खतराको सापेक्षतामा नै यस प्रकारको गठबन्धनको औचित्य वा निरन्तरता निर्धारित हुनेछ ।’
माओवादीले पुस ११, १२ र १३ गते आयोजना गर्ने निर्णय गरेको राष्ट्रिय सम्मेलनकै लागि भनेर तीन महिने अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार भाद्र मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गरिनेछ भने आश्विन १० गते सेल र टोल भेला गरी कमिटी गठन÷पुनर्गठन गरिनेछ ।
त्यसैगरी आश्विन २० वडा सम्मेलन सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ भने कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन सम्पन्न तय गरिएको छ । यसैगरी कार्तिक ७ गतेदेखि मंसिर १४ गतेसम्म संगठन सुदृढीकरण र जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले मंसिर १५ गते प्रदेश सम्मेलन गर्नेछ ।
माओवादीको सर्कुलरमा राष्ट्रिय स्वाधीनता र प्रतिगमनको खतराप्रति अझै सचेत हुन भनिएको छ । सर्कुलरमा भनिएको छ, ‘नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तनका उपलब्धीहरु, संघीय गणतन्त्रात्मक समाजवाद उन्मुख समावेशी लोकतन्त्र र संविधानमाथि तत्कालिन प्रधानमन्त्री केपी ओलीद्वारा प्रतिगामी कोणबाट प्रहार भएपछि हाम्रो पार्टीले प्रारम्भदेखिनै प्रतिगामी कदमको विरुद्ध संघर्ष र त्यस विरुद्धको व्यापक मोर्चा निर्माणमा नेतृत्वदायी पहल गरेको थियो ।’
माओवादीको सर्कुलरमा प्रतिगमनविरोधि संघर्षको आवश्यकता औंल्याउँदै भनिएको छ, ‘त्यो संघर्ष र त्यसका निम्ति गरिएको पहल एवम् प्रयत्न सार्थक भई सम्पूर्ण प्रतिगामी शक्तिहरुको संघर्ष (राजनीतिक र कानूनी संघर्ष) र अदालतको संविधानसम्मत ऐतिहासिक फैसलाको परिणाम स्वरुप प्रतिगामी कदम असफल भएको छ ।’
हाल संविधान र लोकतन्त्रलाई ‘लिक’ मा ल्याउने कार्यमा सफलता प्राप्त भए पनि प्रतिगमनको खतरा कायमै रहने हुँदा सचेत बनिराख्नुपर्ने प्रचण्डको निर्देशन छ । माओवादीले भनेको छ, ‘प्रतिगमनसँग जोडिएको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति र बाह्य हस्तक्षेपकारी प्रवृत्तिलाई परास्त गर्न पनि वर्तमान सन्दर्भमा सफलता प्राप्त भएको छ । तथापि राष्ट्रिय स्वाधिनता र प्रतिगमनको खतराप्रति अझै सचेत हुनु आवश्यक छ
।’माओवादीले केन्द्रीय समितिबाट पारित भएको प्रतिवेदनको महत्त्वपूर्ण पक्षका रुपमा क्रान्तिकारी पार्टी निर्माणलाई राखेको छ । क्रान्तिकारी पार्टी निर्माणकै लागि आधारका रुपमा आगामी पौष ११, १२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने र त्यसलाई केन्द्रमा राखेर चार महिनाको सदस्यता नवीकरण, वितरण, अधिवेशन, समिति निर्माणसहितको संगठन सुदृढीकरण अभियान चलाउने उल्लेख गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि सम्पूर्ण ध्यान, योजना र रणनीति बनाउनुपर्नेमा जोड दिए पनि कस्तो रणनीति बनाउने भन्नेबारे भने माओवादीले केही बोलेको छैन । यद्यपि हालको संगठनात्मक यथास्थिति र आवश्यकता बीचको अन्तरविरोधलाई समाधान गर्ने संकल्प र साहस गर्नुपर्ने प्रचण्डले बताएका छन् ।
संगठनात्मक यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्दै क्रान्तिकारी रुपान्तरण एवं पुनर्गठनको दिशामा फड्को मार्नुपर्ने आवश्यकता प्रचण्डले सर्कुलरमा औंल्याएका छन् ।
यस्तै प्रचण्डले पार्टीको संशोधित अन्तरिम विधान २०७३ को मुख्य पक्षबारे पनि ब्याख्या गरेका छन् । सर्कुलरमा उनले माओवादी जनआधारित कार्यकर्ताहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको उल्लेख गरेका छन् ।
संविधानले संस्थागत गरेको संघीयताको मर्म अनुरुप पार्टी जिल्ला समितिहरूको व्यवस्था खारेज गरिएको र जिल्लाहरुमा अब जिल्ला समन्वय समिति मात्र रहने भन्दै प्रचण्डले अब निर्वाचित ३ तह केन्द्र, प्रदेश र स्थानीय तह मात्रै रहने स्पष्ट गरेका छन् ।
प्रतिक्रिया