आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानलाई लिएर चीनले यसो भनेपछि विश्वभर तरंग, अमेरिका तनाबमा

प्रकाशित
1.1K
SHARES

काठमाडौ। अफगानिस्तान कब्जा गरेर विश्वभर तहल्का मच्चाइरहेको तालिबानलाई लिएर चीनले अमेरिकासहित पुरै विश्वभरका देशले तालिबानलाई मद्दत गर्नुपर्ने बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग सोमबार टेलिफोनमा कुरागर्दै पछिल्लो समय अफगानिस्तानमा बद्लिएको परिस्थिती हेर्दा अमेरिकासहित विश्वले नै तालिबानलाई सहयोग गर्नुपर्ने देखिएको चीनले बताएको हो।

यीले तालिबानसँग विश्वले सम्पर्क स्थापित गर्नपुर्नेमा पनि जोड दिएका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यीले ब्लिंकेनसँग तालिबानलाई सही मार्गदर्शन दिइनुपर्ने पनि बताए।

अफगानिस्तानलाई यतिबेला आर्थिक, मानवीय र जनजिविकासँग सम्बन्धित सहयोगको खाँचो भएको र तालिबान नेतृत्वमा भएकाले तालिबानलाई सहयोग गर्नुपर्ने चीनको भनाइ छ।

चीनका अनुसार तालिबानको नयाँ राजनीतिक ढाँचा, सरकारी संस्थानलाई सामान्य रुपमा संचालनमा ल्याउन, त्यहाँको सामाजिक सुरक्षा र स्थिरता कायम राख्न तथा मुद्रास्फितिलाई नियन्त्रण गर्न एबम् शान्तिपूर्ण पुननिर्माणको लागि तालिबानलाई वैश्विक सहयोगको खाँचो छ।

यता अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो यु द्ध अन्त्य भएको हो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए । उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’

उनका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले अगाडि भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् । हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार नै एउटा वक्तव्य जारी गर्दै अमेरिकी सेनालाई धन्यवाद दिएका छन् । तोकिएको समयभित्र सबै फर्किन सफल भएको उनले जनाएका छन् । ‘गत १७ दिनमा हाम्रो सेनाले अमेरिकी इतिहासकै ठूलो हवाई उद्धार गरेको छ । अमेरिकी नागरिक, हाम्रा सहयोगी मुलुकका नागरिक र अफगानी नागरिक गरी १ लाख २० हजारभन्दा बढीको उद्धार भएको छ । उनीहरूले यो कार्य बेजोड साहस, व्यावसायिकता र संकल्पका साथ गरेका हुन्,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ । उनले अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थिति सकिएको पनि बताए । ‘अब अफगानिस्तानमा २० वर्षदेखिको हाम्रो सैन्य उपस्थिति सकिएको छ,’ उनले भने ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले सोमबार अमेरिकाले अफगानिस्तानबाट १ लाख २२ हजारभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका थिए । अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक मेजर जनरल क्रिस डोनाहुवे हुन् । उनी ८२औं एअरबर्न डिभिजनका कमान्डर हुन् । उनीसँगै काबुलस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स रोस विल्सन पनि स्वदेश फर्किएका छन् ।

यससँगै काबुलमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति शून्य हुन पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार काबुलस्थित अमेरिकी दूतावास तत्कालका लागि सञ्चालनमा आउनेछैन । तर पनि अफगानिस्तानमा रहने अमेरिकी नागरिकप्रति भने सरकार उत्तरदायी र जिम्मेवार रहने मन्त्रालयले जनाएको छ ।

एक यु द्ध, चार राष्ट्रपति

अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थितिका बीच अमेरिकामा चार राष्ट्रपतिले शासन गरेका थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा अमेरिकी सेना पठाउने राष्ट्रपति हुन्, जर्ज डब्लू बुस । त्यसपछि जारी द्वन्द्वका बीच दुई कार्यकाल बाराक ओबामा अमेरिकाका राष्ट्रपति भए । त्यसपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्ने र अमेरिकी सेनालाई घर फर्काउने वाचा गरेका थिए । तर अमेरिकी सेना फर्काउने जिम्मेवारी भने वर्तमान राष्ट्रपति जो बाइडेनको काँधमा आइपुग्यो ।

अफगानिस्तानमा अमेरिकाले झन्डै २ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यस्तै २० वर्षको अवधिमा करिब २ हजार अमेरिकी सेनाले ज्यान गुमाएका छन् । यही अवधिमा युद्धकै कारण ज्यान गुमाउने अफगानीको संख्या १ लाख ७० हजारभन्दा बढी छ । अमेरिकाले अफगानिस्तानमा ठूलो धनराशि र मानवीय क्षतिका बाबजुद शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

कति छ तालिबानको सम्पत्ति ? संगठन चलाउन कहाँबाट ल्याउँछ पैसा ?

अफगानिस्तानको सत्ता तालिबानको हातमा गइसकेको छ। भोलि अन्तिम दिनसम्म अमेरिकाले पनि अफगानिस्तान छाडिसक्नेछ। यससँगै अमेरिकाको सबैभन्दा लामो मानिएको युद्ध समाप्त हुन गइरहेको छ। अमेरिका सन् २००१ देखि यो वर्षसम्म तालिबानसँगको युद्धमा होमिएको थियो। वास्तवमा तालिबानका लागि सरमनरी र नेटो गठबन्धन सेनासँगको संघर्ष निकै कठिन रह्यो। उसका सामू विश्वका धनी देशका सेनाहरु थिए जसलाई न पैसाको कमी थियो न आधुनिक हतियारको नै। यस मामिलामा तालिबानको अवस्था तुलनात्मक रुपमा कमजोर नै थियो।

बीबीसीहिन्दीका अनुसार सन् २०११ मा तालिबान लडाकुहरुको संख्या ३० हजार थियो। तर २०२१ मा आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखको बीचमा पुगेको छ। यस्तो स्थितिमा यति ठूलो संगठन र चरमपन्थी अभियानहरु चलाउनका लागी ठूलो आर्थिक सहयोगको आवश्यकता पर्दछ। तालिबानले यो आर्थिक सहयोग कहाँ बाट पाउँछ? उसलाई देशभित्र वा बाहिर कहाँबाट मिल्छ आर्थिक सहयोग?

तालिबान कति धनी?
तालिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शासन गरेको थियो। तर तालिबानको आम्दानीका बारेमा कसैलाई पनि ठोस जानकारी छैन। तालिबानसँगको सम्पत्ति र आम्दानीका बारेमा अनुमान भने लगाउन सकिन्छ। यद्यपि बीबीसीले अफगानिस्तान भित्र र बाहिर रहेका धेरै मानिसहरुसँग कुरा गरेर धेरै जानकारी जम्मा गरेको छ। बीबीसीका अनुसार तालिबानको आर्थिक अवस्था जटिल छ।

२०११ मा तालिबान को वार्षिक आय लगभग २९ सय करोड रुपैयाँ थियो। तर बीबीसीले खोजबाट २०१८ को अन्त्यसम्म उक्त आय बढेर ११ हजार करोेड पुगेको पत्ता लगायो। अबको केहि दिनमा तालिबान अफगानिस्तानको सरकार चलाउन गइरहेको छ। यस्तोमा उसको आर्थिक स्थिति धेरै माथि उकासिनेछ।

तालिबानको आम्दानीका प्रमुख चार स्रोत

तालिबानको बारेमा एउटा आम धारणा छ। उसको आम्दानीको मुख्य स्रोत अफिम र हेरोइन हो भन्ने गरिन्छ। तर यस विषयका जानकारहरु यो कुरा सही नभएको बताउँछन्। विशेषज्ञहरुका अनुसार अफिमबाहेक तालिबानले आफ्नो कब्जामा रहेका क्षेत्रहरुमा लगाईने विभिन्न प्रकारका करहरुबाट पनि कमाई गर्दछ। यससँगै विदेशबाट दान र खनिजको व्यापार पनि उनको कमाईको स्रोत हो।

१. विदेशी दान
पूर्व अफगानिस्तान सरकार र अमेरिकी अधिकारीहरुले लामो समयदेखि पाकिस्तान, इरान, रसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार लगायत धेरै खाडी देशहरुले तालिबानलाई आर्थिक सहयोग प्रदान गरेको आरोप लगाउँछन्। तालिबानसँग ती देशको सम्बन्ध लामो समयदेखि रहिआएको छ। तर, यी देशहरुले यो तथ्यलाई कहिल्यै स्वीकार गरेका छैनन्।

यो पनि मानिन्छ कि खाडी देशहरु जस्तै साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, पाकिस्तानसहितका नागरिकहरुले तालिबानलाई मुस्लिम भएका कारण व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन्। विदेशबाट तालिबानलाई दिइने सहायताको सही आँकडा थाहा पाउन असम्भव छ। तर विज्ञहरुका अनुसार तालिबानलाई विदेशबाट वर्षेनी लगभग ५०० मिलियन डलर अर्थात ३६ सय करोड रुपैयाँ प्राप्त हुन्छ। यसअघि एक अमेरिकी गुप्तचर रिपोर्टले अनुमान गरेको थियो कि तालिबानले २००८ मा विदेशबाट १०.६ करोड डलर पाएको थियो।

२. अफिमको व्यापार
तालिबानहरुले लामो समयदेखि अफीम, हेरोइन जस्ता लागुऔषधको अवैध व्यापार गर्दै आएका छन्। अफगानिस्तान संसारमा अफीम र हेरोइनको सबैभन्दा ठूलो उत्पादक हो। हेरोइन अफिमबाट बनेको हुन्छ। एक अनुमानअनुसार अफगानिस्तानबाट १.५ देखि ३ बिलियन डलर बराबरको अफिम हरेक वर्ष अन्य देशहरुमा पठाइन्छ।

अफगानिस्तानका अधिकारीहरुका अनुसार तालिबानले किसानहरुलाई अफीम खेती गर्न लगाईरहेको छ र उनीहरुमा १० प्रतिशत कर लगाएको छ। यसबाहेक हेरोइन बनाउने प्रयोगशालाहरुबाट पनि कर संकलन गर्दछन्। यी सबैबाट तालिबानको आम्दानी १० देखि ४०० मिलियन डलरको बीचमा रहेको अनुमान छ।

सन् २०१८ मा अमेरिकी कमाण्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा भनेका थिए कि तालिबानलाई उसको आयको ६० प्रतिशत आम्दानी अवैध लागुऔषधको व्यापारबाट आउँछ।

३. नियन्त्रण विस्तार
तालिबानको आम्दानी अफिमको खेती र बिक्रीबाट मात्र आउँदैन। यसको प्रमाण सन् २०१८ मा अफगानिस्तानका व्यवसायीहरुलाई लेखिएको खुला पत्र हो। जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्री लगायत धेरै उत्पादनहरुमा कर तिर्न आग्रह गरेको थियो।

तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रका जनताहरुसँग विभिन्न वस्तुमा कर उठाउँछ। पछिल्ला दुई दशकहरुमा पश्चिमी देशको केही पैसा पनि तालिबान नाममा गएको छ। पछिल्लो दुई दशकमा विश्वका धेरै देशहरुको सहयोगमा देशमा सडक, विद्यालय, अस्पताल आदि बनाइयो। तर तालिबानले यी सबै परियोजनाहरुको लागि आउने सवारी साधनहरुबाट पैसा संकलन गर्यो।

यो पनि अनुमान गरिएको छ कि तालिबानले पश्चिमी देशहरुलाई सामान आपूर्ति गर्ने ट्रकहरुबाट हरेक बर्ष लाखौं डलर कमाउँछ। यसबाहेक अफगान सरकारद्वारा आम जनतालाई प्रदान गरिने सेवाहरुबाट पनि तालिबानले धेरै कमाएको छ। जब तालिबानले कुनै क्षेत्र कब्जा गर्छ त्यहाँबाट पैसासँगै धेरै सामान, सवारी साधन, हतियार आदि प्राप्त गर्दछ।

४. खानी र खनिज
अफगानिस्तान खनिज र बहुमूल्य पत्थरको मामलामा धेरै धनी छ। दशकौंदेखि देशमा जारी द्वन्द्वका कारण त्यसको पर्याप्त उत्खनन् तथा उपयोग भएको छैन। अफगानिस्तानका अधिकारीहरुका अनुसार देशको खनिजजन्य उद्योग हाल करिब एक अर्ब डलर बराबरको छ।

देशमा धेरैजसो उत्खनन् सानो स्तरका छन् यो अधिकांश अवैध रूपमा गरिन्छ। तालिबान यसलाई नियन्त्रण लिई कानूनी र अवैध सबै प्रकारको खननबाट धेरै पैसा जम्मा गर्दछ। सन् २०१४ मा संयुक्त राष्ट्रसंघको एक रिपोर्टले तालिबानले हेलमान्ड प्रान्तमा २५ देखि ३० अवैध खानी परियोजनाहरुबाट हरेक वर्ष एक करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो। बीबीसी

 

प्रतिक्रिया