आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

छोटो समयमा दोब्बर कमाउन यी कम्पनीमा गर्नुहोस् लगानी

प्रकाशित
1.1K
SHARES

काठमाडौ।  कुन कम्पनीको सेयर किन्दा छोटो समयमा राम्रो प्रतिफल लिन सकिन्न भन्ने चिन्ता धेरै लगानीकर्तामा हुन्छ । आर्थिक बर्ष सकिएको डेढ महिना भइसकेको छ । अब धेरै कम्पनीहरुले प्रतिफल घोषणा गर्दैछन् ।

साधारणतया कम्पनीले २ प्रकारका प्रतिफल दिने गरेका छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी मार्केटमा सर्ट टर्म कारोबार गर्दा हुने प्रतिफल ।

पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै हामी सबैको रोजाईमा पर्छन् । अघिल्लो बर्ष कम्पनीहले बाँडेको बोनश र यो बर्षमा उनीहरुको खुद मुनाफालाई आधार बनाएर हामीले राम्रो कम्पनीहरु छनोट गरेका छौँ ।

राम्रा कम्पनीमा लगानी गरेको खण्डमा दोश्रो बजार ओरालो लाग्दा पनि घाटा हुँदैन् । भेल जसरी बजारको हल्लाको भरमा बढेका कम्पनीहरुमा लगानी गर्दा बजार घटेको खण्डमा नमजाले फसिने डर हुन्छ तर राम्रा कम्पनीमा लगानी गर्दा बजार घट्दा पनि कम्पनीले दिन प्रतिफलले आम्दानीमा कभर गरिदिन्छ ।

कम्पनीले पनि दुई प्रकारको लाभांश दिने गरेका छन् । एउटा बोनश सेयर र अर्को क्यास डिभिडेण्ट । धेरै लगानीकर्ताको ध्यान बोनश सेयर दिने कम्पनीमा जान्छ । राम्रो प्रतिफल दिन ५ कम्पनीको बारेमा हामीले यहाँ चर्चा गरेका छौँ ।

१) हिमालय डिस्ट्रिलरी (HDL) : हिमालय डिस्ट्रिलरी राम्रो प्रतिफल दिने कम्पनीको पहिलो नम्बरमै आउँछन् । उसले अघिल्लो बर्ष सत प्रतिशत लाभांश दिएको थियो । यो कम्पनीले ५० प्रतिशत बोनश सेयर र ५० प्रतिशत क्यास डिभिडेण्ट दिएको थियो ।

कम्पनीले आर्थिक बर्ष २०७७/७८ अघिल्लो बर्षभन्दा झण्डै दोब्बर आम्दानी गरेको छ । कम्पनीको ईपीएस ११८.९४ रुपैयाँ छ भने प्रति शेयर आम्दानी २ सय ३० रुपैयाँ ९५ पैसा छ । यो कम्पनीले यो बर्षपनि सतप्रतिशत भन्दा धेरै लाभांश दिने विश्लेषण गरिएको छ ।

अघिल्लो बर्ष सामान्य रहेको यो कम्पनीको मूल्य आकाशिएको छ । आइतबार यो कम्पनीको अन्तम मूल्य ६ हजार ९ सय ९६ मा कारोबार भएको थियो । कम्पनीलेको मूल्य बोनश घोषणा गरेपछि सर्किट हानेर दोब्बर हुने आँकलन गरिएको छ ।

२) नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC)– अहिलेसम्म लाभांश घोषणा भएका कम्पनीमा राम्रो प्रतिफल दिने कम्पनी हो नेपाल लाइफ इन्स्योरेन्स । अघिल्लो बर्ष यो कम्पनीले ५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफले आर्थिक बर्ष २०७५/७६ को आम्दानीबाट ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ५१ प्रतिशत लाभांश दिएको थियो । आर्थिक बर्ष ०७६÷७७ मा पनि कम्पनीको ६० प्रतिशत भन्दा धेरै लाभांश दिन सक्ने क्षमता छ ।

यो कम्पनी बजार मूल्य पनि अरु कम्पनीभन्दा कम्फर्टेवल छ । यो कम्पनीको आइतबार १८६२ मा अन्तिम कारोबार भएको थियो । यो पनि कम्पनीले लाभांश घोषणा गरेपछि दोब्बर हेने अनुमान गरिएको छ ।

३) नविल बैँक (NABIL) – बैंकहरुमा सबैभन्दा धेरै लाभांश दिने कम्पनीमा पर्छ नविल बैँक । हरेक बर्ष लगानीकर्ताहरुलाई खुशी दिने कम्पनी भनेर पनि नविल बैँकलाई चिन्ने गरिन्छ ।

अघिल्लो बर्ष नविलले ३३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश दिएको थियो । यो कम्पनीले यो बर्षपनि राम्रो प्रतिफल दिने विश्वास गरिएको छ । चौधरी ग्रुपको लगानी रहेको बैँकले अघिल्लो बर्षभन्दा राम्रो आम्दानी गरेको छ । यो बर्ष पनि अहिल्लो बर्ष भन्दा राम्रो प्रतिफल दिने आँकलन गरिएको छ ।

दुईवटा ठूला बैँक (ग्लोबल आईएमई र जनता बैंक) मर्ज भएपछि नविल बैंकलाई पनि उनीहरु भन्दा ठूलो हुन कर लागेको छ । प्रतिशपर्र्धी बैंकका नाताले नविललाई सबैभन्दा ठूलो बैंक बनाउन कम्पनीले धेरै लाभांश दिएर पुँजी बृद्धि गर्ने सम्भावना छ । यो कप्पनीको मूल्य पनि अरुभन्दा सस्तो छ ।

४) राधी विद्युत कम्पनी (RADHI)– अर्को राम्रो कम्पनीमा पर्छ राधी विद्युत कम्पनी । आर्थिक बर्ष २०७६/७७ मा कम्पनीले ३६.५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले छिट्टै राइट सेयर वितरण गर्ने जनाएको छ ।

यो कम्पनीको मूल्य पनि सामान्य छ । हाइड्रोहरुमध्ये लिडिङ पोजिसनमा आउने यो कम्पनी सामान्यतया राइट सेयर र बोनश खानाका लागि खरिद गर्दा हुन्छ । तर यो कम्पनीमा रिक्स पनि त्यतिकै छ ।

५) जनउथ्थान लघुवित्त (JLSBB) – लघुवित्तहरुमा सबैभन्दा राम्रो कम्पनी हो जनउत्थान लघुवित्त । अघिल्लो बर्ष ५२ प्रतिशत लाभांश वितरण गरेको यो कम्पनी यो बर्षपनि त्यो भन्दा धेरै लाभांश दिने अवस्थामा पुगेको छ । तेश्रो क्वाटर रिर्पोटलाई आधार मान्ने हो भने कम्पनीको आम्दानी ९३ प्रतिशतले बढेको छ ।

यो कम्पनीको बजार मूल्य पनि सामान्य छ । आइतबार कम्पनीको अन्तिम मूल्य ३४ सय २४ मा कारोबार भएको थियो । यो कम्पनी खरिद गर्नेहरुलाई पनि पछुत्तो हुने छैन् ।

 

प्रतिक्रिया