आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वमाओवादी नेताको विचल्ली, खोसियो सबै नेताको जिम्मेवारी

प्रकाशित
1.3K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले बनेको नेताहरुको जिम्मेवारी खोसिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा बनेका नेताहरुको जिम्मेवारी खोसिएको हो ।

सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले रामबहादुर थापा बादलसहित सबै नेताको जिम्मेवारी खोसिएको हो । सोमबार अपानि जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारीविहिन भएका हुन् ।

माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीँ र प्रभु शाह लगायतको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेको थियो ।

जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो ।तर, सोमबार पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका छन् ।

एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ।

यो सँगै एमालेमा रहेका पुर्व माओबवादीहरुले उचित स्थान दिए आफुहरु माओवादीमै फर्किन चाहेको कुरा प्रचण्डलाई बताएका छन । उनीहरु सुरक्षित अवतरणको साथ माओवादीमै फर्किने तयारि गरेको विशेष स्रोत मार्फत जानकारि प्राप्त भएको छ।

उनीहरुलाई फर्काउन माओवादीले पूर्वसभामुख कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । यो विचमा केही वार्ताहरु भएको श्रोतको दावि छ ।

यसै गरि : सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रिसोर्टमा आजजित नेकपा माओवादी केन्द्रको वडा भेला कार्यक्रममा पुरै गाउँ माओवादीमा प्रबेश गरेको हो ।

कार्यक्रममा वडा भर रहेको माओवादी केन्द्रको समर्थकहरुको ठूलो जमात रहेको थियो भने कांग्रेस र नेकपा एमाले छोडेर सयौं मानिसहरू माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रम तथा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागि बाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेल, भोटेकोसी गा.पा.का अध्यक्ष राजकुमार पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा समग्र लिस्तीको विकास र समृद्धिको विषयमा बहस हुनुको साथै आगामी दिनमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको छ।

कार्यक्रममा नेकपा एमालेका झुजारु युवा हिरा प्रधानको समूह नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लिस्तिकोट गा.वि.समा अब आउँदा दिनहरुमा विकासको नारालाई अगाडि बढाउने हो भने नेकपा माओवादी बाहेक अरु विकल्प नरहेको साथै देशमा जती पनि परिवर्तन भएको छ यसको सबै कारण माओवादी रहेको स्पष्ट रुपमा बुझेको हुँदा आफू लगायत आफ्नो समूह अरु पार्टी त्याग गरी माओवादीमा प्रवेश गरेको प्रधानले बताए ।

भाल्डुङ, पाङ्लाङ, काउले र नयाँपुल टोलको प्रत्येक मानिसहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने छ्याङ्सिङ्ग ,तुसारे, च्याम्नासा, बशिसा, धारापानी काङ्लाङ र सेबुङ टोलका ठूलो समूह पनि पार्टी प्रवेश गरेको छ ।

साथै अन्य भेगबाट पनि नेकपा काङ्ग्रेस, राप्रपा, नेकपा एमाले परित्याग गरी नेकपा माओवादीमा आउनेको जमात ठूलो रहेको थियो ।

कार्यक्रममा नेता पौडेलले लिस्तिको विकास गर्नको लागि अब अधिकार भनेको टोल टोलमा जानु पर्छ भन्ने भिजनका साथ आफ्नो भनाई राखेका थिए ।

केपी ओली ठूलो टेन्सनमा: हिजोको निर्णयले एमाले अध्यक्ष केपी ओलीलाई ठूलो तनाव गराएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निर्णयले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको हो । सापकोटाको आइतबारको निर्णयले ओलीसँगको दुरी झन् बढेर गएको छ ।

ओलीले माधव नेपाललाई साथ दिएका १४ सांसदलाई निष्कार्षन गरेको सूचना जारी गर्न भनेका थिए । सापकोटाको निर्णयपछि ओलीले आफू निकटका नेता र सांसदहरूसँग बालकोटमै परामर्श गरेका छन् । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई कारबाही गरिरहनु नपर्ने निष्कर्ष सभामुख सापकोटाले निकालेपछि ओलीलाई तनाब भएको हो ।

सभामुख सापकोटाको निर्णयबारे संसद् सचिवालयले भनेको छ, ‘गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा ९एकिकृत समाजवादी० नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ बमोजिम नै कुनै कारबाही गर्नुपर्ने अवस्था रहेन ।’

एमालेले कारबाही गरी पदमुक्त गरिएको सूचना टाँस गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो । सापकोटाले परामर्श गर्नेभन्दै समय लिएका थिए । सापकोटाले निर्णय नलिँदै निर्वाचन आयोगले सनाखतमार्फत माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०लाई दलको मान्यता दिएको थियो ।

एमालेले कारबाही गरेका १४ जना सांसदहरू एकीकृत समाजवादीतिर लागेका छन् । सापकोटाले दल दर्ता भइसकेको र त्यसको जानकारी आयोगबाट संसद् सचिवालयमा आइसकेको हुनाले कारबाही गर्नुको औचित्य नरहेको निष्कर्षमा पुगेका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा प्रतिनिधि सभाको बैठकमा सहभागी नभएकामध्ये १४ जनालाई निष्कासन गर्दै पदमुक्त गरिएको सूचना टाँस गर्न एमालेले भदौ १ गते संसद् सचिवालयमा पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ