आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रीमण्डल विस्तार विथोलिने संकेत, पूरा नहुने यस्तो माग राखेर उपेन्द्र यादव उत्रिए मैदानमा

प्रकाशित
1.3K
SHARES

काठमाडौ। मन्त्रीमण्डल विस्तार विथोलिने संकेत देखिएको छ । उपेन्द्र यादवले पूरा नहुने माग राखेपछि सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा समस्या आएको हो । यसअघि बनिसकेको सहमति विपरित गठबन्धनका नेताहरुले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो । नेपाली काँग्रेसले कम्तिमा १० मन्त्रालय साथमा रहनुपर्ने अडान राखेको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन नजिकिएकोले आन्तरिक व्यवस्थापनको विषय उठाएको बुझिएको छ । काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् । अब कम्तिमा ६ मन्त्रालय आफै राख्ने देउवाको तयारी छ ।

तर, दोस्रो ठूलो दल भएको नेकपा माओवादी केन्द्रले पनि ८ मन्त्रालयको दाबी गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्वका आधारमा मन्त्रालय बाँडफाँड हुनुपर्ने माओवादी प्रस्ताव रहेको बुझिएको छ । ६१ सांसद रहेको काँग्रेसले पाएको भन्दा केही कममात्र आफूले पाउनुपर्ने माओवादी पक्षको अडान रहेको छ । काँग्रेसले १० पाएमा आफूहरुले ८ पाउनुपर्ने माओवादी पक्षको अडान रहेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिनिधि सभाका २३ सांसद रहेको नेकपा एसले कम्तिमा ६ मन्त्रालयको दाबी गरेको छ । नेपाललाई आन्तरिक व्यवस्थापनका लागि ५ मन्त्री र १ राज्यमन्त्रीमा देउवाले सहमति गरिसकेको बुझिएको छ ।

तर, उपेन्द्र यादवले पनि माधव नेपाललाई जतिकै मन्त्री पाउनुपर्ने अडान राखेका छन् । १९ सांसद रहेकाले माधव नेपाल बराबर नै हुनुपर्ने यादवको तर्क रहेको बुझिएको छ । मन्त्रीको संख्यामै समस्या आएको छ । मन्त्रालयहरुमा मौखिक सहमति लगभग बनिसकेपनि आकर्षक मन्त्रालयहरुमा सबै दलको दाबी देखिन थालेको छ ।

यो पनि :वामदेव गौतमले राखेको प्रस्ताव माधव नेपालले गरे ठाडै अस्वीकार, अब के गर्लान् गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमका प्रस्ताव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले ठाडै अस्वीकार गरेका छन् । आंशिक रुपमा एकीकृत समाजवादी पार्टीमा खुलेका गौतमले दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेपछि नेपाल त्यसमा असहमत भएका हुन् ।

नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको स्रोतले जनाएको छ।

तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।

नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष भए पनि गौतम पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छैनन्। उनले अहिले पनि तटस्थ बसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ। गौतमले पत्नी तुल्सालाई भने नेपालको समाजवादीतिर खुल्न पठाएका थिए।

एमालेका महत्वपूर्ण बैठकमा सहभागी नभएकाले गौतम माधव नेपालले गठन गरेको समाजवादीमा जान लागेको चर्चा भइरहेको छ। तर, समाजवादी पार्टीमा लाग्नको लागि गौतमले अध्यक्ष र सह–अध्यक्षको प्रावधान हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसमा सह–अध्यक्ष आफूलाई बनाइनुपर्ने पहिलो प्रस्ताव गौतमले राखेका छन्।

यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले पठाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्न नसकिने निष्कर्षमा पुगेका गौतमले श्रीमती तुलसा थापालाई नेपालले गठन गरेको नयाँ पार्टीमा पठाएका थिए। तर, निर्वाचन आयोगमा ढिलागरी पुगेका कारण उनको सनाखत हुन पाएन। आफूनिकट नेताहरुसँग छलफलमै रहेका गौतमले माधव नेपालबाट सकारात्मक जवाफ पाएको भए त्यही दिन खुल्ने जनाउ दिएका थिए।

‘पार्टीमा दुई अध्यक्षको व्यवस्था हुनुपर्छ,’ गौतमले पठाएको गौतमको प्रस्ताव उल्लेख गर्दै उनीनिकट स्रोतले भन्यो, ‘राजनीतिक प्रस्ताव भनेर गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन, केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव पठाउनुभएको छ।’

तर अध्यक्ष नेपालनिकट स्रोतका अनुसार गौतमको तीन बुँदे प्रस्तावमध्ये पहिलो प्रस्ताव नेपाल पक्षले अस्वीकृत गरिसकेको छ। ‘तपाईंको प्रस्ताव म साथीहरुसँग राखेको थिएँ’ अध्यक्ष नेपालले गौतमलाई दिएको जवाफबारे उनीनिकट एक नेताले भने, ‘तर, साथीहरुले दुई अध्यक्षको व्यवस्था गर्दा झमेला हुने भनेर मान्नुभएन।’

तर गौतमले नेपालको त्यस जवाफलाई लिएर असन्तुष्टि जनाएका छन्। ‘साथीहरुले मानेन भनेर माधवजीले आफूले नमानेको कुरा साथीहरुको टाउकोमा हाल्नुभएको छ,’ गौतमले आफूनिकट नेताहरुसँग गरेको ब्रिफिङ सुनेका एक नेताले भने।

नवगठित पार्टीमा गौतम आउने आशा अझै पनि नेपाल पक्षले गरे छ। पार्टी गठनकै दिन ट्वीट गर्दै समाजवादी पक्षले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको नाम राखेर ब्यानर सार्वजनिक गरेको थिए। तर, उक्त कुरामा गौतमले आपत्ति जनाएका थिए।

प्रतिक्रिया