आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पञ्जशीर लडाकूको चेतवानी – तालिबानीहरुको खुट्टा भाँचेर पठाउछौं

प्रकाशित
665
SHARES

एजेन्सी। अफगानिस्तानका अधिकांश प्रान्तहरु कब्जा गरेको तालिबानका लागि पञ्जशीर टाउको दुखाइको विषय बनिरहेको छ।

पञ्जशीरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशीर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् ।

यसो त तालिबानले पञ्जशीर उपत्यकका घेरिसकेको दाबी गरेको थियो । तर, त्यहाँ जित हासिल गर्नु उसका लागि निकै कठिन छ । अहमद मसुदको नेतृत्वमा ९ हजार विद्रोही मोर्चाबन्दी गरी लडाइँका लागि तयार रहेका छन् । पञ्जशीरको डाँडाहरुमा मसुदका जवानहरुले ठूला–ठूला मेसिन गनहरु तैनाथ गरेको समाचार हरुमा जनाइएको छ।

सो प्रान्तमा तालिवानको शुन्य प्रभाव रहेको विवरण सार्वजनिक भइरहेका बेला आईतबार उसले आफ्ना केही लडाकू त्यसतर्फ बढेको दाबी गरेको थियो । तर, मसुदका समर्थकले तालिवानी दाबी गलत भएको भन्दै पन्जशिरमा कोही प्रवेश नगरेको प्रष्ट पारेको छ ।

‘पन्जशीरमा कोही तालिवान पसेको छैन र कुनै मुठभेड भएको छैन्,’ रेसिस्टेन्ट फ्रन्टका मोहम्द अलमास जहिदले भने, ‘आफ्नो प्रान्तमा तालिवान आए लखेटेर खुट्टा भाँचिदिन्छौं ।’

पञ्जशीरका नेताहरुले आफूहरु कुनै पनि हालतमा तालिबानसँग हार नमान्ने पक्षमा रहेको बताएका छन्। उनीहरुले त्यहाँ रक्तपात हुने चेतावनी समेत दिँदै आइरहेका छन्।

उता तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले पञ्जशीर छिट्टै आफ्नो कब्जामा आउने बताउदै आए छन्। मसुदको नेतृत्वमा रहेको जवानहरु सैनिक पोसाकमा रहेको र युद्धका लागि तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । त्यहाँ ठूलो भिडन्तको खतरा रहेको बताइएको छ।

यसै गरि।  अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले काबुल विमानस्थलमा आक्रमण भएपछि अब अफगानिस्तानमा हमला जारी राख्ने बताएका छन्।

उनले आइतबार सीबीएस न्यूजलाई भने, ‘राष्ट्रपति अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न चाहँदैनन्। तर हामी हाम्रा सैनिकहरुमाथि हमला गर्नेहरुसँग लड्नका लागि के सहयोग चाहिन्छ भनेर हाम्रा कमाण्डरहरुसँग कुरा गर्नेछौं। अमेरिका यसबाट आईएसआईएस–के (इस्लामिक स्टेट खोरासन)लाई नष्ट गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न चाहन्छ।’

‘यसकारण हामी उनीहरुको पछि लाग्नेछौं र हामीले सप्ताहन्तमा जुन प्रकारको अभियान (हमला) चलाएको छौं त्यसलाई निरन्तरता दिनेछौं। हामी उनीहरुलाई युद्धको मैदानबाट सखाप पार्ने अर्को योजनाको बारेमा पनि सोच्नेछौं,’ उनले थपे।

सुलिभानले कुनै पनि प्रकारको आक्रमणको सम्भावित खतरा टार्नका लागि आफूहरु निकै नजिक पुगेको पनि बताएका छन्। ‘अफगानिस्तानमा रहेका आतंकवादी संगठनहरुमा त्यहाँबाट बाहिर कुनै गतिविधि सञ्चालन गर्न सक्ने क्षमता छैन भन्ने हाम्रो खुफिया विभागको अनुमान छ। तर उनीहरुले यो क्षमताको विकास गर्न सक्नेमा हामी सजक छौं,’ उनले भने।

यसअघि अमेरिकी अधिकारीहरुले आइतबार काबुल विमानस्थलमा आत्मघाती बम विस्फोट गर्न जाँदै गरेका आतंकवादीलाई ड्रोन आक्रमण गरेको बताएका थिए। एक सैन्य अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई भने, ‘हामीले टार्गेट गरेको व्यक्तिलाई मार्न सफल भएको विश्वास गरेका छौं। प्रारम्भिक रिपोर्टका अनुसार आक्रमणमा कुनै पनि नागरिक हताहत भएका छैनन्।’

‘कारमा भएको अर्को विस्फोटबाट त्यहाँ धेरै मात्रामा विस्फोटक पदार्थ थियो भन्ने कुरा प्रमाणित हुन्छ,’ सैन्य अधिकारीले भने। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार तालिबानले पनि एक आत्मघाती हमलाकारी अमेरिकी हवाई हमलाको शिकार भएको जानकारी दिएको छ।

यो खबर विमानस्थल नजिकै भएको रकेट हमलापछि बाहिर आएको हो। यद्यपि यी दुई घटनाहरु एक अर्कासँग सम्बन्धित छन् वा छैनन् भन्ने अझै पुष्टि भएको छैन। बिहीबार काबुल विमानस्थलमा आक्रमण भएको थियो जसमा १७० जना मारिएका थिए। जसमध्ये १३ जना अमेरिकी सैनिक अधिकारी थिए। यस हमलाको जिम्मेवारी आइएसआईएस कश्मीरले लिएको थियो।

प्रतिक्रिया